अन्तरिक्षमा मानव बस्ती बसाउन विद्यार्थीलाई प्रशिक्षण (भिडियोसहित)
यो विज्ञान तथा प्रविधिको युग हो। अहिले वैज्ञानिक पृथ्वीबाट अनेक ग्रह तथा उपग्रहरुको अध्ययन तथा अनुसन्धान गरिरहेका छन्। वैज्ञानिक चन्द्रमा तथा मङ्गल ग्रहमा मानव बस्ती बसाउनका लागि अनेक अध्ययन अनुसन्धान गरिहरेका छन्।अन्तरिक्षमा वायुमण्डल र पानीको मात्रा भएको खण्डमा जीवन सम्भव रहेको जनाउदै मानव बस्तीको परिकल्पना गर्दै अनुसन्धानमा वैज्ञानिक लागिपरेका छन्।
‘समयमै उपचार गरे क्यान्सर पूर्ण निको हुन्छ’
विश्वमा हरेक वर्ष विभिन्न रोगबाट लाखौँ नागरिकको ज्यान जान्छ। त्यसमध्ये क्यान्सर प्रमुख रोग हो। नसर्ने रोग भए पनि क्यान्सर विश्वव्यापी रूपमा मानव जातिकै लागि चुनौती बन्दै गएको छ। नेपालमा सबैभन्दा धेरै मानिसको मृत्यु नसर्ने रोगका कारणले हुने गर्छ।
मनोपरामर्श दिन सके आत्महत्याबाट बचाउन सकिन्छः मनोविद् महर्जन
परिवारका कोही सदस्य, छिमेकी, आफन्त वा साथीभाइले बारम्बार मृत्युको कुरा गर्नुहुन्छ ? यस्ता कुरा सुनिन्छन् भने समयमै हेक्का राखौँ, त्यसलाई बेवास्ता नगरौं । त्यस्ता व्यक्तिको खानपिन, हिँडाइ, बोलाइ र व्यवहारमा परिवर्तन आए, गम्भीर बनौं ।
पाठेघर मुखको क्यान्सरले प्रत्येक दिन छ जनाको मृत्यु
विश्वमा हरेक वर्ष सात लाख २५ हजारमा पाठेघरको मुखको क्यान्सर लाग्ने गर्छ। नेपालमा महिलालाई लाग्ने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख हो।
वसन्तपुर क्षेत्रको पुनर्निर्माण सक्न अझै दुई वर्ष लाग्ने
२०७२ सालको भूकम्पले क्षतविक्षत भएको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पुनःनिर्माण सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने भएको छ।
युवामा हृदयाघातको समस्या बढ्दै
पछिल्लो समय युवावस्थामा पनि हृदयाघात हुने सम्भावना बढ्दै गएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीका अनुसार हृदयघात भएर अस्पतालमा आउने मध्ये ४५ वर्ष नपुगेका १२ प्रतिशत युवा छन् ।
यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना (भिडियो)
काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । विमानमा १० विदेशी नागरिक, चार चालक दलका सदस्य र ५८ नेपाली यात्रु रहेको जानकारी विमानस्थलले दिएको छ । थप विवरण आउने क्रम जारी छ ।
माघे सङ्क्रान्ति र टोखाको चाकु
माघे सङ्क्रान्ति नजिकिएसँगै चाकुको बजार बढेको छ। काठमाडौँमा उत्पादन हुने चाकु उपत्यकासहित देशका विभिन्न ठाउँमा पुग्छ। तुँ ख्यः अर्थात् उखु बारी टोखाको चाकु लोकप्रिय मात्र होइन धेरैको रोजाइमा पर्छ।
सडकमा महानगर र व्यापारीको जुहारी
काठमाडौं महानगरपालिकाले सडक पेटीमा सञ्चालन हुँदै आएका ठेलागाडा तथा फुटपाथ व्यवसाय हटाउने अभियान चलाउँदै आएको छ ।