छेलो हान्ने प्रतियोगितामा राजेन्द्र विजेता घोषित  

मनोरञ्जन |


2019-10-08-2395


धादिङ,असोज २१ गते । प्राचीनकालदेखि महानवमीको दिन खेलिँदै आएको छेलो हान्ने प्रतियोगिता उत्तरी धादिङको झार्लाङमा सम्पन्न भएको छ ।    

गाउँमा भएका मानिसमध्ये सबैभन्दा टाढासम्म १५ किलोग्रामको ढुङ्गा फाल्न सक्ने मानिसलाई सम्मानसाथ गाउँ घुमाइने गरिन्छ ।

राजेन्द्र तामाङ यस वर्षको छेलो विजेता घोषणा भएका छन् ।

उहाँलाई गाउँबासीले सोमबार माला लगाएर गाउँ परिक्रमा गराएको आयोजक टेकबहादुर तामाङले बताउनुभयो ।    

यसैगरि गोरु जुधाइ प्रतियोगितामा विजेता खनियाबास २ न्यान्चोका खल्डुप तामाङ र उपविजेता खनियाबास २ कै बमबहादुर तामाङ रहनुभएको छ ।

उहाँहरुलाई सो अवसरमा सम्मान गरिएको थियो । यस पर्वमा हरेक वर्ष गाउँको कोखिममा मेला लाग्छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?