बेन्जेमाको चोटले फ्रान्सलाई धक्का
टोलीका प्रभावशाली स्ट्राइकर करिम बेन्जेमा टोलीबाट बाहिरिएपछि साबिक विजेता फ्रान्सलाई कतार विश्वकपमा ठूलो धक्का लाग्ने भएको छ ।
महंगो विश्वकपको आकर्षक पुरस्कार
विश्व फुटबलको महाकुम्भ मेला २२औँ विश्वकप फुटबल आज (आइतबार) राति कतारको दोहामा भव्य समारोहबीच सुरु हुँदैछ ।
पाँच बुँदामा कतार विश्वकप
कतारमा हुने यो विश्वकप धेरै मानेमा विशेष छ। हिउँदयाममा आयोजना हुने यो पहिलो विश्वकप हुने छ। इस्वी संवत् वर्षको मध्य समयमा हुने गरेको विश्वकप कतारको प्रचण्ड गर्मीका कारणले त्यस अवधिमा हुन नसक्ने भएका कारण फिफाले हिउँदमा विश्वकप सञ्चालन गर्ने निर्णय लिनु परेको थियो। मध्यपूर्व क्षेत्रमा अवस्थित कतारमा धेरै गर्मी हुने गर्छ। गर्मीयाममा यहाँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्नुलाई अचम्म मानिँदैन। यस्तो विषम परिस्थितिबीच विश्वकप परम्परागत समयमा आयोजना सम्पन्न गर्ने सम्भव नदेखिँदा कतारले आफूले पाएको आयोजना अधिकारसमेत गुमाउने अवस्था सिर्जना भएको थियो। तर कतारले हिउँदमा आयोजना गर्ने प्रस्ताव राख्यो र सबै रङ्गशालालाई वातानुकूलित बनाउने प्रतिबद्धता जाहेर गरेपछि फिफा आयोजक परिवर्तन गर्ने विचारबाट पछाडि हट्यो।
साउन्ड ट्र्याक सार्वजनिक
हिपहप स्टार निकी मिनाजले कोलम्बियाकी गायिका मालुमा र लेबनानकी गायिका मिरियम फारेससँग मिलेर निर्माण गरिएको विश्वकप २०२२ को आधिकारिक साउन्ड ट्र्याक शुक्रबार सार्वजनिक गरिएको छ। ‘टुको टाका’नामको सो गीत अङ्ग्रेजी, स्पेनी र अरेबी भाषामा रहेको छ। मालुमा र मिरियमले उद्घाटन दिन फिफा फ्यान फेस्टिभलमा प्रस्तुति पनि दिनुहुनेछ।
बियर बिक्रीमा प्रतिबन्ध
आयोजक कतारले शुक्रबार विश्वकप रङ्गशालाहरूमा बियरको बिक्रीमाथि प्रतिबन्ध लगाएको छ। विश्वव्यापी फुटबल समर्थकका लागि विश्वकप एक महिना लामो रमाइलो चाड पनि हो। त्यसैले विश्वकपको समयमा बियरको निकै माग हुन्छ तर कतारमा रक्सीको खरिदबिक्री प्रतिबन्धत छ। कतारको यस निर्णयसँगै विश्वकपको बियर प्रायोजक बडवाइजरलाई ठूलो झट्का लागेको छ। बडवाइजरले फिफामाथि नै विश्वकप प्रतियोगिता नियन्त्रण गर्न नसकेको भनी प्रश्न पनि उठाएको छ।
डेनिलीले उद्घाटन खेल सञ्चालन गर्ने
इटालीका रेफ्री डेनिली ओर्साटोले विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत हुने उद्घाटन खेल सञ्चालन गर्ने हुनुभएको छ। आयोजक कतार र इक्वेडरबीच पहिलो खेल हुँदैछ। फिफाले युरोपका सबैभन्दा अनुभवी रेफ्री भएकाले ओर्साटोलाई पहिलो खेल खेलाउने जिम्मेवारी दिइएको जानकारी दिएको छ। ओर्साटो दुई दिनअघि मात्र ४७ वर्ष लाग्नुभएको थियो।
पदार्पण खेल अविस्मरणीय बनाउने दाउमा कतार
