रारामा दोस्रो म्याराथन दौड प्रतियोगिता हुँदै
मुगुको रारामा दोस्रो म्याराथन दौड प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म रारा हुटुको आयोजनामा असार २२ गते हुने गुल्मले जनाएको छ ।
कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा कमललाई रजत
नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्नुभएको छ । दक्षिण कोरियाको सिओलमा शुक्रबार भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले रजत पदक जित्नुभएको हो ।
अभ्यास खेलमा ओन्टारियोमाथि नेपालको जित
क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय ओन्टारियोविरुद्धको अभ्यास खेलमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नेपालले नेपालले ओन्टारियोलाई ६९ रनले हरायो ।
नेपाल आज ओन्टारियोसँग खेल्दै
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) क्यानडाको स्थानीय ओन्टारियो क्लबसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ । क्यानडासँग जुलाई ४ र ५ तारिख एकदिवसीय सिरिज खेल्नुअघि नेपालले ओन्टारियोसँग अभ्यास खेल खेल्न लागेको हो ।
फिफाद्वारा पाकिस्तानमाथिको प्रतिबन्ध फुकुवा
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले दक्षिण एसियाली राष्ट्र पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथिको प्रतिबन्ध फुकुवा गरेको छ । फिफाले एक विज्ञप्ति निकाल्दै १५ महिनापछि पाकिस्तान फुटबलमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।
न्यू डायमन्डको पहिलो जित
आयोजक न्यू डायमन्ड क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित बहुउद्देस्यीय कभर्डहलमा बिहीबार भएको खेलमा न्यू डायमन्डले परोपकार महिला टिमलाई ३–० को सोझो सेटमा हरायो ।
बास्केटबलमा कीर्तिपुरको दोश्रो जित
कीर्तिपुरले राष्ट्रव्यापी खेलकुद अन्तर्गत यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ । पहिलो खेलमा बुधबार कीर्तिपुरले आईएस नेपाललाई पराजित गरेको थियो ।
महिला ओपन गल्फ शनिबार
महिला ओपन गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा ५० जना महिला गल्फरको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताकी संयोजक आर्सिया बानुले जानकारी दिनुभयो ।
जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा
विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रा चरणमा पुग्नुभएको छ । लन्डनमा बुधबार राति भएको खेलमा साविक विजेता जोकोभिचले अस्ट्रेलियाका थानासी कोकिनकिसलाई ३-० को सोझो सेटमा हराउनुभयो ।