सांसदहरूले अनिवार्य विद्युतीय हाजिर गर्नुपर्ने
जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ ।
विद्यार्थीले निर्माण गरेका विज्ञान प्रविधिका सामग्री प्रदर्शन
कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा विद्यार्थीबाट निर्माण गरिएका शैक्षिक सामग्री प्रदर्शन गरिएको छ । प्याव्सन कपिलवस्तुले आयोजना गरिएको शैक्षिक प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विज्ञान तथा प्रविधिका सामग्री प्रदर्शन गरिएको हो । कार्यक्रममा हस्तलेखन र महिला हिंसाको विषयमा वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ ।
भूकम्प प्रभावित जिल्लामा इन्टरनेट पुर्याउने कार्य अन्तिम चरणमा
नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड उपलब्ध गराएको छ । प्राधिकरणले १८ प्याकेज मार्फत ७४ जिल्लाका तोकिए बमोजिमका स्थानमा ब्रोडब्याण्ड जडान कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ ।
विश्वकपको सेमिफाइनल र फाइनलमा छुट्टै बल खेलाइने
विश्व फुटबल महासङ्घ (फिफ) ले कतारमा जारी २२औँ फिफा विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा छुट्टै बल खेलाउने भएको छ ।
‘ब्लाजार जेट्स’ अनुसन्धानमा खगोलविद्
आकाशगङ्गामा के छ ? हामीसँग केही जानकारी मात्र छ, यस विषयमा थप अनुसन्धान जारी छ । नेपाललगायत विश्वका खगोलविद् अहिले आकाशगङ्गाबाहिर पनि उज्यालो वस्तु ‘ब्लाजार जेट्स’ रहेको भन्दै ती वस्तुको थप अध्ययन तथा अनुसन्धानमा जुटेका छन् । ग्रीकका खगोलविद् यानिस लियोडाकिसले पृथ्वी रहेको आकाशगङ्गाबाहिरका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट्स’को अध्ययन र अनुसन्धानमा आफूहरू जुटेको बताउनुभएको छ । उहाँका अनुसार ‘ब्लाजार जेट्स’ विषयको अनुसन्धान ब्रह्माण्डको उत्पत्ति तथा मानव जीवनमा उपयोगी हुन सक्ने छन् । खगोलविद् लियोडाकिसले आफूहरू विशेष गरी ब्रह्माण्डमा भएका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट’मा केन्द्रित रहेको गोरखापत्रसँगको कुराकानीमा बताउनुभयो ।
अप्टिकल फाइभर काटिएपछि एनसेलको सेवा अवरुद्ध
सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आबुखैरेनी जोड्ने अप्टिकल फाइभर काटिएका कारण सेवा प्रवाह अवरुद्ध भएको एनसेलले जनाएको छ।
जमाना ‘सुपर एप’को
मोबाइल अथवा ट्याब्लेटमा प्रयोग हुने एप्लिकेसन (छोटकरीमा एप)का बारेमा भाइबहिनीलाई थाहै होला । मोबाइल एप एक किसिमको सफ्टवेयर हो । यसमा हामीले खोजेको कन्टेन्ट प्रयोग गर्न सक्छौँ । जस्तो कि हामीलाई गेम खेल्न मन लाग्यो भने गेमिङ एप डाउनलोड गर्छौं । त्यस्तै कुराकानी अथवा भिडियो कल गर्न मन लाग्यो भने च्याटिङ एप राख्छौँ । अनलाइनबाटै खानेकुरा अथवा केही किन्न मन लागे सपिङ एप र कतै जानु परे राइड सेयरिङ एप हाम्रो मोबाइलमा राखेका हुन्छौँ ।
कम्प्युटर एसोसिएसनमा हाङ्बाङ
ताप्लेजुङस्थित कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको अध्यक्षमा पुनः विष्णुकुमार हाङ्बाङ लिम्बू चयन हुनुभएको छ ।
पहिलो वर्षमै डेढ अर्ब रेमिटेन्स भित्र्याए
नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले सञ्चालनमा ल्याएको “हाम्रो पात्रो रेमिट” ले एक वर्ष पुरा गरेको छ । रेमिटले पहिलो वर्षमै एक अर्ब ५० करोड रुपैयाँ नेपाल भित्र्याएको छ ।