अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित
पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो ।
आरोहणका लागि एक हजारले लिए अनुमति
शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार १८५ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार कात्तिक २२ गते सम्ममा स्वदेशी तथा विदेशी गरी ९४८ जना पुरुष र २३७ जना महिलाले आरोहण अनुमति लिएका हुन् । विभागका निर्देशक राकेश गुरुङका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढी आमादब्लम आरोहणका लागि अनुमति लिने रहेका छन् । उहाँले भन्नुभयो, “आमादब्लम आरोहणका लागि ३३९ जना पुरुष र ७० जना महिला गरी ४०१ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७२ देशका आरोहीले विभिन्न ४९ हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।” त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् । आरोहण अनुमतिबाट छ करोड ९१ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ ।
पर्यटन मन्त्रालय मातहत निकायबाट चार करोडभन्दा बढी सहयोग
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा चार करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको हो ।
जिप सफारी सेवाले पर्यटकको सङ्ख्यामा वृद्धि
आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुने मुख्य सिजन भनेको चाडपर्वको समय हो । यस्तो बेला पर्यटकीयस्थलको प्रचार प्रसार र व्यवस्थापन पनि महत्त्वपूर्ण हुन्छ ।
तमोरमा काठको पुल निर्माण
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ । पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण गरेको हो ।
भेडा गोठालाले पत्ता लगाए दर्जनौँ पोखरी
दोलखाको गौरीशङ्कर गाउँपालिका–७ मार्बुमा भेडा गोठालाले दर्जनौँ पोखरीहरू पत्ता लगाएका छन् । वडाको माथिल्लो भेगमा मात्र साना ठुला गरी दर्जनौँ पोखरीहरू पत्ता लागेका छन् ।
होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्
यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको अतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरू पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन् ।
मुगुमा पर्यटकको चहलपहल
मुगुका मुख्य पर्यटकीय गाउँमा विदेशी पर्यटक किसानसँग रमाउन थालेका छन् । असोजलगत्तै मुगुको झ्यारी गाउँ, मुर्मा गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको स्थानीय कृष्ण रावलले बताउनुभयो । मुगु घुम्न आएका विदेशी पर्यटक आजभोलि रारातालमा मात्र सीमित हुन चाहँदैनन् । उनीहरूको रोजाइ हुने गरेको छ, वरपरका गाउँबस्ती र थुम्का । सहरको सुविधासम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटक गाउँसम्म पुगेर त्यहाँको आतिथ्य र प्राकृतिक सुन्दरतासँग रमाउन थालिसकेका छन् ।
अन्नपूर्णको फेरोमा बढे पर्यटक
गत वर्षको पहिलो छ महिनामा ७५ हजार सात सय २३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । जुन यो वर्षको सोही अवधिमा भएको पर्यटक आगमनको तुलनामा २५ हजार तीन सय दुईले कम हो ।