पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन
सडक विभागले पर्साको तिलाबे खोलामा यो वर्ष पनि बेलिब्रिज जडान गर्ने घोषणा गरे पनि त्यो पूरा भएको छैन । विभागले भनिएको ‘स्टिल बेलिब्रिज’को बोलपत्र रद्द गरेको छ ।
सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन
मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा त्रुटि भएको भन्ने विषयका सम्बन्धमा छानबिन गर्न छसदस्यीय कार्यदल गठन भएको छ ।
गण्डक नहरबाट पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या
छिमेकी मुलुक भारतले गण्डक सिँचाइ तथा जलविद्युत् योजनाको सम्झौताअनुसार गण्डक नहरमा पानी उपलब्ध नगराउँदा पर्सा, बारा र रौतहटमा कृषकलाई रोपाइँ गर्न समस्या भएको छ । तीन जिल्लाका कृषकले असारे धान रोपाइँका लागि बिउ तयार गरे पनि पानी उपलब्ध नहुँदा धान रोपाइँ प्रभावित बनेको छ ।
नौ लाख नगद सहित एक युवा पक्राउ
गौर नगरपालिका १ बाट स्रोत नखुलेको ९ लाख २८ हजार ५ सय नेपाली रूपियाँ र २ लाख १५ हजार ५ सय भारतीय रूपियाँ सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही रामनगर गाउँपालिका २ बस्ने ३० वर्षीय चन्दन पण्डितलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
राजविराजको मलेठमा आगलागी
सप्तरीको राजविराज नगरपालिका ९ स्थित मलेठ टोलमा बिहीबार आगलागी हुँदा दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मधेश प्रदेशमा सात वर्षयताकै उच्च खर्च प्रगति
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले बजेट खर्चमा ऐतिहासिक प्रगति गरेको बताउनुभएको छ ।
सुरुङ्गा नगरपालिकाद्वारा चालु आर्थिक वर्षमा ७८ प्रतिशत बजेट खर्च
सप्तरीको सुरुङ्गा नगरपालिकाले यस आर्थिक वर्षमा ७८ दश्मलव ४७ प्रतिशत बजेट खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
कर्नाटकालीन दुर्वासागढी ओझेलमा
धनुषाको विदेह नगरपालिका–२, दुहबीस्थित दुर्वासा मन्दिरपरिसरमा कर्नाटकालीन भनिएका नौ सय वर्ष पुराना मूर्ति र ऐतिहासिक वस्तु भेटिए पनि त्यसको ऐतिहासिक खोज, संरक्षण र प्रचारप्रसार अभावका कारण यो क्षेत्र ओझेलमा परेको छ ।
‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’
आजभन्दा करिब १५ वर्षअगाडि अर्थात् विसं २०६७ असार महिना हुँदो हो । एक दिन मध्यरात, लहान–१३ स्थित पक्की टोल गहिरो निद्रामा थियो । त्यसैबखत गाउँमा अचानक डाँकाहरूको समूह गाउँमा पस्यो । ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै ताण्डव मच्चायो । त्यसको एक साक्षी हुनुहुन्छ अस्मिन राउत ।
‘फरक क्षमता भएकाको सवालमा काम गर्नुपर्छ’
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फरक क्षमता भएका व्यक्तिको जीविकोपार्जनमा देखिएका समस्या समाधानका लागि तीनै तहका सरकारले काम गर्नुपर्ने बताउनुभएको छ ।
मधेशमा २५ प्रतिशत मात्रै रोपाइँ
वर्षा नहुँदा मधेश प्रदेशमा खडेरीको समस्या बढ्दै गएको छ ।
पानीको माग गर्दै प्रदर्शन
वीरगञ्ज महानगरमा पानीको अभाव भएसँगै दीर्घकालीन खानेपानीको समस्या समाधानको माग गर्दै जनमत महिला सङ्घ पर्साले बुधबार वीरगञ्ज घण्टाघर परिसरमा बाल्टी, माटाको विभिन्न भाँडा बोकी विरोध प्रदर्शन गर्दै ।
ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरमा चक्कु प्रहार गरी ससुराको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् ।
