मखानालाई ब्राण्डिङ गर्न कृषकलाई बजारीकरण सामग्री वितरण
जिल्लाको मटिहानी नगरपालिकाले पोषकतत्वले भरिपूर्ण मखान (मखाना) को ब्राण्डिङ गर्न कृषकलाई बजारीकरणको सामग्री वितरण गरेको छ ।
करेन्ट लागेर मजदुरको मृत्यु
विकाश निर्माणमा कार्यरत एकजना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ भने अर्का एक मजदुर घाइते भएका छन् । प्रहरीका अनुसार रामगोपालपुर नगरपालिका– ५ कञ्चनपुरका ३२ वर्षीय छट्टु मुखियाको करेन्ट लागेर मृत्यु भएको हो ।
दस वटा निजी विद्यालय बन्द
अनुमति पाएको भन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाका १० वटा निजी विद्यालय बन्द गराइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीले अनुमति पाएको भन्दा माथिल्लो कक्षा सञ्चालन गर्दै आएका विद्यालयलाई बन्द गराएको हो ।
कोशी पश्चिमी सिँचाइ नहरमा शव फेला
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ कोशी ब्यारेजस्थित कोशी पश्चिमी सिँचाइ नहरमा एक पुरुषको शव फेला परेको छ ।
यो गठबन्धन ८४ सम्म रहन्छ : सचिव महासेठ
नेकपा (एमाले) का सचिव एवम पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले सत्ता सञ्चालनका लागि नेकपा (एमाले) र नेपाली काँग्रेसबिच भएको गठबन्धन २०८४ सालसम्म कायम रहने बताउनुभएको छ ।
‘बर्थिङ केन्द्र’ सञ्चालन हुने
लहान नगरपालिकाको दुर्गम मानिने लहान नगरपालिका १६ तरेगनामा यसै वर्षदेखि बर्थिङ केन्द्र सञ्चालनमा आउने लहान नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
सडक निर्माणको माग गर्दै चक्काजाम
सप्तरीको भारदह-हनुमाननगर राजविराज सडक खण्ड अन्तर्गत तिलाठी कोइलाडी-७, मंसापुर सडक खण्डमा स्थानीयले बिहानैदेखि चक्काजाम गरेका छन् ।
पर्साको ठोरी साक्षर गाउँपालिका घोषणा
ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ । “हाम्रो अथक मिहिनेत र प्रयासकै कारणले जिल्लाकै पहिलो साक्षर पालिका हुन पाएका छौँ”, ठोरीका गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भन्नुभयोे, “यो गौरवको विषय हो ।
अद्यावधिकमा बेवास्ताले अन्योल
हनुमाननगर कङ्कालिनी नगरपालिकाले लामो समयदेखि निजी विद्यालयको अद्यावधिक नगरिदिँदा नगरपालिकाका एक दर्जनभन्दा बढी विद्यालयको भविष्य अन्योलमा परेको छ ।
‘वन संरक्षण सबैको दायित्व’
मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले वन तथा वातावरण संरक्षणमा सबैको दायित्व हुने बताउनुभयो । शनिबार धनुषाको लालगढमा वन तथा वातावरण मन्त्रालयद्वारा आ
मधेश प्रदेश सभाको बैठक आज बस्दै
अनिश्चितकालका लागि स्थगित मधेश प्रदेशसभा बैठक आइतबार बस्दै छ । सभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी सूचना जारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित
ठोरी गाउँपालिका–३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष पुग्दा पनि नागरिकता प्राप्त गर्न सकिरहनुभएको थिएन । यस्तो अवस्थामा उहाँले आफ्ना सन्तानको समेत नागरिकता बनाउन सकिरहनुभएको थिएन ।
जनकपुरधामा पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय
मधेश प्रदेशको राजधानी जनकपुरधामा नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय सञ्चालनमा आएको छ ।
राजर्षी जनक विश्वविद्यालयको भवन निमार्ण गर्न माग
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले राजर्षी जनक विश्व विद्यालयको प्रशासनिक भवन निमार्ण गर्न माग गर्नुभएको छ।
मुजफरपुरबाट सात किशोरको उद्धार
प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मधेश प्रदेशले भारत विहारको मजफरपुरकाट किङ इन्डियाको सहयोगमा मधेश प्रदेशका सात जना किशोरको उद्धार गरेको छ ।
सेवा प्रभावकारी बनाउन व्यवस्थित अस्पताल
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले स्वास्थ्य सेवा प्रभावकारी बनाउन व्यवस्थित अस्पताल कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । लहान–१
पक्राउ पुर्जी जारी भएपछि जसपा मधेश प्रदेशका अध्यक्ष यादव फरार
सर्लाही जिल्ला अदालतले आफूलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव फरार हुनुभएको छ ।
एसपीलाई गालीगलौज गर्ने जसपा प्रदेश अध्यक्ष यादव विरुद्ध पक्राउ पुर्जी जारी
जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशका अध्यक्ष अशोकुमार यादवविरुद्ध सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
किसानलाई आधुनिक मौरीको घार वितरण
धनुषाको मिथिला नगरपालिकाले स्थानीय किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गर्न निःशुल्क मौरीको घार वितरण गरेको छ । शुक्रबार नगरपालिकाले नगरभित्रका सात जना किसानलाई ४१ थान घार वितरण गरेको हो ।
'डिएपी' मल अभाव
असारको पहिलो हप्तादेखि सुरु भएको धान रोपाइँको समयमा प्रयोग गरिने डिएपी मलको अभाव रहेको कृषि सामग्री कम्पनि लिमिटेड लहानले जनाएको छ ।
सप्तरीमा पाँच प्रतिशत मात्र रोपाइँ, किसानलाई धान रोप्न सकस
राजविराज नगरपालिका– १ का ५२ वर्षीया उम्दा देवी खंगको दुई बिघा खेतीयोग्य जमिन असारको तेस्रो सातासम्म बाँझो छ ।
उखुको जुस बेचेर मासिक ४५ हजार आम्दानी
रौतहटको राजदेवी नगरपालिका– ७ का गौरी महतोले १० वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आउनुभएको छ । फागुनदेखि कात्तिक महिना गरी नौ महिना उहाँले उखुको जुस बेच्ने गर्नुहुन्छ ।
एक हजारभन्दा बढीलाई लालपुर्जा वितरण
महोत्तरीको नापी कार्यालयले महोत्तरीमा चालु आर्थिक वर्षको अन्तिमसम्ममा एक हजारभन्दा बढी घरपरिवारलाई लालपुर्जा (जग्गाधनी प्रमाण पुर्जा) वितरण गरेको छ । लालपुर्जा वितरण कार्यलाई असारको अन्तिममा थप तीव्रता
धनुषामा तस्कर र सशस्त्र प्रहरीबिच भीडन्त : ६ प्रहरी घाइते
धनुषाको सीमावर्ती क्षेत्रमा बिदेह नगरपालिका–२, दुहबीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबिच भीडन्त भएको छ । तस्करीका सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो ।