पर्वतारोही पाण्डेको सेभेन समिट अभियान
पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो हिमालको सफल आरोहण गर्नुभएको छ । सेभेन समिट अभियानमा रहनुभएका पाण्डेले अफ्रिकाको तान्जेनियामा रहेको पाँच हजार ८९५ मिटर अग्लो सो हिमालको सफल आरोहण गर्नुभएको हो ।
सर्वाधिक पर्यटक आगमन
सन् २०२३ को अक्टोबर महिनामा हालसम्मकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हवाई मार्गबाट अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल भित्रिएका हुन् । एक महिनामा नेपाल भित्रिएको पर्यटकको उक्त सङ्ख्या इतिहासकै सर्वाधिक रहेको बोर्डले जनाएको छ । यसअघि सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए । त्यस्तै सन् २०२० को अक्टोबरमा एक हजार ८३१, सन् २०२१ को अक्टोबरमा १५ हजार ७१५ र सन् २०२२ को सोही अवधिमा ५२ हजार १२१ पर्यटक नेपाल आएको बोर्डको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो दश महिनामा आठ लाख पर्यटक नेपाल भित्रिए
सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
पर्यटकीय गन्तव्य बन्यो आलडाँडा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको आलडाँडा केही वर्षअघिसम्म सुनसान थियो । समुन्द्री सतहदेखि दुई हजार छ । सय २० मिटर उचाइमा रहेको आलडाँडामा सडक, यातायात, पदमार्ग र खाने बस्ने व्यवस्थासँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुनु थालेको छ ।
दसैँपछि टीकापुर पार्कमा पर्यटक बढे
कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा दसैँपछि पर्यटक बढेका छन् । पार्कमा आजभोलि दैनिक सयौँदेखि हजारौँ पर्यटक आउन थालेका छन् ।
पर्यटन ऐनहरू समय सापेक्ष बनाउन जरुरी : पर्यटनमन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनहरू समय सापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबार नेपाल पर्वतारोहण सङ्घको ५० औँ वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सरकारले आरोहणका लागि बन्द हिमाल खुलाउनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । बुधबार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
तीन महिनामा दुई हजार पर्यटकले गरे फोक्सुण्डो भ्रमण
फोक्सुण्डो तालको दृश्य अवलोकन गर्न आउने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको छ । सडक यातायातको पहुँचसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
भरतपुर भ्रमण वर्ष २०२४ मा तीन लाख पर्यटक भित्र्याउने तयारी
चितवनको भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मा तीन लाख पर्यटक भित्र्याउने गरी काम अगाडि वढाएको जानकारी दिएको छ ।