‘किशोरीलाई महिनावारी शिक्षा आवश्यक छ’
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारीका अनुसार महिनावारी भएपछि बालिकाको प्रजनन अङ्ग परिपक्क हुन्छन्। महिनावारी लाज मान्ने विषय होइन। महिनावारी जैविक र प्राकृतिक प्रक्रिया हो।
समृद्धिका लागि समानता अपरिहार्य छ : डा. बिन्दा पाण्डे
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डेले समृद्धिका लागि समानता अपरिहार्य रहेको बताउनुभएको छ ।
सबैले यात्रा गरेको एउटै जहाज गणतन्त्र
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव समावेशिताको सुनिश्चितता गणतन्त्रको उपलब्धि मान्नुहुन्छ।आवश्यकता अनुसार गणतन्त्रलाई सुधार गर्दै लान सकिने भन्दै उहाँ गणतन्त्र घोषणा आफ्नो निम्ति सुखद् पक्ष रहेको सुनाउनुहुन्छ।
खेलकुदको अवस्था परिवर्तन गर्न लगानी र सोच आवश्यक
नेपाली जनताले लामो सङ्घर्ष र आन्दोलन गरेर प्राप्त गरेको ठूलो उपलब्धि हो, गणतन्त्र। गणतन्त्र स्थापना भएपनि नेपालको हरेक क्षेत्रले अपेक्षा अनुसार परिवर्तन गर्न नसकेको यथार्थ छ। अझ खेलकुद पुरानै संरचना र ढर्रामा चलिरहेको छ।
राजनीतिक रूपान्तरण गणतन्त्रको उपलब्धि : पूर्व उपसभामुख भुसाल
पूर्व उपसभामुख एवम् नेपाली कांग्रेस नेतृ पुष्पा भुसालले नेपालमा गणतन्त्र आएपश्चात् ठूलो उपलब्धि राजनीतिक रूपान्तरण भएको बताउनुभएको छ।
लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा. यादव
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधानसभाबाट जारी भएको संविधान लोकतन्त्रको मूलबाटो भएकाले दायाँबायाँ नसोची सजग भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।
‘जनताले फेरि आन्दोलन गर्न नपर्ने गरी गणतन्त्र प्राप्त भएको छ’
मन परेको व्यक्ति, मन परेको दल छान्ने । मन नपरे परिवर्तन गर्ने । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले भन्नुभयो, “आफूले चाहेको आफ्नो प्रतिनिधि जिताएर त्यसमार्फत परिवर्तन गर्ने संविधानको सुनिश्चित्ता गरेका छौं ।”
राष्ट्रका मुद्दामा दलले साझा दृष्टिकोण बनाउनुपर्छ : कृष्णप्रसाद सिटौला
राष्ट्रका मुद्दामा दलले साझ दृष्टिकोण बनाउनुपर्छ। दलहरुले लिने नीतिमा पुर्नविचार गर्नुपर्ने आवश्यक देखेको छु। कसरी यो परिवर्तनलाई जनताको पक्षमा साकार पार्ने भन्ने पक्षमा सोच्नु आवश्यक छ।
नेपालमा सिकलसेलका बिरामीको अवस्था सन्तोषजनक छैन : डा.सिंह
रक्तरोग विशेषज्ञ डा.नीरजकुमार सिंहका अनुसार मानव रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरूप परिवर्तन भई हँसियाजस्तै आकारमा परिवर्तन हुने रोगलाई सिकलसेल एनिमिया भनिन्छ । जिनमा हुने खराबीले गर्दा लाग्ने यो रोग आमाबुबाबाट छोराछोरीमा सर्ने गर्छ । नेपालमा यो रोग खासगरी पश्चिम तराईका थारु जातिमा बढी पाइने सिंह बताउनुहुन्छ ।