कर्णाली टस जितेर बलिङमा
त्रिवि मैदान कीर्तिपुरमा कर्णालीले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ ।
एनपिएल : सन्दीपको कप्तानी बलिङमा विराटनगरको लगातार तेस्रो जित
कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिएपछि विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा विराटनगरले साविक विजेता जनकपुर वोल्ट्सलाई नौ रनले हरायो ।
स्वदेश फर्कियो दृष्टिविहीन महिला टी–२० विश्वकप उपविजेता टोली
दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ ।
प्रधानमन्त्रीद्वारा नेपाल दृष्टिविहीन महिला टी-२० विश्वकपका उपविजेता टिमलाई बधाई
नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेका टिमलाई प्रधानमन्त्री सुशीला कार्कीले बधाई दिनुभएकाे छ ।
एनपिएल : विराटनगरले जनकपुरलाई दियो १३६ रनको मध्यम लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा जितका लागि विराटनगर किङ्सले जनकपुर बोल्लट्सलाई एक सय ३६ रनको मध्यम लक्ष्य दिएको छ ।
आहा रारा गोल्ड कप माघ २७ गतेबाट
पर्यटकीय सहर पोखरामा अढाइ दशकदेखि निरन्तर हुँदै आएको आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि फागुन ९ गतेसम्म हुने भएको छ ।
जनकपुरविरुद्ध ब्याटिङ गर्दै विराटनगर
त्रिवि मैदान कीर्तिपुरमा विराटनगरले जनकपुरविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । जनकपुरले टस जितेर फिल्डिङ रोज्दै विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
एनपिएल : आज दुई खेल हुँदै
हाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपराह्न ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ ।
कसरी खेलिन्छ दृष्टिविहीन क्रिकेट
दृष्टिविहीन खेलाडीलाई तीन समूह बी वान, बी टु र बी थ्रीमा विभाजन गरिन्छ । बी वानमा पूर्ण रूपमा दृष्टिविहीन, बी टुमा अलि अलि दृष्टिले कमजोर (पाँच मिटर टाढा नदेख्ने) र बी थ्रीमा (बिस मिटर टाढा नदेख्ने) अल्पदृष्टिविहीन हुन्छन् । हरेक टिमले तिनै प्रकारका खेलाडीलाई मैदानमा उतार्नु पर्छ । चार खेलाडी पूर्ण रूपमा दृष्टिविहीन हुनु पर्छ ।
खेलाडी आफैँले गरे क्रिकेट पिच निर्माण
सप्तरीका क्रिकेट खेलाडी क्रिकेट अभ्यासका लागि श्रमदान गरेर पिच निर्माण गर्न जुटेका छन् ।
नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता
नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको छ । श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भयो ।
त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल खेल्दै नेपाली महिला टोली
इन्डोनेसियामा हुने फिफा टायर पहिलो त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागीता जनाउन नेपाली राष्ट्रिय महिला फुटबल टोली आइतबार इन्डोनेसिया प्रस्थान गरेको छ ।
एनपीएलःसोमबार दुई खेल हुने
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौँ दिन आइतबार खेल राखिएको छैन । नेपाल क्रिकेट सङ्घले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम दिन राखिएको थियो ।
विराटनगरको लगातार दोस्रो जित : काठमाण्डु पाँच विकेटले पराजित
नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।
नवयुवाका लागि एनपिएल प्रभावकारी मञ्चः कोच गौचन
काठमाडौँमा जारी नेपाल प्रिमियर लिग ९एनपिएल०को दोस्रो संस्करणमा सहभागी टोली लुम्बिनी लायन्सका कन्सल्टेन्ट कोच शक्ति गौचनले एनपिएल नवयुवाका लागि प्रतिभा उजागर राउने प्रभावकारी मञ्चका रूपमा रहेको बताउनुभएको छ।
काठमाडौंले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै विराटनगर
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा काठमाण्डु गुर्खाजले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ ।
एनपिएल : विराटनगर टस जितेर बलिङमा
विराटनगरले टस जितेर बलिङ रोजेको छ।करण केसीको कप्तानीमा काठमाडौँ गोर्खाज विराटनगरसँग खेल्न लागेको हो ।
एनपिएल : कर्णालीका मार्क वाटको शतकमा झुक्यो लुम्बिनी
कर्णालीका मार्क वाटले अविजित विस्फोटक शतकीय पालि खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ ।
सेनाका खड्का र न्यौपानेलाई नेपालगन्ज म्याराथन उपाधि
११औँ धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जित्नुभएको छ । हाफ म्याराथनको उपाधी पनि नेपाली सेनाकै पूर्णलक्ष्मी न्यौपानेले जित्नुभएको छ ।
एनपिएल : लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शनिबारको खेलमा जितका लागि लुम्बिनी लायन्सले कर्णाली याक्सलाई एक सय ५७ रनको लग्क्ष्य दिएको छ ।
विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमाया
इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालकी एरिका गुरुङ ६८ केजीमाथि तथा सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नुहुनेछ ।
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल सुरु भएको छ ।
दुई लाख पुरस्कारको चक्रेश्वर भलिवलको उपाधी हरेवालाई
गुल्मीको प्रसिद्ध शान्तिपुर चक्रेश्वर मेलाको अवसरमा सञ्चालन भएको भलिवल प्रतियोगीतामा प्रथम चन्द्रकोट गाउँपालिका–६ हरेवा बनेको छ ।
सिद्धार्थलाई आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी
फेदीखोला गाउँपालिकाले आयोजना गरेको आठौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सिद्धार्थ माध्यमिक विद्यालयले हात पारेको छ ।