युट्युबमा के हेर्ने ? ‘युट्युब किड!’
भाइबहिनीले युट्युबमा भिडियो त पक्कै हेर्नुभएकै होला । हेर्नुभएको छैन भने केही न केही जानकारी त होला । युट्युब एउटा भिडियो स्ट्रिमिङ प्लेटफर्म हो अर्थात् युट्युबले हामीले निर्माण गरेका भिडियोलाई संसारभर पु¥याउन सहयोग गर्ने एउटा माध्यम हो । युट्युबले हाम्रो भिडियो अरू माझ पु¥याइदिएर सहयोग पु¥याए पनि आफँै भने भिडियो बनाउँदैन । दुनियाँका अनेक विषयसँग सम्बन्धित भिडियो संसारको एउटा कुनाबाट अर्को कुनाका व्यक्तिसम्म सहजै पु¥याउन युट्युब अहिलेसम्मकै सबैभन्दा सजिलो माध्यम बनेको छ । युट्युब गुगलको सहायक कम्पनी हो ।
युट्युबमा के हेर्ने ? ‘युट्युब किड !’
काठमाडौं, असोज १९ गते । साना साना भाइबहिनीकै लागि भने युट्युबले एउटा छुट्टै प्लेटफर्म अर्थात् ‘युट्युब किड’ भनेर पनि बनाइदिएको छ । जसमा भाइबहिनीलाई काम लाग्ने भिडियो मात्र राखिएको छ तर युट्युबको मुख्य प्लेटफर्ममा भने सबै किसिमका र सबै उमेर समूहका लागि भिडियो राखिएको हुन्छ ।भाइबहिनीले युट्युबमा भिडियो त पक्कै हेर्नुभएकै होला । हेर्नुभएको छैन भने केही न केही जानकारी त होला । युट्युब एउटा भिडियो स्ट्रिमिङ प्लेटफर्म हो अर्थात् युट्युबले हामीले निर्माण गरेका भिडियोलाई संसारभर पुर्याउन सहयोग गर्ने एउटा माध्यम हो । युट्युबले हाम्रो भिडियो अरू माझ पुर्याइदिएर सहयोग पुर्याए पनि आफैँ भने भिडियो बनाउँदैन । दुनियाँका अनेक विषयसँग सम्बन्धित भिडियो संसारको एउटा कुनाबाट अर्को कुनाका व्यक्तिसम्म सहजै पुर्याउन युट्युब अहिलेसम्मकै सबैभन्दा सजिलो माध्यम बनेको छ । युट्युब गुगलको सहायक कम्पनी हो । गुगलपछि विश्वमा सबैभन्दा धेरै हेरिने वेबसाइटमा पनि युट्युब नै पर्छ ।युट्युबमा भिडियो राख्न पैसा लाग्दैन । बरु युट्युबले भिडियो हेरिएको आधारमा भिडियो बनाउनेलाई उल्टै पैसा दिन्छ । युट्युबका लागि आवश्यक भनेको च्यानल हो । त्यसका लागि एकाउन्ट अनिवार्य हुन्छ । जुन सहजै बनाउने बनाउन पनि सकिन्छ । युट्युबको लोकप्रियता यति छ कि विश्वभर यसका मासिक प्रयोगकर्ता मात्रै दुई अर्ब ५० करोडभन्दा बढी छन् । युट्युबमा अहिले पाँच करोड १९ लाखभन्दा त बढी नै च्यानल छन् । हरेक दिन ३७ लाखभन्दा बढी नयाँ भिडियो युट्युबमा अपलोड हुन्छन् । हरेक मिनेटमा पाँच सय घण्टाभन्दा बढी समयमा भिडियो युट्युबमा राखिन्छ । त्यस्तै एक दिनमा एक अर्ब घण्टाभन्दा बढी युट्युबका भिडियो हेरिन्छ । युट्युबबाटै वर्षमा अर्बौँ रुपियाँ कमाउने व्यक्ति पनि छन् । अमेरिकाका २३ वर्षीय जिम्मी डोनाल्डसनले युट्युबमा मिस्टरबिस्ट नामको च्यानल चलाएर सन् २०२१ मा मात्रै सात अर्ब रुपियाँ आम्दानी गर्नुभएको छ । नेपालमा पनि कतिपयले युट्युबलाई नै आफ्नो मुख्य आम्दानीको माध्यम बनाएर काम गरिरहेका छन् ।युट्युबबारे यो जानकारी पछि यो कति लोकप्रिय छ भनेर भाइबहिनीले त पक्कै बुझ्यौ होला । युट्युबमा हालिने हरेक भिडियो हेर्न त सम्भव छैन । त्यसमाथि सबैका आफ्ना रुचि र चाहना अलग हुने भएकाले युट्युबमा हेरिने भिडियो पनि फरक पर्छ नै । युट्युबमा हेरिने राम्रा र सही भिडियोले हाम्रो ज्ञान, जानकारी र सिकाइलाई धेरै प्रभाव पारेको हुन्छ । त्यसैले युट्युबमा के हेर्ने र के नहेर्ने भन्ने कुरा निकै महìवपूर्ण हुन्छ । हामीले सही कुरा हेर्यौँ भने सही कुरा नै पाउँछौँ । साना साना भाइबहिनीकै लागि भने युट्युबले एउटा छुट्टै प्लेटफर्म अर्थात् ‘युट्युब किड’ भनेर पनि बनाइदिएको छ । जसमा भाइबहिनीलाई काम लाग्ने भिडियो मात्र राखिएको छ तर युट्युबको मुख्य प्लेटफर्ममा भने सबै किसिमका र सबै उमेर समूहका लागि भिडियो राखिएको हुन्छ । त्यसैले यस पटक भाइबहिनीलाई सहयोग होस् भनेर हामीले युट्युबमा हेर्नुपर्ने केही च्यानलको बारेमा जानकारी दिँदैछौँ । यसरी च्यानल छनोट गर्दा भाइबहिनीका लागि लोकप्रिय र विश्वभर राम्रो भनेर प्रतिक्रिया पाएका च्यानललाई समेट्न खोजेका छौँ । यसले भाइबहिनीको ज्ञान, जानकारी र सिकाइमा सहयोग पुर्याउनेछ भन्ने हाम्रो बुझाइ छ ।१. वर्ड वर्ल्डवर्ड वर्ल्ड भाइबहिनीलाई शब्दबारे जानकारी दिने युट्युब च्यानल हो । यो च्यानलले निर्माण गर्ने भिडियोमा देखाइने वस्तु अक्षरजस्ता हुन्छन् र त्यसबाट शब्द निर्माण गरिन्छ अनि त्यसले दिने अर्थ प्रस्तुत गरिन्छ । जसले गर्दा भाइबहिनीलाई शब्द र त्यसको अर्थ सजिलै बुझ्न र सम्झन सहयोग पुग्छ । रोचक तरिकाले बनाइएका भिडियोले भाइबहिनीलाई हेरौँ हेरौँ पनि बनाइराख्छ ।२. न्याटजिओकिड्स न्याटजिओकिड्स नेसनल जिओग्राफिकले भाइबहिनीका लागि निर्माण गरेको युट्युब च्यानल हो । नेसनल जिओग्राफिक वन्यजन्तु र तिनका आनीबानीबारे गहिरो अध्ययन गरेर प्रस्तुत गर्ने टेलिभिजन च्यानल हो । भाइबहिनीका लागि निर्माण गरिएको युट्युब च्यानलमा पनि जनावर, विज्ञान, संस्कृति, खानपिनलगायत अनेकौँ भिडियो राखिएको हुन्छ । भिडियो छोटा छन् तर एकदमै जानकारीमूलक छन् ।३. टेड एड टेड एड विश्वमै धेरै रुचाइएकामध्ये पर्ने टेड टक्सको शिक्षामूलक युट्युब च्यानल हो । टेड टक्समा विश्वका चर्चित व्यक्तित्वले आफ्नो सङ्घर्ष र सफलताका कथा सुनाउँछन् । टेड एडमा भने भाइबहिनीका लागि सहयोगी हुने शिक्षामूलक सामग्रीलाई एनिमेसन भिडियोमार्फत प्रस्तुत गरिएको हुन्छ । जहाँ नयाँ नयाँ जानकारी राखिएको हुन्छ ।४. खान एकेडेमी खान एकेडेमी नाफा नकमाउने उद्देश्यले सुरु भएको संस्था हो जसले संसारभर निःशुल्क शिक्षा उपलब्ध गराउने सोचका साथ काम गरेको छ । युट्युबमा उपलब्ध खान एकेडेमी च्यानलले विद्यालयका विभिन्न विषयसँग सम्बन्धित जानकारीमूलक कुरा राखेको हुन्छ । त्यस्तै भाइबहिनीलाई रिस र तनावलाई कसरी कम गर्नेलगायतका सुझाव पनि उपलब्ध गराउँछ । यसमा भाइबहिनीले प्रश्न सोधेर त्यसबारे जानकारी लिनका लागि युट्युब लाइभ च्याटको पनि समयसमयमा सञ्चालन गरिएको हुन्छ ।५. रायन्स वर्ल्डरायन्स वर्ल्ड आठ वर्षे बालक रायनको युट्युब च्यानल हो । यो विश्वमै सबैभन्दा लोकप्रिय बाल युट्युब च्यानलमध्ये पर्छ । यही च्यानलबाटै रायनले वर्षमा करोडौँ रुपियाँ कमाउँछन् । रायन्स वर्ल्ड च्यानलमा विज्ञानबारे परीक्षण र चुनौती, कला तथा सङ्गीतबारे भिडियो राखिएको हुन्छ । रायनका रमाइला चर्तिकला देखाइने यो च्यानलका भिडियो हेर्न थालेपछि समय बितेको पत्तो नै हुँदैन ।६. नेटफ्लिक्स जुनियर भाइबहिनीले नेटफ्लिक्सको नाम त पक्कै सुनेकै होला । यो पनि युट्युबजस्तै भिडियो स्ट्रिमिङ प्लेटफर्म हो तर यो प्रयोग गर्न भने वार्षिक रूपमा पैसा तिर्नुपर्छ । खासगरी नयाँ चलचित्र र डकुमेन्ट्री यसबाट हेर्न सकिन्छ । नेटफ्लिक्स जुनियर भने भाइबहिनीका लागि बनाइएको युट्युब च्यानल हो जसमा गीत गाउन र बजाउन सहयोग होस् भन्नका लागि त्यस्तै किसिमका भिडियो निर्माण गरिएको हुन्छ । भाइबहिनीको रमाइलोका लागि त्यस्ता भिडियो एकदमै उत्कृष्ट ढङ्गले बनाइएको छ ।
देशभर एक हजार ५५० भन्दा बढी पक्की पुल निर्माण हुँदै
देशमा पक्की पुल निर्माणको अभियान चलेको छ । पछिल्लो समय देशमा नयाँ सडकहरु निर्माण तथा विस्तारको क्रममा विभिन्न ठाउँमा रहेका नदी तथा खोलाहरुमा पक्की पुलहरु निर्माणको क्रम बढेको हो । हाल देशभर एक हजार ५५० बढी पक्की पुल निर्माणको क्रममा रहेका छन् ।
सातै प्रदेशमा नार्क प्रविधि गाउँ
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सातवटै प्रदेशमा नार्क प्रविधि गाउँ स्थापना गर्ने भएको छ । हाल तीनवटा प्रदेशमा स्थापना भइसकेको छ ।
२०३० पछि विद्युतीय सवारीसाधन मात्रै हुने
सरकारले पेट्रोलियम सवारीसाधनको प्रयोग रोक्ने विषयमा अध्ययन सुरु गरेको छ । पेट्रोलियम पदार्थको प्रयोग गर्ने सवारीको बढ्दो प्रयोगका कारण ठूलो रकम बाहिरिएको भन्दै कति समयमा यसको आयात रोक्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको हो ।
सूचना प्रविधि विषयमा आठ देशका प्रतिनिधिबीच छलफल
सूचना र सञ्चार प्रविधिको क्षेत्रमा भएको नयाँ प्रविधिको प्रयोग र यसको उपादेयता बारेमा छलफल गर्न दक्षिण एसियाली देशका प्रतिनिधीहरुबीच छलफल भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित कार्यक्रममा सो विषयमा छलफल भएको हो ।
टिकटक फेरि पनि बन्द
अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिवन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा प्रतिवन्ध लगाइएको पुष्टि गरेका हुन् ।
अफगानिस्तानमा फेरि पनि टिकटक बन्द
अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिवन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटक प्रयोगमा प्रतिवन्ध लगाइएको पुष्टि गरेका हुन् ।
पाँच दिनपछि सिमकोटमा विद्युत आपूर्ति सुचारु
दुुई वटा गाउँपालिकाका लागि बिधुत सेवा आपूर्ति गर्दैआएको हिल्दुम बिधुत बितरण केन्द्रले पाँचौ दिनमा बन्द भएको बिधुुत आपुुर्ति कार्य सुचारु गरेको छ । बर्षाका कारण नहरको मर्मत कार्य नहुुने भएपछि बन्द गरिएको बिधुत आपूर्ति सुचारु गरिएको हो ।