बालसमीक्षक कुञ्जल
काठमाडौँको युनाइटेड एकेडेमीमा कक्षा ८ मा पढिरहेका कुञ्जल शुभेच्छु लुइटेल साना बालसमीक्षक हुन् । उनको मैले पढेका किताब (२०८० वैशाख) प्रकाशित छ । यो किताब युनाइटेड स्कुलले पाठ्यक्रममा पनि राखिसकेको छ । यस कृतिभित्र ३८ वटा बालसाहित्यका किताबको समीक्षा समेटिएका छन् । उनले अहिले निरन्तर समीक्षा लेखिरहेका छन् भने उनी मञ्चमा गएर बालसाहित्यका विभिन्न कार्यक्रममा कृतिमाथि समीक्षा गर्ने गर्छन् । उनले कविता, कथा, निबन्ध, जीवनी र स
प्रतिभाशाली वैभवी
वैभवी कुँवर स्मल हेभन मोडेल स्कुलको कक्षा १० मा पढ्छिन् । पढाइतर्फ कक्षामा उत्कृष्ट पाँच विद्यार्थीभित्र पर्ने वैभवीलाई उद्घोषण, वक्तृत्वकला, नाटक, ड्रामा लेखन, अभिनय र निर्देशन गर्न मन पर्छ । गत मङ्सिरमा चितवनको सौहारामा क्वेस्ट (Quality Circles in Education for Students Personality Development) नेपालद्वारा आयोजित विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउने उद्देश्यले सञ्चालित देशभरका ६१ विद्यालयको उपस्थिति रहेको विद्यार्थी गुणीय चक्र (Stu
उत्कृष्ट छात्रा कृतिका
महाकाली माध्यमिक विद्यालय, मुसीकोट नगरपालिका–२, समिबोट रुकुमपश्चिमको कक्षा ९ मा अध्ययनरत छात्रा कृतिका खड्का विद्यालयकै उत्कृष्ट विद्यार्थी हुन् । उनी सधैँ कक्षामा पहिला हुने गर्छिन् पढाइमा अब्बल भएकै कारण उनलाई विद्यालयले कक्षा ५ पास गरेपछि कक्षा ६ मा नपढाएर सोझै कक्षा ७ मा भर्ना गरिदिएका थिए
विमानचालक पङ्कज
लहानस्थित लिटिल स्टार माध्यमिक विद्यालय कक्षा–१० मा अध्यनरत छात्र पङ्कजकुमार गुप्ताले अन्ततः फाइबरको हवाई विमान उडाउन सफल भए । कक्षा ७ मा पढिरहँदा कागजको विमान गृह गाउँ भगवानपुरमा उडाउन सफल भएपछि निरन्तरको प्रयासले यस वर्ष भने उनले फाइबरको विमान आधा घण्टासम्म खुला आकाशमा उडाए । उनको यो निरन्तरको मेहनत र सिपलाई हेर्दा भविष्यमा उनले राम्रो अवसर पाए धेरै कुरा गर्न सक्छन् भन्ने प्रस्ट हुन्छ । तीन वर्ष लगातार मेहनत गरेपछि हवाई विमान उडाउने सपना साकार भएको पङ्कजले भन्दै उडाएको यस विमानलाई अझै आधुनिक बनाउन प्रयत्नशील छन् । आफू सामान्य परिवारमा जन्मेको
सैँतिस पदक विजेता ‘सुष्मा’
बेनी नगरपालिका–७ स्थित प्रकाश माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा १५ वर्षीय सुष्मा परियार एथलेटिक्स खेलका विधामा प्रतिभाशाली खेलाडी हुन् । एथलेटिक्सका सबै खेलमा सुष्मा अब्बल हुनुहुन्छ । पारिवारिक विपन्नताका कारण विद्यालयले सुष्माको सबै किसिमका शुल्क निःशुल्क गरिदिएको छ । पारिवारिक विपन्नता र समस्यासँग जुधेर सुष्मा खेलकुदमा उदाउँदै हुनुहुन्छ । सुष्माले एथलेटिक्स खेलका सबै विधामा प्रतिस्पर्धामा गरेर अहिलेसम्म ३७ वटा पदक हात पार्नुभएको छ । सुष्मासँग दौड प्रतिस्पर्धा गर्न कसैले सक्दैन ।
पढाइका अब्बल भोजराज
दोलखाको जिरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत भोजराज जिरेलको इन्जिनियर बन्ने ठुलो धोको छ । इन्जिनियरिङ पढाइलाई सहयोग पुग्ने कम्प्युटर, विज्ञान र ऐच्छिक गणित अध्ययन गर्दै छन् भोजराज । १५ वर्षीय जिरेलको कक्षा ९ बाट १० मा जाँदा ९०.५ प्रतिशत आएको छ । यो प्रतिशतलाई बढाएर शतप्रतिशत पु¥याउन उनी पढाइमा तल्लीन छन् । समय तालिका बनाएर अध्ययन गर्ने उनको बानी छ । उनी मजदुरी गरेर पढ्दै छन् ।
सङ्घर्षशील वर्षा
जनबोलीमा चल्दै आएको ‘हुने बिरुवाको चिल्लो पात’ यो उखानको उदाहरण हुन् वर्षा कविरथ । भिर पाखामै उम्रिएर पनि जसरी एउटा फूल फुलेर वरिपरि सुवास छर्छ त्यसरी नै वर्षा गाउँकै सामुदायिक विद्यालयमा अध्ययन गरेर आफ्ना समकालीन र विद्यालयस्तरमै उदाहरणीय पात्र बनेकी छिन् । वर्षा सुनसरीको वराहक्षेत्र–९ मा रहेको गाउँकै सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । गाउँकै राजाबासस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत उनी अब्बल छात्राका रूपमा चिनिन्छन् । उनी विद्यालयमा हुने अतिरिक्त क्रियाकलापदेखि विद्यालयमा हुने हरेक शैक्षिक गतिविधिमा सहभागी हुँदै अब्बल साबित हुने गरेकी छिन् ।
