भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय नेपाल व्यापार मेला सुरु (फोटो फिचर)
नेपाल उद्योग वाणिज्य महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गरेको हो ।
त्रिपालमुनिका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताउनुभएको छ ।
चार जिल्लाका उच्च अदालतबाट श्रव्यदृश्य संवादमार्फत सुनुवाइ सुरु
उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा श्रव्यदृश्य संवाद (भिडियो कन्फ्रेन्स) मार्फत मुद्दाको सुनुवाइ सुरु भएको छ ।
दूध बिक्री नभएपछि किसान चिन्तित
गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
काभ्रेपलान्चोकको रोशी गाउँपालिका –११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गैँडाको खागसहित आठ जना पक्राउ
निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो ।
बालविवाह रोक्न सबैको सामूहिक प्रयास आवश्यक : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बालविवाह रोक्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
मेलम्चीमा चलखेल : उपत्यकामा खानेपानीकाे अभाव
मेलम्चीको पानी अब निरन्तर उपभोग गर्न पाउने उनीहरुको विश्वास थियो । तर बाढीको जोखिम देखाएर मेलम्ची खानेपानी विकास समितिले सात महिनामै (जेठ २७ गते) पानी वितरण बन्द गरिदियो ।
वर्षा र हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यही कारण देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।