सूचना प्रविधि विषयमा आठ देशका प्रतिनिधिबीच छलफल
सूचना र सञ्चार प्रविधिको क्षेत्रमा भएको नयाँ प्रविधिको प्रयोग र यसको उपादेयता बारेमा छलफल गर्न दक्षिण एसियाली देशका प्रतिनिधीहरुबीच छलफल भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित कार्यक्रममा सो विषयमा छलफल भएको हो ।
टिकटक फेरि पनि बन्द
अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिवन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा प्रतिवन्ध लगाइएको पुष्टि गरेका हुन् ।
अफगानिस्तानमा फेरि पनि टिकटक बन्द
अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिवन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटक प्रयोगमा प्रतिवन्ध लगाइएको पुष्टि गरेका हुन् ।
पाँच दिनपछि सिमकोटमा विद्युत आपूर्ति सुचारु
दुुई वटा गाउँपालिकाका लागि बिधुत सेवा आपूर्ति गर्दैआएको हिल्दुम बिधुत बितरण केन्द्रले पाँचौ दिनमा बन्द भएको बिधुुत आपुुर्ति कार्य सुचारु गरेको छ । बर्षाका कारण नहरको मर्मत कार्य नहुुने भएपछि बन्द गरिएको बिधुत आपूर्ति सुचारु गरिएको हो ।
प्रदेशस्तरीय विज्ञान प्रयोगशाला बन्दै
रुपन्देहीको सियारी गाउँपालिका स्थित छपियामा प्रदेशस्तरीय विज्ञान सङ्ग्रहालय निर्माण हुनेभएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा छपियास्थित पब्लिक माध्यमिक विद्यालयमा प्रदेशस्तरीय विज्ञान संग्रहालय निर्माण हुन लागेको हो ।
नेपाल टेलिकमल निःशुल्क ई–सिम वितरण गर्ने
नेपाल टेलिकमले शुक्रबारदेखि निःशुल्क ई–सिम (इम्बेडेड सिमकार्ड) वितरण गर्ने भएको छ । हाल ‘फिजिकल सिम’ प्रयोग गरिरहेका टेलिकमका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । टेलिकमले नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराउने छ ।
नेपाललाई समृद्ध मुलुकको रूपमा दक्षिण एसियामा चिनाउने प्रतिबद्धता
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचन पछिको १० वर्षभित्र नेपाललाई दक्षिण एसियामा समृद्ध मुलुकको रुपमा चिनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
पाँच वर्षपछि लिमीमा मोबाइल सेवा सुचारु
नाम्खा गाउँपालिका – ६ को हिमालपारीको गाउँ लिमीमा मोबाइल सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमको मोवाईल टावर निर्माण कार्य पुरा हुँदा मोवाईल सेवा सञ्चालनमा आएको हो ।
विज्ञान प्रविधिको विकाससँगै साइबर अपराध चुनाैतीपूर्ण बन्दै
विज्ञान र प्रविधिमा सामाजिक सञ्जालनकाे प्रयोग बढेसँगै साइबर अपराध पनि बढेको छ । ठगी गर्ने मनसायले सामान्य कुरा गर्ने र भिडियो कल गर्ने, त्यसपछि अश्लील दृश्य मिसाएर ब्ल्याक मेल गर्ने गरेको पाइएको छ ।