काठमाडौं चक्रपथमा चलाउने भनिएको मोनोरेल अनिश्चित्
काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने भनेको मोनोरेल अब सञ्चालनका लागि भौतिक संरचना नबन्ने भएको छ ।
मोबाइल सेवा अवरुद्ध हुने समस्या समाधान गर्न प्रणालीगत सुधार गरिने
नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ ।
कलेज टिफिन एप सार्वजनिक
नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआइटि) मा अध्ययनरत विद्यार्थीले कलेज टिफिन नामक एप सार्वजनिक गरेका छन् ।
सञ्चार तथा सूचनामा सहज पहुँच पहिलो प्राथमिकता: सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्री शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
आजदेखि देख्न सकिन्छ हरियो पुच्छ्रेतारा
हिमयुगमा देखिएको हरियो पुच्छ्रेतारा शुक्रबारदेखि पृथ्वीबाट सहजै देख्न सकिनेछ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो ।
भौतिक प्रगति २१ प्रतिशत मात्र
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं तराई मधेश द्रुतमार्गको २१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । नेपाली सेनाकाअनुसार मंसिर मसान्तसम्मको तथ्यांकअनुसार २१ प्रतिशत मात्र काम सम्पन्न भएको हो ।
सुधार हुँदै ओजोन तह
ह्रास हुँदै गएको ओजोन तहको अवस्था सुधारको बाटोमा फर्किएको छ । जलवायु परिवर्तन र मौसमसँग आबद्ध वरिष्ठ वैज्ञानिकहरूले लामो अनुसन्धानपछि अबको चार दशकभित्र ओजोन तह पहिलेकै अवस्था र आकारमा फर्किने दाबी गरेका छन् ।
प्रविधिमैत्री बनाउन आईसीटी तालिम सञ्चालन
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिका तथा वडा कार्यालय र विद्यालय समेतलाई प्रविधिमैत्री बनाउन सूचना, सञ्चार तथा प्रविधि (आईसीटी) सम्बन्धी तालिम सञ्चालन गरेको छ ।
पोलभाडा नतिरेका इन्टरनेटका तार काट्दै विद्युत प्राधिकरण
ताकेता गर्दा पनि ईन्टरनेट सेवा प्रदायकले पोलभाडा नतिरेपछि नेपाल विद्युत प्राधिकरणले तारहरु काट्ने बताएको छ । सेवा प्रदायकले ईन्टरनेटका तारहरु पोलमा राखेर सेवा विस्तार गरेर पैसा कमाउने तर लागेको भाडा नतिर्ने गरेका कारण तारहरु काट्नुपरेको विद्युत प्राधिकरण प्रादेशिक कार्यालय काठमाडौंका प्रमुख श्रीराम पाण्डेयले बताउनुभयो ।