टुँडिखेलको स्तरोन्नति
चार वर्षपछि तानसेनको टुँडिखेल मैदानलाई स्तरोन्नति गर्ने काम सकिएको छ । नगरपालिकाको प्राङ्गणअगाडि बनेको टुँडिखेल मैदानलाई गुरुयोजनाअनुसार स्तरोन्नति गर्ने काम चार वर्षमा सकिएको नगरपालिकाले जनाएको छ। टुँडिखेल सुधार योजनाअन्तर्गत चार वर्षदेखि टुँडिखेल मैदानलाई सम्याउने, खेल्न मिल्ने खालका दुबो लगाउने कार्य भइरहेको थियो। हाल उक्त कार्य सकिएर नगरपालिकालाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको निर्माण व्यवसायीले जनाएको छ। भलिबल, फुटबल, क्रिकेट तथा अन्य खेल खेल्न तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न सकिने गरी टुँडिखेल मैदानको निर्माण कार्य सकिएको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो।
लाओसलाई हराउने दाबी
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालको प्रदर्शन उत्कृष्ट हुने दाबी गर्नुभएको छ ।
पारसको टोली एसियन लायन्स च्याम्पियन
विश्व लिजेन्ट क्रिकेट लिगको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसियन लायन्सले जितेको छ ।
सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ ।
नेपाललाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ : प्रशिक्षक देसाई
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाललाई भारतमा क्रिकेट खेल्ने वातावरण बनाउनु पर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री कप थ्री नेसन्स : नेपाली टोलीको घोषणा
दशरथ रङ्गशालामा बुधबारदेखि आयोजना हुने प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
आसिफलाई सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड
सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जित्नुभएको छ ।
अन्जनी आईबीए बक्सिङको क्वार्टरफाइनलमा
नेपालकी अन्जनी तेलीले भारतको नयाँ दिल्लीमा जारी आईबीए महिला बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान बनाउनुभएको छ ।
स्याङ्जाको फेदी खोलामा पुरुष भलिबल हुने
चैतको दोस्रो सात स्याङ्जाको फेदी खोलामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हिमशिखर क्लबको आयोजनामा चैतको १३ देखि १६ गतेसम्म जिल्ला स्तरीय पुरुष भलिबल आयोजना हुन लागेको हो ।