खेलकुदमा घरेलु मैदानमा खेल्ने आयोजकलाई ठूलो फाइदा पुग्छ। घरेलु समर्थक र मैदानको फाइनलमा साना टिमले पनि ठूला टिमलाई स्तब्ध पारेको कैयौँ इतिहास छ। विश्वकपको कुरा गर्ने हो भने छ पटक आयोजक राष्ट्रले पनि विश्वकप जितेको तथ्य भेट्टाउँछौँ। सन् १९३० मा उरुग्वे, सन् १९६६ मा इङ्गल्यान्ड, सन् १९७४ मा पश्चिम जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् १९९८ मा फ्रान्स आफ्नै घरेलु भूमिमा खेलेर च्याम्पियन बनेका थिए तर सन् १९९८ पछिको विश्वकपले आयोजकलाई साथ दिएको छैन। अझ यसपालि कतारले विश्वकप जित्ने भ्रममा सायदै कोही होला। कतार पहिलो पटक विश्वकप खेल्दै छ, त्यो पनि आयोजकका रूपमा तर कतार कमजोर छैन। कतार एसियाली च्याम्पियन टिम हो। घरेलु मैदानमा कतारको प्रमुख लक्ष्य नकआउट चरणमा पुग्ने हुनेछ। कतारको अर्को लक्ष्य सफल आयोजना गरेर विश्वको मन जित्नु नै हुनेछ। यसबाहेक एसियाका अन्य राष्ट्र, उत्तर अमेरिकी टिम र अफ्रिकी राष्ट्रको लक्ष्य लामोभन्दा लामो यात्रा तय गर्ने नै हुनेछ।
विश्वकप फुटबल आजदेखि
चार वर्षको प्रतीक्षापछि विश्वका उत्कृष्ट र चर्चित फुटबल खेलाडी आइतबारदेखि फुटबलको महाकुम्भ मेलामा कतारमा भेला हुँदै छन् । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२औँ संस्करण सुरु हुनेछ । विश्वकपका लागि छनोट भएका उत्कृष्ट ३२ राष्ट्रका खेलाडी आफ्ना समर्थकको साथसहित मैदानमा बलियो उपस्थिति देखाउने प्रयत्नमा हुनेछन् ।
कतारमा आप्रवासी कामदारको विषय पश्चिमा मिडियाले उठाएको फन्डा : इन्फान्टिनो
विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफा विश्वकप २०२२ को विषयमा कतारमा यसअघि आप्रवासी कामदारको विषयमा पश्चिमा मिडियाले उठाएको एकोहोरो आलोचना केवल ‘फन्डा’ मात्र भएको बताउनुभएको छ ।
सर्विया र इजिप्ट विजयी
कतारमा आइबारदेखि सुरु हुने फिफा विश्वकपअघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सर्विया र इजिप्ट विजयी भएको छ । शुक्रबार राति भएको खेलमा सर्वियाले बहराइनलाई उसैको मैदानमा ५–१ गोलले हरायो । अर्को खेलमा इजिप्टले बेल्जियमलाई २–१ गोलले हरायो । इजिप्ट विश्वकप छनोटबाट बाहिरिएको टोली हो ।
यस्तो छ, विश्वकप फुटबलको इतिहास
विश्व फुटबलको महाकुम्भ ‘फिफा विश्वकप’ को २२औं संस्करण आइतबार रातिदेखि एसियाली देश कतारमा सुरु हुँदैछ । एक महिना चल्ने विश्वकपमा विश्व फुबटल महासंघ (फिफा) मा आवद्ध दुई सय ११ देशबाट छनोट भएर आएका ३२ टोलीले आफ्नो फुटबल कला प्रदर्शन गर्दैछन् ।
कतारमा फुटबलको कुम्भमेला
विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको कुम्भमेला सुरु हुन एक दिन मात्र बाँकी छ । त्यसैले विश्वकपको ज्वरोबाट सबै रन्किएका छन् । विश्वभरका फुटबल समर्थक अहिले नै आफूलाई मनपर्ने टिमको टिसर्ट लगाएर विश्वकपको चाडमा मस्त भइसकेका छन् । लोकप्रियताको हिसाबले विश्वकप फुटबल सबभन्दा ठूलो खेल आयोजना हो । प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप यस पटक पनि विश्वका उत्कृष्ट टिमबीच प्रतिस्पर्धा हुँदैछ । आयोजक कतारले आइतबार इक्वेडरसँग खेलेर यो खेल सुरु हुँदैछ । ३२ टिमले २९ दिनमा कुल ६४ खेल खेलेपछि विश्वकपको समा