पहिरो पूर्वसूचना प्रणाली उपकरण जडान
दोलखाको भीमेश्वर नगरपालिका–७ मा पहिरो पूर्वसूचना प्रणाली पहिलो फेज (एलइडब्लुएस) उपकरण जडान गरिएको छ। भीमेश्वर नगरपालिकाको दुई प्रमुख जलाधार क्षेत्र सुष्पाक्षमावती र चर्नावती क्षेत्रमध्ये चर्नावती जलाधार क्षेत्रभित्रको सिङ्गरामगाउँको माथिल्लो भागमा माटोको चिस्यान नाप्ने उपकरणसहितको बर्सातको पानी नाप्ने उपकरण जडान गरिएको वडाध्यक्ष विनोद तामाङले जानकारी दिनुभयो।
राजमार्गमा सार्वजनिक शौचालय र विश्रामस्थल
पूर्व–पश्चिम राजमार्गमा पर्ने हेटौँडा उपमहानगरपालिका–१९, रहेको चनौटा सामुदायिक वन क्षेत्रमा यात्रुका लागि सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गरिएको छ। पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने हजारौँ यात्रुका लागि हेटौँडा–१९ को नेवारपानी र सान्नानटार बस्तीको मध्यभागतिर निःशुल्क सार्वजनिक शौचालय र हरियाली पार्कसहितको विश्रामस्थल निर्माण गरिएको हो। हेटौँडा उपमहानगरपालिका, डिभिजन वन कार्यालय राप्ती मनहरी, वन समूहलगायतका निकायको सहयोग र स्थानीयको सक्रियतामा पार्क निर्माण गरिएको हो।
घटेन असारे खर्च गर्ने प्रवृत्ति
आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने प्रवृत्ति समस्याकै रूपमा रहँदै आएको छ। असार महिनामा हुने बजेट खर्चको आलोचना हुने गरेको र सरकारले यसमा सुधार गर्ने वचन दिने गरे पनि खर्च घटेको छैन। गत आर्थिक वर्ष पनि असारमै धेरै खर्च हुने अवस्थामा सुधार आउन सकेन। आव २०७९/८० मा चितवनमा सङ्घको बजेटको कुल खर्चमध्ये असारमा मात्रै ३३.५८ प्रतिशत खर्च भएको छ। प्रदेशतर्फ पुँजीगत बजेट ३६.७९ प्रतिशत खर्च भएको छ। खर्च विवरण हेर्दा असारमा सङ्घतर्फ दैनिक औसत सात करोड र प्रदेशतर्फ दैनिक औसत तीन करोड रुपियाँ खर्च भएको छ।
सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन्
साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् ।
अझै केही दिन वर्षा
काठमाडौं उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ । मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको हो ।
समानुपातिक सिद्धान्तका आधारमा थारु प्रतिनिधित्वको माग
थारु समुदायलाई संवैधानिक व्यवस्था र सङ्घीय प्रणालीको सिद्धान्तअनुसार जनसङ्ख्याको आधारमा राज्यको सबै संयन्त्रमा प्रतिनिधित्व सुनिश्चित नगरिएको भन्दै थारु कानुन व्यवसायी तथा अगुवाहरूले गुनासो गरेका छन् ।
देशभरका स्पाइन सर्जन काठमाडौँमा
ढाडको बाङ्गोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरू काठमाडौँमा भेला भएका छन् । ढाडको बाङ्गोपनाको उपचार पद्धति, नवीनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न चिकित्सकहरू काठमाडौँमा भेला भएका हुन् ।
विश्व आदिवासी दिवस मनाउन महासङ्घको तयारी
नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले साउन २४ (९ अगस्ट) मा २९ औँ विश्व आदिवासी दिवस भव्यरुपमा मनाउने भएको छ । हरेक वर्ष विश्वव्यापी रूपमा मनाइदैआएको यो दिवस यस वर्ष पनि नेफिनले विविध कार्यक्रम गरी मनाउने तयारी गरेको हो ।
हाम्रा नाटक जीवन्त छन्, त्यसैले विदेशीले पनि धेरै मन पराउँछन्
प्रा.डा. सावित्री कक्षपतिले करिब ३४ वर्ष नेपाली भाषा साहित्य, नाटक र पाश्चात्य समालोचना विषय प्राध्यापन गर्नुभयो । उहाँले बालकृष्ण समका नाटकमा रङ्गशिल्प विषयमा विद्यावारिधि गर्नुभएको छ ।
सदर चिडियाखानामा सटल बस व्यवस्था गर्ने प्रमुख महर्जनको घोषणा
ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ ।
भ्रष्टाचारमा संलग्न जुनसुकै पार्टी र परिवार भए पनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिति र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ ।
नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।
विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती
आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैँ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ ।
सुशासन र सेवा प्रवाहमा निकै काम भएको छ
पृथ्वीनारायण शाहको व्रतबन्ध गरिएको मैदीकोट, देशकै प्रसिद्ध जलमुखी मन्दिर र बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रभाव क्षेत्र रहेको गाउँपालिका हो, ज्वालामुखी गाउँपालिका। सात वडा रहेको यो गाउँपालिका जिल्ला सदरमुकामदेखि नजिकै र भौगोलिक रूपमा त्यति विकट छैन। यहाँ कृषि, पर्यटन र मझौला उद्योगका दृष्टिले निकै महत्व राख्न सक्ने क्षेत्र रहेका छन्। ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैसँग गोरखापत्रका मुरारी अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
सार्वजनिक जग्गामा गिट्टी बालुवाको थुप्रो
सिन्धुपाल्चोकमा सञ्चालन भइरहेका क्रसर उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गरी बालुवा, गिट्टीलगायतका नदीजन्य पदार्थ सङ्कलन गरेको पाइएको छ। जिल्ला समन्वय समितिले शुक्रबार गरेको अनुगमनमा यस्तो पाइएको हो। सिन्धुपाल्चोकमा केही क्रसर उद्योग बन्द भएका छन् भने केहीलाई बाढीले क्षति गरेपछि सञ्चालन हुन सकेका छैनन्। काभे्र रोडा ढुङ्गा प्रालि, मेलम्ची ए क्रोन क्रसर उद्योग, जालपा इन्फास्ट्रक्चर प्रालि, सोना क्रसर उद्योगलगायतका अधिकांश क्रसर उद्योगले मापदण्ड मिचेर उत्खनन गरेका पदार्थ राख्ने गरेका पाइएको हो।
हेटौँडामा सडक विस्तार दस वर्षमै गुम्दै लालपुर्जा
हेटौँडा उपमहानगरपालिका–९ का धनप्रसाद सुवेदीलाई सरकारको एउटा निकायले दिएको जग्गाधनी पुर्जा सरकारकै अर्को निकायले खोस्दै छ। खरिद गरेको जग्गा गुम्ने र लालपुर्जा खोसिने मात्र होइन, सडक विस्तारका नाममा चार दशकभन्दा लामो समयदेखि बस्दै आएको थातथलो छाड्न उहाँलाई बाध्य बनाउन लागिएको हो।
हात्तीको पनि तोकिन्छ दरबन्दी
कर्मचारीको जस्तै हात्तीको पनि दरबन्दी व्यवस्था गरिन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्ला। तर हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा जन्मिई तालिम लिएका चार वटा हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जका विभिन्न पोस्टमा पोस्टिङ गरिएको छ। शनिगजलाई सौराहा हात्तीसारमा, खगेन्द्रगज र गोपालगजलाई निकुञ्जको मुख्यालय कसरामा र सिमसारगजलाई खोरिया मुहान पोस्टमा दरबन्दी कायम गर्दै पोस्टिङ गरिएको हो।
ग्वार्को फ्लाइओभरको नयाँ डिजाइन : तीन हप्तापछि पुनः काम सुरु हुने
निर्माण कम्पनीले ग्वार्को फ्लाइओभरको नयाँ डिजाइन तयार पारेको छ । अघिल्लो डिजाइनमा समस्या आएपछि कम्पनीले नयाँ डिजाइन सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विभागलाई बुझाएको छ ।
नृत्य प्रस्तुत गर्दै कलाकारहरू
योङ प्रोफेसनल फेलोसिपको कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरू
ऊर्जा विकास दशकको रोडम्याप तयार गर्दै ऊर्जा मन्त्रालय
उर्जा मन्त्रालयले ऊर्जा विकास दसकको रोडम्याप तयार गर्न लागेको छ । आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा फड्को मार्न यो रोडम्याप तयार गर्न लागिएको हो ।
अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
रक्सौल–काठमाडौं रेलमार्गको रुट तय : १२ वटा स्टेसन रहने
नेपाल–भारत अन्तरदेशीय काठमाडौं–रक्सौल रेलमार्गको रुट तय भएको छ । भारतीय पक्षले रेलमार्गको अध्ययन गरेर नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा रुट समावेश भएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिक प्रतिनिधित्वको माग
दलित समुदायबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरुले निर्वाचन व्यवस्थापन विधेयकमा प्रत्यक्ष निर्वाचन प्रणालीमा पनि समानुपातिक उम्मेदवारीसहितको प्रतिनिधित्वको माग गरेका छन् ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौंको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान बा १० च ३५४६ नम्बरको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो ।