रुप्से झरनामा रमाउँदै आन्तरिक पर्यटक (फोटो फिचर)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा आन्तरिक पर्यटकको भिड लागेको छ ।
पैँतिस हजारले गरे कालिञ्चोक भगवतीको दर्शन
धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको दोलखाको कालिञ्चोक भगवतीको दर्शन गर्नेहरू तीन साताको अवधिमा झन्डै ३५ हजारभन्दा बढी पुगेका छन् । घटस्थापनादेखि तिहारको भाइटीकासम्ममा ३४ हजार ७२९ श्रद्धालु भक्तजनले भगवतीको दर्शन गरेका बताइएको छ । कालिञ्चोक दर्शन लिमिटेडका सन्देश सिवाकोटीका अनुसार घटस्थापनादेखि तिहारको भाइटीकासम्ममा १९ हजार ७८६ ले केबुलकार चढेका छन् । केबुलकारमा पालो नपाएपछि आधाभन्दा बढी हिँडेरै कालिञ्चोक भगवतीको दर्शन गर्न पुगेका थिए ।
पोखरा चौबिसै घण्टा नखुल्ने
उच्च अदालत पोखराको बुधबारको अन्तरिम आदेशले सामाजिक सञ्जाल र सञ्चार माध्यममा उच्च प्राथमिकता पायो । स्थानीय देवीकुमारी बरालले मङ्गलबार दायर गरेको रिटमा उच्चले उहाँलाई लेकसाइडमा चौबिसै घण्टा व्यवसाय गर्न चाहे नरोक्न आदेश दिएको छ । आदेशपछि फेरि लेकसाइड चौबिसै घण्टा खोल्न हुने वा नहुनेबारे बहस सुरु भएको छ ।
भाइटीका महोत्सवमा ६८ पर्यटक सहभागी
संस्कृति बचाऔं, पर्यटन प्रवर्धन गरौं भन्ने नाराका साथ पर्यटकीय नगरी पोखरामा बुधबार आयोजित १६ औं भाइटीका महोत्सवमा देशविदेशका ६८ जना पर्यटकहरु सहभागी भएका छन् ।
मानुङडाँडामा आन्तरिक पर्यटकको भिड
सूर्योदय र दमौली बजारलाई कुहिरोले ढाकेको दृश्य हेर्न बिहीबार बिहान तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङडाँडा पुगेका आन्तरिक पर्यटकहरू ।
पूर्वाधारको पर्खाइमा मालिका धुरी
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मालिकाबाट हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
अटोरिक्सा चालकद्वारा पर्यटन प्रवर्धन
मधेश प्रदेशको राजधानी जनकपुरधामका अटोरिक्सा चालक मौसमी लेहरी पर्यटन प्रवर्धनका लागि अटोरिक्सा चलाउदै हुनुहुन्छ । रिक्साको दुवैतिर ‘राम र सिताको विवाहदेखि विदाइसम्मको ११ मन्दिर दर्शन यात्रा’ र अगाडि ‘जनकपुर मिथिलाधाममा तपाईको हार्दिक स्वागत छ’ अंग्रजी र नेपाली दुवै भाषमा लेखिएको छ ।
फेवातालमा साइकल वाेर्ड गर्ने पर्यटक बढे
पोखराको फेवातालमा साइकल बोर्डमा सयर गर्दै विदेशी पर्यटक ।
नेपाली पर्वलाई विश्वस्तरमा चिनाउनुपर्छः मन्त्री किराती
संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्वहरुलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने बताउनुभएको छ ।