क्रिकेट टिमलाई एक लाख दिने बागमती प्रदेश सरकारको घोषणा
बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई जनही एक लाख रुपियाँ दिने भएको छ।
नेपालगञ्ज पौडी पोखरी सर्वसाधारणका लागि खुला
नेपालगञ्जको रङ्गशालास्थित नेपालकै दोस्रो ठूलो पौडी पोखरी (स्विमिंग पुल) सर्वसाधारणका लागि खुला गरिएको छ ।
प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ। विजेता खेलाडीहरूलाई शुक्रवार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो।
काममा पनि शुभ शुभश्री
कम उमेरमा नै उचित प्रशिक्षण, मार्गदर्शन पायो भने राम्रो प्रतिभा भएका खेलाडीले पक्कै अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा खेलद्वारा कायम गर्न सक्छ । अहिले शुभश्री श्रेष्ठको परिवारले उनलाई सोही सोचाइले प्रेरित भएर टेबलटेनिसमा लगाउनुभएको छ । हुन त शुभश्रीको परिवार नै टेबलटेनिस खेलप्रति समर्पित छ । शुभश्रीका बाजे गोवद्र्धन श्रेष्ठ, फूपू ज्योत्सना श्रेष्ठ, बुवा प्रितेश श्रेष्ठ पनि टेबलटेनिस खेलाडी हुनुहुन्थ्यो । ‘वंशाणुगत गुण नै होला, शुभश्री पनि सानैदेखि टेबलटेनिसमा लोभिइन् र सानै उमेरमा च्याम्पियन भएर निस्किइन् ।
झा र शेखलाई जनही दुई लाख दिइने : मुख्यमन्त्री यादव
आइसीसी क्रिकेट विश्वकप–२ एक दिवसीय प्रतियोगितामा नेपालले आज शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
हामी सिक्दै अगाडि बढ्नेछौं : प्रशिक्षक देसाई
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले टिम गेम खेलेका कारण जित सम्भव भएको बताउनुभएको छ ।
पाथीभरा याङ्वरकलाई गाउँपालिका अध्यक्ष कप उपाधि
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा सम्पन्न अन्तरपालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकले जितेको छ ।
युएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।
निर्णायक खेलमा नेपाललाई युएईको ३११ रनको चुनौतीपूर्ण लक्ष्य
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपाललाई जितको लागि संयुक्त अरव इमिरेट्स (युएई) ले तीन सय ११ (३११) रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।