यात्रीलाई दर्ता गर्ने पहल सुरु
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा अगाडि बढाउन निर्देशन दिएपछि सरोकारवालासँग छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयले यात्री विद्युतीय मोटरसाइकल उत्पादन गर्ने कम्पनीका प्रतिनिधि र सरकारी निकायसँग आइतबार साँझ छलफल गरेको हो।
नेपालको कर प्रणालीमा गुगल दर्ता
विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ। आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो। सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट व्यवस्था गरेको विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिनुभयो। “गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा करअनुसार नै कर तिर्ने गरी दर्ता भएको छ,” उहाँले भन्नुभयो।
‘सार भ्यालु’ कसरी पत्ता लगाउने ?
मोबाइल फोन निर्माताले आफ्नो आधिकारिक वेबसाइटमा कुन मोडेलको ‘सार भ्यालु’ कति हो सो उल्लेख गरेका हुन्छन्। त्यहाँ गएर आफ्नो मोबाइल फोनको ‘सार भ्यालु’ हेर्न सकिन्छ। मोबाइल फोनको प्रयोगकर्ता गाइड (युजर्स म्यानुअल)मा सो फोनको ‘सार भ्यालु’ लेखिएको हुन्छ। त्यहीँबाट पनि ‘सार भ्यालु’ जान्न सकिन्छ। मोबाइल फोनको सेटिङबाट पनि ‘सार भ्यालु’ पत्ता लगाउन सकिन्छ। त्यसका लागि तपाईं मोबाइलको सेटिङमा जानुपर्छ। त्यसपछि जर्नल, लिगल र आरएफ एक्सपोजरमा जानुहोस्। यो सेटिङमा जाने विधि मोबाइल सेटअनुसार फरक–फरक हुने गर्छ।
मोबाइल
रोशन साह्रै ज्ञानी छ । ऊ ७ कक्षामा पढ्छ । पढाइमा साह्रै अब्बल छ । हरेक पटक कक्षामा प्रथम हुन्छ । त्यति मात्रै कहाँ हो र ! विद्यालयले हरेक वर्ष आयोजना गर्ने विभिन्न प्रतियोगितामा पनि ऊ पुरस्कृत भएकै हुन्छ । त्यसैले त रोशनको बुवाआमा आफ्नो छोराको बानीदेखि साह्रै खुसी हुनुहुन्छ ।
दुई संस्थालाई ‘फ्लाइङ स्कुल’ स्थापनाको अनुमति
नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन्।
बेवारिसे बन्यो विज्ञान प्रविधि भवन
दोलखा दोलखाको भीमेश्वर नगरपालिका–६, झुलेमा निर्मित हिमालयन अनुसन्धान विज्ञान तथा प्रविधि प्रतिष्ठानको भवन अलपत्र एवं बेवारिसे अवस्थामा रहेको छ। यो भवन एक करोड ५१ लाख छ हजार २५० रुपियाँको लागतमा निर्माण गरिएको हो। सो वडाका वडाध्यक्ष नवीन लामाले सङ्घीय बजेटमा तीनतले भवन निर्माण गर्न सुरु गरिएको यो भवन खर्च अभावले दुई तला मात्रै बनेको छ।
सेवा चुस्तदुरुस्त गर्न प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्तरूपमा सञ्चालन गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ ।
ह्याकर सबै खराब हुँदैनन्
तपाईंहरूलाई आज म ह्याकरका बारेमा केही कुराको जानकारी दिँदैछु । ह्याकर शब्द यसअघि तपाईंहरूले सुन्नु नै भएको होला । खासमा ह्याकर एक साइबर सुरक्षा अनुसन्धानकर्ता हो । ह्याकरहरू अनुमति लिएर वा नलिएर कुनै पनि वेबसाइट, एप, सफ्टवेयर र सूचना प्रणाली तथा नेटवर्कमा प्रवेश गर्न खोज्छन् । के कारण र कस्तो उद्देश्यले ह्याकरहरू अरूको वेबसाइट, एप वा सफ्टवेयरमा प्रवेश गर्न खोज्छन् ? यस विषयमा जानकारी लिऔँ है त । आशा छ यो सामग्री तपाईंहरूलाई पक्कै मन पर्ने नै छ ।
डाटा सुरक्षामा कानुनी अड्चन
अहिले नेपालमा डाटा सुरक्षा र कानुनी अड्चनका बारेमा दिनहुँजसो चिया गफ हुने गर्छ । साथै स्कुल, कलेज र सरकारी कार्यालयमा पनि यसैको चर्चा छ । अबको बहुमूल्य सम्पत्ति भनेकै डाटा हो भन्ने कुरा विश्वले स्वीकार गरिसकेको छ र त्यसतर्फ उनीहरूले ठूलो मात्रामा लगानीसमेत बढाइसकेका छन् । नेपालमा सरकार र निजी क्षेत्रबाट डाटा सङ्कलन र भण्डारणको कार्य तीव्र रूपमा भइरहेको छ ।