बाहिरियो नेपाल एसिसी टी–ट्वान्टी च्याम्पयनसिपबाट
वर्षा बाधक बनेपछि नेपाल ‘एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप’बाट बाहिरिएको छ ।
गौरिका र प्रिन्सलाई एनओसी अवार्ड
पौडीबाज गौरिका सिंह र ब्याडमिन्टन स्टार प्रिन्स दाहालले एनओसी अवार्ड जित्नुभएको छ । नेपाल ओलम्पिक कमिटीले (एनओसी) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२२ का अवसरमा बिहीबार महिलातर्फ गौरिका र पुरुषमा प्रिन्सलाई एनओसी अवार्ड प्रदान गरेको हो ।
फिफा वरीयतामा नेपाल आठ स्थान खस्कियो
नेपाल फिफा वरीयतामा आठ स्थान खस्किएको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल आठ स्थान खस्किँदै एक सय ७६औं स्थानमा पुगेको हो । यसअघि नेपाल एक सय ६८औं स्थानमा थियो ।
नेपाल रग्बी १५ मा प्रवेश
कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसँगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रङ्गशालामा पहिलो पटक रग्बी १५ को आधिकारिक खेल खेलेको छ ।
अन्तर वडा टेबल टेनिस भदौमा
नेपाल स्पिन इभेन्ट प्रालिले आयोजनामा आगामी भदौ २१ देखि २५ गतेसम्म पूर्णशङ्कर श्रेष्ठ दोस्रो राष्ट्रब्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।
एन्फाको महासचिवमा राई, कोषाध्यक्षमा जोशी र विदेश विभाग प्रमुखमा पाण्डे मनोनित
अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीन्द्र जोशी र विदेश विभाग प्रमुखमा नविन पाण्डे मनोनित हुनुभएको छ ।
ओलम्पिक दिवसमा बाँकेका पहिलो पुस्ताका ११ जना अग्रज खेलाडीलाई सम्मान
नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स फर अल कमिसन लुम्बिनी प्रदेश कमिटीले ओलम्पिक दिवसको अवसरमा बुधबार नेपालगञ्जमा बाँकेका पहिलो पुस्ताका ११ जना अग्रज खेलकर्मीलाई सम्मान गरेको छ ।
सबै ओलम्पियन एक ठाउँमा
नेपाल ओलम्पियन संघले नेपालबाट विगतदेखि अहिलेसम्म ओलम्पिक गेम्समा सहभागि खेलाडीलाई पूर्नमिलन गराएको छ । ओलम्पिक दिवसको अवसरमा संघले मंगलबार राति ओलम्पियनहरुबीच एकआपसमा पूर्नमिलन गराएको हो ।
राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको समग्र विकासका लागि खेलकुद सम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनु पर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदल गठन गरेको छ ।