बरफ जमेकाे पञ्चकुण्ड तालमा पर्यटक (फोटो फिचर)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको पञ्चकुण्ड ताल जमेर बरफ बनेको छ ।
सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै
तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन् ।
पाँच दिनसम्म आठौँ पर्वतीय महोत्सव मनाइँदै
नेपाल पर्वतारोहण सङ्घले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौँ संस्करणको उक्त महोत्सव मङ्सिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातो पैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो ।
सङ्ग्रहालयमा पर्यटक आकर्षित
जिल्ला सदरमुकाम तानसेनमा रहेको पाल्पा दरबार सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पाल्पा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा सङ्ग्रहालय बनेको हो । सङ्ग्रहालयभित्र राखिएका विभिन्न ऐतिहासिक सामग्रीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ । दैनिक तीन सयदेखि सात सय पर्यटक अवलोकनका लागि आउने गरेको सङ्ग्रहालयका कर्मचारी बताउँछन्।
थप हिमाल खुलाउने तयारी
सरकारले पर्वतीय पर्यटन विकास र प्रवर्धन गर्न थप नयाँ हिमालमा आरोहण खोल्ने तयारी गरिरहेको छ । संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमा पर्वतारोहण र पर्वतीय पर्यटनलाई समेटेर हालसम्म खुला नगरिएका हिमशृङ्खला खुलाउने सरकारको तयारी हो । पर्यटन विभागका पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङले हाल सरकारले ४१४ हिमाल आरोहणका लागि खुला राखेको र थप हिमाल आरोहणका लागि खुला गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो । “गत वर्ष साउनमा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनामा थप नयाँ हिमाल आरोहणका लागि खुला गर्ने सरकारको योजनाबारे उल्लेख गरिएको थियो,” उहाँले भन्नुभयो, “संशोधनको प्रव्रिmयामा रहेको पर्यटन ऐनमै पर्वतारोहण र साहसिक पर्यटनलाई कसरी समेटेर अघि बढ्ने भन्नेबारे छलफल गरिरहेका छौँ ।”
पर्यटन प्रवर्द्धनका लागि साल्पा–सिलिचुङ क्षेत्रमा महोत्सव हुने
भोजपुर, खोटाङ, सोलुखुम्बु र सङ्खुवासभा जिल्लाको सङ्गमस्थल साल्पासिलिछो गाउँपालिका–५ दोभानेमा रहेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र साल्पापोखरी र सिलिचुङ डाँडाको प्रचारप्रसार तथा उक्त क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटक प्रवर्द्धनका लागि मेला महोत्सव हुने भएको छ ।
पाहुना र पूर्वाधारको पर्खाइमा ‘गाजने’
धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ । दृश्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो ।
पर्यटकीय गन्तव्यसँगै समृद्धिको आधार बन्दै रुपाताल
सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको यो ताल पर्यटकीय गन्तव्यसँगै यस आसपासका सर्वसाधारणको समृद्धिको महत्वपूर्ण आधार बन्दै गएको छ ।
पर्यटकको पर्खाइमा 'केभहिल'
समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा पर्ने केभहिल बेनी नगरपालिका ५ पुलाचौरमा पर्छ ।