logo
२०७७ असार २५ बिहीवार

धान पाक्ने बेलामा ‘नेकब्लास्ट’को समस्या

समाज |


2020-06-04-15737


भरतपुर, जेठ २२ गते । भित्र्याउने सयम चैतेधानमा समस्या देखिएपछि चितवनका किसान निरास बनेका छन् । पूर्वी चितवनका किसानले लगाएको हर्दिनाथ १ धानको जातमा नेकब्लास्ट (घाँटी मरुवा रोग) देखिएको हो ।

खैरहनी र राप्ती नगरपालिकाका क्षेत्रमा सो रोगले धानलाई सखाप पारेको छ । गतवर्ष पनि जो जातका बीउका कारण क्षति व्यहोरेका किसानले फेरि पनि उस्तै समस्या भोगेका हुन् ।

गतवर्ष पनि सो जातको धानमा सो रोग देखिएको खैरहनीका किसान रामनाथ चौधरीले बताउनुभयो । “गतवर्ष केही मात्रामा समस्या थियो, उत्पादन राम्रो भएकाले यसवर्ष पनि यही धान लगाएका हौँ, उहाँले भन्नुभयो, तर सबै रोगले सखाप पा¥यो ।”

किसानको गुनासोपछि प्रभावित क्षेत्रमा कृषि प्राविधिकले स्थलगत अवलोकन गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत माधव पौडेलले स्थलगत रुपमा हेर्दा करिब ५० प्रतिशतमा रोगको प्रकोप देखिएको बताउनुभयो । “यो चैतेधानमै लाग्ने रोग हो, बाला लाग्ने समयमा रोग पत्ता लागेको भए नियन्त्रण सम्भव थियो, अव समाधान छैन, उहाँले भन्नुभयो ।

हर्दिनाथ १ स्थानीय जातको बीउ हो । उहाँले बीउ पदस्थापनको विकल्प नरहेको बताउनुभयो । धान यो समयसम्म पाकिसक्नुपर्ने भए पनि यसवर्ष धेरै पानी परेका कारण तापक्रम नमिलेर ढिलो पाकेको उहाँले बताउनुभयो । उहाँले बुधबारमात्रै खैरहनी र राप्तीका विभिन्न वडामा स्थलगत अवलोकन जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्रकी बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्री धान पहेँलो भइसके पनि खोस्टामात्रै रहेको बताउनुभयो । पूर्वी चितवनको राप्ती, खैरहनी, कालिका र रत्ननगर नगरपालिकाका यो समस्या रहेको उहाँले जानकारी दिनुभयो ।

“गतवर्ष नै समस्या देखिएपछि यो धान नलगाउन हामीले किसानलाई सुझाव दिएका थियौँ, उहाँले भन्नुभयो, राम्रो फलेका कारण किसानले यही धान लगाए ।” किसानलाई हामीले सल्लाह सुझाव दिएका छौँ तर अब नियन्त्रण सम्भव छैन, क्षेत्रीले भन्नुभयो ।

चितवनमा आठ हजार हेक्टरमा चैतेधान लगाइने गरेकामा पूर्वी चितवनमा मात्रै पाँच हजार हेक्टरमा लगाइन्छ । अहिले चैतेधान पाक्ने बेला हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?