‘नर्थ अन्नपूर्ण’ आधार शिविर शरदयाममा पनि पर्यटक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको ‘नर्थ’ [उत्तरी] आधार शिविरमा शरदयाममा पनि पर्यटक जान थालेका छन् । नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार र प्रचार–प्रसार भएपछि यसपालिको शरद्याममा पहिलोपटक आन्तरिक पर्यटक पुगेका हुन् ।
निकुञ्जबाट मनग्गे राजस्व सङ्कलन
दसैँको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकबाट एक करोड ८५ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । असार १६ देखि असोज १६ सम्म निकुञ्ज प्रवेश रोक लगाएर खुलेलगत्तै जङ्गल सफारीबाट राजस्व सङ्कलन गर्न सफल भएको हो । दसैँमा निकुञ्ज प्रवेश गर्ने वृद्धि भएसँगै राजस्व बढेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म निकुञ्ज प्रवेश गर्नेबाट एक करोड ८५ लाख ४४ हजार ९५० रुपियाँ राजस्व सङ्कलन भएको हो । विदेशी पर्यटकबाट मात्रै एक करोड २० लाख रुपियाँ सङ्कलन भएको छ । यस अवधिमा छ हजार ४८ जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
महासचिव गुटेरेसद्वारा पुम्दीकोटको अवलोकन
नेपालको औपचारिक भ्रमणका क्रममा आज पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोटको अवलोकन गर्नुभएको छ ।
कञ्चनजङ्घा आउने पर्यटकलाई अक्सिजन सिलिन्डरको व्यवस्था
ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ ।
बिदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार
पर्यटकीय हब बन्दै गइरहेको उत्तरी गोरखामा लेक लागेर बिरामी परेका दुई जना बिदेशी पर्यटकको उद्धार गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिका –६ रिपचेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका बिदेशी पर्यटकको सोमबार उद्धार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
दसैं बिदामा २० हजार बढी पर्यटकले निकुञ्ज घुमे
दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन् ।
लेक लागेका विदेशी पर्यटकको उद्धारमा समस्या
लेक लागेर बिरामी परेका दुई जना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
बढ्दो घुम्ने संस्कृति
अघिल्लो शरदयाममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गर्नुभएका निसान खड्काले यसपालिको दसैँ बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाउनुभयो ।
भोजपुरको प्रसिद्ध धार्मिकस्थल टेम्केसिद्ध मन्दिर ओझेलमा
भोजपुरको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर प्रचारसँगै संरक्षणको अभावमा ओझेलमा परेको हो ।