सुकदेवको सहादत
जङ्गबहादुर राणाको तीन दशक लामो शासनको अन्त्यतिर उनीविरुद्ध केही विद्रोह भए । लखन थापा मगरले आफूलाई राम शाहकालीन सिद्ध लखन थापा मगरको अवतार घोषित गर्दै जङ्गबहादुरलाई मारेर मुलुकमा सुनौलो युग सिर्जना गर्ने उद्घोषका साथ गोरखामा विद्रोह गरे । उनीसहित उनका समर्थकलाई पक्राउ गरेर छानबिन गर्न काठमाडौँको थापाथली दरबारमा ल्याइयो । त्यसपछि उनीसहित उनका छ जना सहयोगीलाई गोरखाको बुङ्कोटमा लगेर रुखमा झुण्ड्याई मृत्युदण्ड
नेपाली गीतमा विदेशी पनि रमाउँछन्
नेपाली साङ्गीतिक क्षेत्रमा व्यस्त रहने कलाकारमध्ये पर्नुहुन्छ– जुनु रिजाल । प्रदेश १ को राजधानी विराटनगरबाट सुगम सङ्गीतमा उदाउनुभएकी जुनु स्वदेश र विदेशमा बस्ने नेपालीबीच लोकप्रिय हुनुहुन्छ । ‘नेपालकी छोरी’, ‘आज गाउँमा’, ‘वनचौँरी’, ‘तिम्रो झल्को’ ‘न दोष तिम्रो’, ‘ड्राइभर दाइ’लगायत दर्जनौँ चर्चित गीतमा स्वर दिनुभएकी जुनुका पाँच सयभन्दा बढी गीत÷गजल रेकर्ड भएका छन् । नेपाली, हिन्दी, भोजपुरी र मैथिली भाषाका गीतमा पनि उहाँको आवाज सुन्न सकिन्छ । कोरनाको बेलाबाहेक जुनु साङ्गीतिक कार्यक्रममा सधैँ व्यस्त हुनुहुन्छ । उहाँ भारतको सिक्किमलगायत स्वदेशका विभिन्न भागमा आयोजना गरिएका साङ्गीतिक कार्यक्रममा निरन्तर सहभागी हुँदै आउनुभएको छ ।
‘ब्लुलाइन’मा नेपाली सेना
अवस्था यतिबेला शान्त देखिन्छ तर एकैछिनपछि के हुन्छ भन्न सक्ने अवस्था छैन– मध्यपूर्वी देश लेबनानको सुरक्षा अवस्था बुझ्ने यही वाक्यांश नै पर्याप्त छ । लेबनानको राजधानी बेरुतलाई ‘मध्यपूर्वको पेरिस’ भनेर पनि चिनिन्छ तर झन्डै एक शताब्दीदेखि यो देश युद्धको चपेटामा परेको छ । भूमध्यसागरको बीच भागमा अवस्थित लेबनान प्राकृतिक रूपमा सुन्दर त छँदै छ, भौगोलिक रूपमा पनि सामरिक महत्त्व बोकेको देश हो ।
मानव तस्करीविरुद्धका अभियन्ता
छत्रबहादुर मैनाली सिन्धुलीमा जन्मनुभयो, उतै हुर्कनुभयो, लेखपढ गाउँकै स्कुलमा गर्नुभयो र केही नयाँ काम गर्ने हुटहुटी बोकेर राजधानी काठमाडौँ हानिनुभयो । सामान्य मध्यम वर्गीय परिवारमा जन्मेहुर्केका कारण काठमाडौँको बसाइ उहाँलाई सहज भने थिएन । घरबाट आर्थिक सहायता हुने सम्भावना पनि थिएन । रोजगारीमा लागे पनि दुई छाक टार्नै धौधौ ।
शीतलहरको कहर
पुस र माघ महिना तराई मधेशका जिल्लामा शीतलहरको कहरले जनजीवन कष्टकर बन्ने गरेको छ । यी दुई महिनामा शीतलहरसँगै चिसो बढ्छ । बिहानदेखि बेलुकासम्म एकैनासको बाक्लो हुस्सु (कुहिरो), पर्दा र पश्चिमी चिसो हावा चल्दा कठ्याङ्ग्रिने जाडो हुन्छ । चिसोले कठ्याङ्ग्रिएर कतिपयको ज्यान नै जाने गरेको पनि पाइएको छ । चिसोमा कठ्याङ्ग्रिएर चार जनाको ज्यान गइसकेको छ । मानिस मात्र होइन, घरपालुवा जनावरसमेत यसको असरमा परेका छन् ।
स्वयंवरको औँठी [कथा]
थाहा छैन किन मलाई यो पूर्णेको रातप्रति यतिविघ्न मोह लागेर आउँछ । रात छिप्पिँदै जाँदा झन् खुल्दै गएको जूनलाई हेरिरहन पाउँदा मनमा एक प्रकारको ऊर्जा थपिएको महसुस हुन्छ । प्रायः म छुटाउँदिन पूर्णेको रातमा कौसीमा बसेर पुराना गीतहरू सुन्नलाई पनि । तर अरू बेलाको पूर्णेको रात र आजको पूर्णेको रातमा धेरै फरक थियो । अघिल्लो पूर्णेको रातमा म एक्लै थिएँ, आज मेरी उनी मेरो साथमा छिन् । हातमा हात समाएर ।
छोरी (कविता)
जीवनको सुन्दर बगैँचामा पल्लवित छे प्रेमको स्निग्ध फूल आज हाम्रै आँगनमा फुल्छे सुवासित पार्छे घर भोलि मन्दिर पुग्छे, पवित्र पार्छे मन्दिर पर्सि पुग्छे अर्को गाउँ, अर्को देश
अघोषित युद्ध (कविता)
निशब्दभित्र र कहीँ एकान्तमा समर्थन/विरोधका तुमुल घोषहरूउर्लने गर्छन् हिजोआज ।फगत म एक्लो : नयाँ महाभारत लड्दैछुअश्वत्थामा, कर्ण र दुर्योधनहरू मलाई चक्रव्यूहमा फसाउँदै अट्टहास हाँस्छन्,विजयघोष गर्छन् हिजोआजखै किन होस्वयंलाई समयभन्दा बलवान ठान्छन्भविष्यभन्दा वर्तमान् बाँच्छन् उनीहरूकुर्लेरै बाँच्छन्,म मौन चुपचाप र चुपचापरमिता हेर्छु/अन्याय सहन्छु हिजोआजम समयहरेक क्षण/हरेक युगयसरी नै अविरल बहिरहने गर्दछुम त्यस्तै झुठ र मानवता विरोधीयुग हेर्दैछु हिजोआजचेतन मान्छेभित्रकै अहङ्कारकोअघोषित युद्ध लड्दैछु हिजोआज ।
गीत
छैन क्यारे मेरा लागि दुख्ने मुटु पनि कति हाँस्छ्यौ म रुँदा नि ढुङ्गा जस्तै बनी । थाहै छैन कता गयौ दोबाटोमा छोडी जोवन मेरो बितिगयो तिमीलाई खोजी । यो मन दिएँ विश्वास गरेँ सधैँ आफ्नो ठानी