नेपालले जोगायो एकदिवसीय मान्यता, विश्वकप छनोट खेलबाट दुई खेल टाढा
नेपालले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ७७ रनले हराएसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको हो ।
नेपालद्वारा युएईलाई दुई सय ४९ रनको लक्ष्य
आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितका लागि दुई सय ४९ रनको लक्ष्य दिएको छ ।
उपाधि दौड बलियो बनाउँदै पीएसजी
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा उपाधि दौड बलियो बनाउँदै लगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई उसैको मैदानमा २-१ गोलले हरायो ।
म्यानचेस्टर सिटी र चेल्सी विजयी
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सीले सफलता हात पारेको छ ।
महत्वपूर्ण खेलमा नेपाल युएईविरुद्ध पहिले ब्याटिङ गर्दै
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरव इमिरेट्स (युएई)विरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।
एपीएफ र जावलाखेलको बराबरी
विभागीय टोलीको एपीएफ क्लब र जावलाखेल युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेको छ ।
लिजेन्ड्स लिग क्रिकेट : पारसको एसिया लायन्स विजयी
नेपालका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) २०२३ मा विजयी सुरुवात गरेको छ ।
चर्च ब्वाइज लयमा
नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड शहिद स्मारक ‘ए’ डिभिजन लिगमा लयमा देखिएको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई १–० गोलले हरायो ।
सुस्मितालाई टेबलटेनिसमा स्वर्ण
प्राइम ग्लोबल कलेजकी सुस्मिता खड्काले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा शुक्रबार स्वर्ण जित्नुभएको छ ।