बारामा यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन
कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले सो जानकारी दिनुभएको हो । किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल रु दुई हजार २०० मा बिक्री गरिरहेका छन् ।
लहानमा प्रहरी चौकी भवन उद्घाटन
लहान नगरपालिका १३, १४ र २४ काे प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी र मधेश प्रदेश प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदीले संयुक्त रुपमा उद्घाटन गर्नुभएकाे हाे ।
सप्तरीमा दस प्रतिशत मात्रै धान रोपाइँ
सप्तरीमा एक महिना यता पानी परेको छैन । आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका किसान पानी नपरेका कारण चिन्तित बनेका छन् ।
सञ्चालनमा आउन सकेन राजविराजमा रहेको बसपार्क
सप्तरीको सदरमुकाम राजविराजमा रहेको एक मात्र बस पार्क सञ्चालनमा आउन सकेको छैन । उद्घाटन भएको दुई महिना बितिसक्दा बस पार्क सञ्चालनमा आउन नसकेपछि सवारीसाधनहरू सडकमै पार्किङ गरिएको छ । जसका कारणसर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।
जग्गा रजिस्ट्रेसन नहुँदा अस्पताल समस्यामा
लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसन प्रव्रिmया अगाडि नबढ्दा समस्या परेको छ । ५० वर्षअगाडि एक बिघा १५
वीरगञ्जमा खानेपानीको सङ्कटः समस्याको दीर्घकालीन समाधानमा जोड
वीरगञ्ज महानगरमा लामो समयदेखि जारी खानेपानी सङ्कटको दीर्घकालीन समाधानमा महानगरवासीले जोड दिएका छन् ।
वीरगन्जमा खानेपानीको हाहाकार
वीरगन्जमा खानेपानीको हाहाकार भएको छ । घरघरमा जडान गरिएका चापाकल सुकेसँगै वीरगन्ज महानगरवासी पानीको समस्यामा परेका हुन् । चापाकल सुकेपछि नेपाल खानेपानी संस्थान शाखा कार्यालयमा नयाँ धारा जडान गर्न अनुरोध गर्न आउनेको सङ्ख्या वृद्धि भएको छ ।
पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु
जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । उनीहरुको आज पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
प्रदेश सभा बैठक अवरुद्ध, बजेट पुनर्लेखनको माग
मधेश प्रदेश सभाको बैठक लगातार दुई दिनदेखि अवरुद्ध भएको छ । आइतबार र सोमबार दुवै दिनको बैठक कार्यसूची प्रारम्भ नहुँदै बजेट पुनर्लेखनको माग गर्दै प्रतिपक्षी सांसदहरूले संयुक्त रूपमा अवरोध गरेपछि स्थगित गरिएको हो ।
पाहुना बोलाउन लाज मान्ने बस्तीमा पक्की सडकले ल्याएको खुसी
सिरहा नगरपालिका–६ स्थित भुस्कुलिया टोलका दशकौँदेखि हिलो र धुलोसँग सङ्घर्ष गर्दै आएका बासिन्दाको दैनिकी अब फेरिएको छ । हालसालै निर्माण गरिएको आरसिसी ढलानको पक्की सडकले कच्ची बस्तीको स्वरुप नै बदलिदिएको छ । बस्तीका अधिकांश घर बाँसको टाटी र माटाले बनेका छन् ।
ठेकेदारको बदमासीले ३१ प्रतिशत घरधुरी अझै विद्युतविहीन
सल्यानमा अझै पनि ३१ प्रतिशत घरधुरी विद्युत् सेवाको पहुँचबाट वञ्चीत रहेका छन् । विद्युत् विस्तारका लागि योजना सुरु भएता पनि सम्बन्धित निर्माण कम्पनीले समयमै काम नगर्दा अझै पनि ३१ प्रतिशत घरधुरीका नागरिकहरू विद्युत् सेवाबाट वञ्चित हुनुपरेको हो । विशेष गरेर कालीमाटी गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकामा विद्युतीकरणको धेर्रै काम बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण सल्यानका प्रमुख दिनेश पौडेलले जानकारी दिनुभयो ।