नेपालगञ्जका सात स्थान अब ‘फ्री वाईफाई जोन’
नेपालगञ्ज उपमहानगरपालिकाका अब ‘फ्री वाईफाई जोन’ भएको छ । पहिलो चरणमा नगरका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको हो ।
नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी
सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गरी अगाडि बढाउने समझदारी भएको छ ।
भू–उपग्रह : कसरी बन्छ त ?
तपाईंलाई पनि भू–उपग्रह बनाउने रहर छ ? यदि छ भने अब तपाईंहरूको सपना पूरा हुने भएको छ । आज हामी तपाईंहरूलाई अन्तरिक्ष प्रतिष्ठान नेपालले दुई वर्षभन्दा माथिका बालबालिकालाई ध्यानमा राखेर ल्याएको ‘पेपर स्याट’का बारेमा जानकारी दिन गइरहेका छौँ । आशा छ यो सामग्री तपाईंहरूलाई पक्कै मन पर्ने नै छ ।
दुर्गममा फाइबर इन्टरनेट सेवा बिस्तार
ताप्लेजुङको एक दुर्गम तथा बिकट हिमाली क्षेत्र रहेको मिक्वाखोला गाउँपालिकामा फाइबर इन्टरनेट सेवा बिस्तार गरिएको छ । दुर्गम क्षेत्र मिक्वाखोला गाउँपालिका–५ पालुङसम्म अप्टिकल फाइबर इन्टरनेट सेवा बिस्तार गरिएको हो ।
सञ्चार क्षेत्रमा राम्रा काम गर्छु: सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सञ्चारकर्मी, पत्रकारसँग मिलेर काम गर्न र यस क्षेत्रको समस्या समाधानका लागि दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।
माघ अन्तिम साता क्यान इन्फोटेक मेला
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले माघको अन्तिम साता २८औँ क्यान इन्फोटेक मेला आयोजना गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकसित नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका लागि अन्तक्र्रिया गर्ने उद्देश्यले माघ २४ देखि २९ सम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मेला आयोजना गर्न लागिएको जनाइएको छ ।
सामाजिक सञ्जाललाई नियमन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ ।
केबुल टेलिभिजन व्यवसायीद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण
केबुल टेलिभिजन व्यवसायीहरूले नेपाल विद्युत प्राधिकरणसँग भइरहेको पोल भाडासम्बन्धी समस्या तत्काल समाधान गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएको छ ।