म्याग्दी कपको तयारी पूरा
हिमाली जिल्ला म्याग्दीको बेनीमा चैत १ गते देखि सञ्चालन हुने म्याग्दी कप–२०७९ आमिन्त्रत फुटबल लिगको तयारी पूरा भएको छ ।
प्याट्रियोट्स कपमा १२ टोली
दोस्रो संस्करणको अन्तर कलेज प्याट्रियोट्स कप टी–२० क्रिकेट प्रतियोगिता यही मार्च १८ देखि २५ तारिखसम्म मुलपानी क्रिकेट मैदानमा हुने भएको छ ।
लिगमा फ्रेन्ड्सको पहिलो जित
ललितपुरको फ्रेन्ड्स क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सले जावलाखेललाई २–१ गोलले हरायो ।
नेकोस जुडो शुक्रबारदेखि
नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय जुडो सङ्घ र नेपाल जुडो सङ्घको संयुक्त आयोजनामा शुक्रबार र शनिबार नेकोस छैटौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ ।
प्रतिभावान खेलाडीलाई टोलीमा समेट्छु : प्रशिक्षक भिन्सेन्जो
नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनेसले नेपालमा भएको खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निमार्ण गर्ने बताउनुभएको छ ।
संयोग र नविता च्याम्पियन
नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठ १२औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बन्नुभएको छ । खुलातर्फ सिंगल्सको पुरुषमा संयोग र महिलामा नवीता पहिलो हुनुभएको हो ।
स्वदेश फर्कियो यू–२० महिला टोली
प्यालेस्टाइनमा सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली मङ्गलबार बिहान स्वदेश फर्किएको छ ।
मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ चैत अन्तिममा
प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुदूरपश्चिममा चैत २९ र ३० गते हुने भएको छ ।
वीर गणेशमान रोड रेस र बक्सिङ हुने
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले चैतमा वीर गणेशमान सिंह १० के रोड रेस र राष्ट्रिय बक्सिङ गरी दुई प्रतियोगिता आयोजना गर्ने भएको छ ।