वाम लोकतान्त्रिक गठबन्धनकै सरकार बन्छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकार वाम लोकतान्त्रिक गठबन्धनकै हुने गरी छलफल भइरहेको जानकारी दिनुभएको छ ।
गाउँपालिका अध्यक्ष र अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
तेमाल गाउँपालिका काभ्रेपलाञ्चोकका तत्कालीन अध्यक्ष सलाम सिंह लामा, प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने सहित सात जना उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
तीन नेतालाई कारबाही सिफारिस
नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा असहयोग गरेको भन्दै केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सभापति महेश खरेललाई साधारणसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ।
बालबालिकालाई सामाजिक सुरक्षा भत्ता
दोलखाको मेलुङ गाउँपालिकाभित्रका अभिभावकविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिइने भएको छ। चालू आर्थिक वर्षमा यहाँका ३३ जना बालबालिकालाई मासिक दुई हजार रुपियाँका दरले वडा कार्यालयमार्फत भत्ता दिन लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय सिवाकोटीले जानकारी दिनुभयो।
अधिवेशन आह्वान गर्ने बाटो खुल्यो
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रस्तुत गरेसँगै प्रदेश सभाको अधिवेशन आह्वान गरी प्रदेश सभा सदस्यको शपथलगायतका प्रक्रिया सुरु गर्न सकिने भएको छ। आयोगले सातै प्रदेशमा प्रतिवेदन बुझाउने क्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रदेश प्रमुखको कार्यालय हेटौँडामा शनिबार आयोजित कार्यक्रममा बागमती प्रदेशको निर्वाचन परिणामको प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेस गर्नुभएको हो।
दोलखाका किसान तोरी खेतीप्रति आकर्षित
दोलखाको सैलुङ गाउँपालिका–५ का किसानहरू नगदे बाली तोरी खेतीप्रति आकर्षित भएका छन् ।
सडकमै लाग्छ हाटबजार
दोलखाको सदरमुकाम चरीकोटमा लाग्ने हाटबजार जिल्लाकै पुरानो हाटबजार हो। तर, अहिलेसम्म बजार व्यवस्थित हुन नसक्दा गाउँबाट स्थानीयले उत्पादन गरेको हरियो तरकारी, फलफूल, मकै, कोदोलगायतका खाद्यवस्तु सडक ओगटेर बिक्री गरिँदै आएको छ। हरेका शनिबार चरीकोट सातदोबाटो चोकमा लाग्ने हाटमा बिक्री र खरिदकर्ताको भीड लाग्दा सवारीसाधन अस्तव्यस्त भई सडक नै अवरुद्ध हुने गरेको छ। भीमेश्वर नगरपालिकाले हाट बजार व्यवस्थित गर्न सकेको छैन।
भारतीय सैनिक टोली नेपालमा
नेपाल सरकार र भारतीय सरकारबीच सम्पन्न बीसीजीएसआई को बैठकहरूमा भएको सम्झौता अनुसार दुई देशका सेनाका उच्च तथा मध्यम तहका अधिकृतहरूबाट दुई देशबीच निरन्तर रूपमा स्थलगत अवलोकन तथा अध्ययन भ्रमण सञ्चालन गर्ने भनी उल्लेख भएअनुसार भारतीय सेनाको टोली काठमाडौं आएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुर सानेपामा सुरु भएको हो।