नेपाल आर्मी टिम च्याम्पियन : शिवराज र जयरानी उत्कृष्ट खेलाडी
विभागीय टोली नेपाल आर्मी ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न प्रतियोगितामा आर्मीले १८ स्वर्ण, १२ रजत र पाँच कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।
अन्योलबीच अलमुतइरीसँग एन्फाको संवाद
अलमुताइरी नेपाल आउन सक्ने या नसक्ने दुविधाबीच एन्फा नयाँ नेतृत्वले अलमुतइरीसँग संवाद सुरु गरेको छ । एन्फाका महासचिव किरण राईले अलमुताइरीसँग संवाद गर्नुभएको हो ।
क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि नेपाली टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्यानडा र स्टकल्यान्डमा हुने क्रिकेट सिरिजका लागि आइतबार नेपाली खेलाडी टोलीको घोषणा गरेको छ ।
खेलकुद मन्त्री र आईसीसी प्रतिनिधिबीच भेट
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोईराला, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड ओपरेसन अफिसर नितिशा कोठारीको उपस्थिति थियो ।
चेस ओलम्पियाडका लागि खेलाडी छनोट
भारतमा अयोजना हुने चेस ओलम्पियाडको ४४औं संस्करणमा सहभागि हुने नेपाली खेलाडीको टुंगो लागेको छ । काठमाडौंमा शनीबार सम्पन्न छनोट खेलबाट मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट हुनुभएको छ ।
हर्डल्समा जयरानीको अर्को कीर्तिमान
नेपाल आर्मीकी जयरानी थारुले ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । दशरथ रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन शनिबार जयरानीले महिला चार सय मिटर हर्डल्स (बाधा दौड) मा १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको हो
सागमा स्वर्ण विजेतालाई गोदावरीको आजीवन भत्ता
गोदावरी नगरपालिकाको ११औं नगरसभाले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई आजीवन भत्ता प्रदान गर्ने निर्णय गरेको छ । नगरपालिकाको शनिबार भएको निति तथा कार्यक्रमले गोदावरी नगरपालिकाबाट साग खेलकुदमा स्वर्ण पदक जित्ने नगर भित्रका खेलाडीलाई मासिक पाँच हजार रुपियाँ भत्ता दिने निर्णय गरेको हो ।
महेन्द्ररत्नलाई भलिबल उपाधि
महेन्द्ररत्न क्याम्पस ताहचलले प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । ताहचलस्थित घरेलु कोर्टमा शनिबार भएको फाइनल खेलमा महेन्द्ररत्नले रत्नराज्य लक्ष्मी क्याम्पसलाई ३–० को सोझो सेटमा हरायो ।
मैत्री खेलमा एनआरटीले सङ्कटालाई हरायो
ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र संकटा क्लबबीचको मैत्रीपूर्ण खेलमा एनआरटी विजयी भएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा एनआरटीले संकटालाई ३–२ गोलले पराजित गरेको हो ।