वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्छौंः प्रधानमन्त्री
प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ।
विद्यार्थीको आकर्षण आइटीमा
नेपालगन्जमा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सूचना प्रविधि (आइटी) विषयप्रति विद्यार्थीको आकर्षण बढेको छ। आइटी विषयमा स्नातक तहमा भर्ना भएका पहिलो ब्याचका विद्यार्थीले यसको भविष्य तथा सम्भावना राम्रो भएको बताएका छन्। आइटी कोर्समा अध्ययनरत विद्यार्थीसँगको एक अन्तर्क्रिया कार्यक्रममा सहभागीले रुचि र आकर्षण भएका कारण आफूहरू आइटी शिक्षा अध्ययन गर्न आएको बताएका छन्। नेपालगन्ज रामनगरकी तृष्णा विकले नर्सिङ पढ्ने इच्छालाई त्यागेर आइटी पढ्न आएको बताउनुभयो।
सरकारलाई टिकटकको पत्र
सामाजिक सञ्जाल टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखी प्रतिबन्धका सन्दर्भमा छलफल गर्न आग्रह गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार टिकटकले पत्रमा स्वनियमनका मान्यता अनुसार अघि बढ्ने प्रस्ट पारेको छ।
एनसेल प्रकरणमा यस्तो आयो सरकारको धारणा
नेपाल सरकारका प्रवक्तासमेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको छ ।
टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
हरेक वडा केन्द्रमा इन्टरनेट पुर्याउने योजना प्राथमिकतामा : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै वडा कार्यालयसम्म इन्टरनेट पुर्याउने योजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
पैदल यात्रुले स्विच थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा
काठमाडौँको बबरमहलमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।
प्रथम कृषि वैज्ञानिक सम्मेलन सम्पन्न
कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा सञ्चालन भएको पहिलो कृषि वैज्ञानिक सम्मेलन तथा स्नातक कार्यशाला आज सम्पन्न भएको छ । सम्मेलनको विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्रा.डा.शङ्कर भण्डारीले एक समारोहबिच समापन गर्नुभएको हो ।
काठमाडौं जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राखिँदै
काठमाडौं महानगरपालिकाले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्ने भएको छ ।