पर्यटकले भरिन थाल्यो मनाङ
चाडपर्व आउँदा होस् वा पाँच/सात दिन बिदा भयो भने कतै घुम्न जान पाए हुन्थ्यो भन्ने कुराले नेपालीलाई तानेकै छ । नेपालीमा पाँच दिनको प्याकेजमा महँगो शुल्क तिरेर थाइल्यान्ड जानुको सट्टा आफ्नै देशका पर्यटकीय तथा धार्मिक स्थलको भ्रमण गर्ने प्रचलन बढ्दै गएको पाइएको छ ।
नेपालको पर्यटनमा नेपालीपन हुनुपर्छ: मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालको पर्यटन नेपालीपनकै हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलान्चोकको पनौती नगरपालिका–२ कुशादेवीमा रहेको फुलचोकी एड्भेन्चर प्रालिद्वारा सञ्चालित प्याराग्लाइडिङको व्यावसायिक उडानको शनिवार नागी डाँडामा शुभारम्भ गर्नुहुँदै उहाँले प्याराग्लाइडिङबाट एक रोजगार सिर्जना हुने सम्भावना रहेको छ ।
‘जाउँ है पोखरा अभियान’ : प्राथमिकतामा आन्तरिक पर्यटन
होटल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहीबारदेखि पूर्वी नेपालका प्रमुख सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ ।
मौसम खुलेसँगै अन्तुमा पर्यटकको आवागमन बढ्यो
कात्तिक महिना लागेसँगै इलामका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्य अन्तु, कन्याम, सन्दकपुरलगायतका स्थानमा रहेका होटल, कटेज र होमस्टेमा दैनिक पर्यटकको चाप बढ्न थालेको हो ।
भ्रमण संस्कृति : सहरका गाउँमा, गाउँका सहरमा
शारदीययामसँगै भ्रमणको मौसम सुरु भएको छ । चाडपर्वको रौनकसँगै गाउँघरतिर मेलापर्व चलिरहेका छन् । सहरबजारतिर व्यापार व्यसायको याम छ । आकास खुलेको छ । हिमाल टल्कीएका छन् । वर्षा हुन रोकिएको छ । यही मौकामा घुमफिर गर्न र रमाउन सहरतिरका युवायुवती म्याग्दीका पर्यटकीयस्थलमा उक्लिएका छन् भने गाउँका विद्यार्थी, युवा र प्रौढ आफन्तसँग भेटघाट गर्न, घुम्न र रमाउन सहरबजारतिर झरेका छन् ।
च्छोरोल्पा हिमताल घुम्न जाने पर्यटकको सङ्ख्यामा वृद्धि
दोलखाको गौरीशङ्कर गाउँपालिका–९ गौरीशंकरमा अवस्थित च्छोरोल्पा हिमताल घुम्न जाने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि आएको छ ।
बेलढुङ्गाबाट देखिएको हिमश्रृङ्खलाको रमणीय दृश्य (फोटो फिचर)
आँखै अगाडि चाँदी जस्तै टल्कीएका हिमालको लहर । वरिपरि रमणीय डाँडापाखा अनि सुन्दर ग्रामीण वस्ती । यो हो बेनी नगरपालिका–३ र बागलुङको काठेखोला गाउँपालिका–३ को सीमा क्षेत्रमा पर्ने बेलङ्गा ।
लयमा फर्कन सकेन घोडेपानीको पर्यटन व्यवसाय
केही वर्षअघिसम्म असोज-कात्तिक र चैत-वैशाखको याममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने घोडेपानीको होटल व्यवसायी जुली ठकुुरी पुनलाई खाना खाजा खाने फुर्सद हुने थिएन् ।
छ महिनामा नौ हजार सातसयभन्दा बढी पर्यटक भित्रिए
हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको छ ।