बहुप्रतिभाशाली करूणा
करुणा थुलुङ राई काठमाडौँको धापासीमा रहेको इडेन ब्रिज स्कुलमा कक्षा ८ मा पढ्छिन् विद्यालयको प्रतिभाशाली छात्रा करुणा विद्यालयमा हुने अतिरिक्त क्रियाकलापबाहेक विभिन्न जिल्ला तथा राष्ट्रियस्तरका प्रतियोगितामा पनि सधैँ पहिला हुने गर्छिन् । विद्यालयमा आयोजित स्काउट डान्स प्रतियोगिता, इन्टर स्कुल डान्स प्रतियोगिता र जिल्लास्तरीय चारुमती स्काउट ट्रप प्रतियोगिताको करुणा उत्कृष्ट विजेता हुन् । योबाहेक मिस लिटल आइडल–२०२२ मा उनले उत्कृष्ट डान्सिङ अवार्ड पाएकी थिइन् ।
युनिस्का बाँसुरीमोह
बाँसुरी निकै राम्रो बजाउनुहुन्छ युनिस्का हेक्का । बाँसुरी वाधन प्रतियोगितामा उनले धेरै पटक विजेता बन्ने अवसर पनि पाउनुभएको छ । दाफा, भजन, जात्रा पर्व र सङ्गीतमय वातावरणमा हुर्कनुभएकी युनिस्का आफूलाईै सधैँभरि बाँसुरीको धुनले मनमोहक बनाउने बताउनुहुन्छ । भक्तपुरस्थित निस्ट स्कुलमा कक्षा ७ मा अध्ययनरत युनिस्काले विद्यालयमा हुने आर्ट प्रतियोगितामा पनि पहिला हुने गर्छिन् । गणित र विज्ञान विषय मनपर्ने युनिस्का विभिन्न खालका क्राप्टको आर्ट र डिजाइन पनि गर्छिन् ।
प्रतिभाको धनी शर्मिला
आफूमा भएको कलालाई दुर्गमता, विकटता र दुरदराजले रोक्न सक्दैन भन्ने भनाइ चरितार्थ गर्दै छिन खार्पुनाथ गाउँपालिका–४, नल्ना गाउँकी शर्मिला शाही । उमेरले १५ वर्ष पुगेकी शाही अहिले उक्त वडामा रहेको जिल्लाकै नमुना माध्यमिक विद्यालयमा पर्ने सीता माविको कक्षा १० मा अध्ययनरत रहेकी छन्
बाल लेखिका सोइना
सोइना दाहाल भानुभक्त मेमोरियल स्कुल, पानीपोखरीमा कक्षा ८ मा पढ्छिन् । सानै उमेरमा सोइनाले बालसाहित्यको क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेकी छिन् । उनी अत्यन्तै राम्रो बोल्ने, भाषण कलामा प्रखर छिन् । उनका धेरै प्रस्तुति हामीले युट्युबमा पनि हेर्न सक्छौँ । बालसाहित्यका विधिध आयाम समेटिएका उनका केही उत्कृष्ट पुस्त
अभिनयमा अब्बल सुरज
अहिले ११ वर्षको हुनुभयो सुरज पहाडी । उहाँ भक्तपुरको निस्ट स्कुलमा ६ कक्षामा अध्ययनरत हुनुहुन्छ । उहाँ पढ्नमा अब्बल हुनुहुन्छ । कक्षा नर्सरीदेखि नै प्रथम हुँदै आउनुभएका सुरजलाई विद्यालयले छात्रवृत्ति दिने गरेको छ । विद्यालयले कक्षामा प्रथम हुने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
सँगैका साथी पढाउँछन् जगन्नाथ
बालबालिकामा लोकगीत देउडा गीतप्रतिको आकर्षण हराउँदै गइरहेको छ । आजभोलि धेरै बच्चा मोबाइलमै रमाउन थालेका छन् । स्कुल समयभन्दा अन्य समय बच्चाको मोबाइल हेरेरै बित्ने गरेको छ । गीत गाउनु, देउडा गाउनु त बच्चाको सोचमा नै आउँदैन तर धनगढी उपमहानगरपालिकाको शारदा विद्या निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने
नृत्यमा उदाउँदै सोनिया
बेनीकी सोनिया किसान नृत्य क्षेत्रमा उदाउँदी बालिका हुनुहुन्छ । सदरमुकामस्थित बेनी सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत सोनिया नृत्यका साथै पढाइमा पनि अब्बल र अनुशासित विद्यार्थी हो । सानै उमेरदेखि नाच्न रुचि राख्ने सोनियालाई मौलिक लोकसङ्गीत मन पर्छ । मौलिक पोसाकमा सजिएर कम्मर मर्काइ मर्काइ नाच्न सोनिया पोख्त हुनुहुन्छ
स्वरकी अब्बल ‘सुप्रिमा’
अहिले ११ वर्षकी भइन् सुप्रिमा थापा । हिमाली बोर्डिङ पिङ्गलास्थानमा ५ कक्षामा अध्ययनरत थापाले सानै उमेरमा कला क्षेत्रमा भविष्य खोजिरहेकी छन् । गीत गाउने, नृत्य गर्ने र अभिनयमा पनि पोख्त सुप्रिमा भर्सटाइल हुन् । अहिलेसम्म २७ वटा व्यावसायिक गीतमा आफ्नो स्वर र अभिनय प्रस्तुत गरेकी सुप्रिमाको आफ्नै युट्युब च्यानल पनि छ ।