मनोरञ्जन क्षेत्रमा ५६ प्रतिशत १८ वर्ष मुनिका बालबालिका
शुभ अवसर ग्रामले मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकबारे आर्थिक वर्ष २०८१/०८२ गरेको अध्ययनले ५६ प्रतिशत श्रमिक १८ वर्ष मुनिका बालबालिका रहेको देखिएको छ ।
कावासोती गोल्डकपको तयारी
नवलपुरमा आगामी पुस ५ गतेदेखि प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुखविरुद्ध दुई करोड ५० लाखको भ्रष्टाचार मुद्दा
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दोमा एक हजार खेलाडी
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा नेपालसहित दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अस्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हडकङ, चीन, मेक्सिको, माल्दिभ्स, बङ्गलादेशलगायत देशका खेलाडीको सहभागिता रहनेछ ।
‘युवा आन्दोलनको भावनाअनुरूप योजना तर्जुमा गर्नुपर्छ’
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल
पाकिस्तानको एक आतङ्कवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ ।
सातौँ झापा गोल्डकपको तयारी
झापा गोल्डकपको सातौ संकरण आगामी माघ २४ गतेदेखि डोमालाल रङ्गशाला बिर्तामोडमा हुने भएको छ ।
कुहिरोले ढाकेको अरुण उपत्यका
भोजपुरको षडानन्द नगरपालिका–१२बाट मङ्गलबार बिहान देखिएको कुहिरोले ढाकेको सङ्खुवासभाको तुम्लिङटार विमानस्थल , अरुण उपत्यका र पृष्ठभूमिमा मकालु हिमाल ।
लालबन्दीका विद्यार्थीलाई सनफ्लावर एकेडेमीको न्यानो कपडा
काठमाडौँँको तारकेश्वर–६ स्थित सनफ्लावर एकेडेमीले सर्लाहीको लालबन्दी नगरपालिकास्थित नारायण जनता माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता
नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित हुनुभएको छ।
मन्त्रिपरिषद् बैठकका ११ निर्णय
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।
रेडपाण्डा म्याराथन : पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलालाई उपाधि
दुर्लभ वन्य जन्तु रेडपाण्डा संरक्षणमा जनचेतना जगाउने उद्देश्यले इलाममा आयोजित इलाम–सन्दकपुर रेडपाण्डा म्याराथनको प्रथम पुरस्कार गजेन्द्र राईले हात पार्नुभएको छ।
सभापति देउवा र नेता कोइरालाबीच भेट
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा. शेखर कोइरालाले भेट गर्नुभएको छ।
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को बिन्दुमा कायम भएको छ ।
पोखरा सडक महोत्सव टोली चितवनमा
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पोखराको लेक साइटमा गरिँदै आएको पोखरा सडक महोत्सवको प्रचारप्रसार गर्न महोत्सव टोली मंगलबार चितवन आइपुगेको छ ।
नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा
नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राष्ट्रपतिको राजनीतिक विज्ञ थापाको राजीनामा
राष्ट्रपतिका राजनीतिक विज्ञ सुनीलबहादुर थापाले पदबाट राजीनामा दिनुभएको छ ।
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
गत हप्ता, सीमा प्रहरी र सैनिकले अवैध प्यालेस्टिनी बासिन्दा पत्ता लगाउन र देशभरि घुसपैठ गर्नेको प्रयास रोक्न देशका विभिन्न क्षेत्रमा अपरेसन गरी अनुमति बिना इजरायलमा बसिरहेका ५१३ प्यालेस्टिनी बासिन्दालाई पक्राउ गरेको जनाइएको छ ।
चुन्नु कठरियाको लोभलाग्दो व्यावसायिक कृषि कर्म
दुई वर्ष खाडी मुलुक साउदीमा बसेर पसिनाको मूल्य बुझेका बर्दगोरिया गाउँपालिका २ दोधराका चुन्नु कठरियाले नेपाली माटोमै सुन फलाउने अठोटका साथ कृषि कर्ममा लागेको एक दशक भइसक्यो ।
श्रीलङ्कामा चक्रवातपछि अधिकांश विद्यालय सुचारु
श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालय मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले बताउनु भएको छ ।
विजय दिवस मनाउन भारत-बङ्गलादेशद्वारा भ्रमण आदानप्रदान
भारत र बङ्गलादेशले सन् १९७१ को मुक्ति युद्धको स्मृतिमा विजय दिवस समारोहलाई विशेष बनाउँदै हरेक वर्ष एक अर्काका युद्धका दिग्गज तथा सेवारत अधिकारीलाई सहभागिताका लागि आमन्त्रण गर्ने परम्परा कायम राख्दै आएका छन् ।
रुखबाट लडेर एकको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका वडा ७ मा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेस वेमा मङ्गलबार बाक्लो कुहिरोको बिचमा सात वटा बस एक अर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ ।
बैतडीमा गुड उत्पादन सुरु
जाडोयाम सुरु भएसँगै बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा उखु पेलेर रस निकाल्ने र त्यसबाट गुड उत्पादन गर्ने कार्य सुरु भएको छ।