आत्म विश्वास नै सफलता
होचो कद, सानो र पातलो शरीर झट्ट हेर्दा उहाँलाई कसैले पनि हिमाल आरोही भनेर विश्वास नै गर्दैनन् । धेरै ठाउँमा उहाँले फोटो देखाएपछि मात्र मान्छेहरू अचम्म मान्छन् । यति सानो मान्छेले पनि सगरमाथा चढ्न सक्छन ? पत्यार नै मान्दैनन् । मुना मासिकसँग कुराकानीको क्रममा सफल हिमाल आरोही पूर्णिमा श्रेष्ठले भन्नुभयो, “हट्टाकट्टा देखिने बलियो खाइलाग्दो शरीर हुनेले मात्र सगरमाथा चढ्न सक्छन् भन्ने मान्छेहरूको बुझाइ हुने रहेछ तर होइन । हिमाल चढ्न होस् या कुनै पनि काम गर्न शारीरिक बनावटले होइन, बलियो आत्मविश्वास र इच्छाशक्तिले मात्र सफल हुन सकिन्छ भन्ने कुराको पूर्णिमा श्रेष्ठ उदाहरण नै हुनुहुन्छ । आफूभित्र केही गर्छु भन्ने आत्मविश्वास भए संसारमा कुनै पनि कुरा असम्भव हुँदैन ।” आठ हजार मिटर उचाइका आधा दर्जन हिमालको सफल आरोहण गरिसक्नुभएकी सगरमाथा आरोही पूर्णिमासँग धेरै सफल अनुभव छन् ।
शिक्षाको महत्त्व (निबन्ध)
‘शिक्षा’ भन्ने बित्तिकै स्कुल, क्याम्पस आदिमा र घरमै पनि नियमित रूपले अध्ययन गर्ने–गराउने वा पढेको बन्दोबस्त मिलाउने काम भन्ने बुझिन्छ । सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा व्यावहारिक विषयको बोध वा ज्ञान पनि शिक्षा नै हो । ‘शिक्षाको महत्त्व’ भनेको कुनै विषयमा सिकेर पोख्त हुने इच्छा वा चाहनाको महत्त्व हो । शिक्षा मानव जातिको तेस्रो चम्किलो आँखा भएकोले आजको युगमा यसको निकै ठूलो महत्त्व रहेको छ । शिक्षाबिना मानिस ज्ञानले अन्धो नै हुन्छ । शिक्षा आजका मान्छेको एक महत्त्वपूर्ण गहन नै भएकोले यसको महत्त्व निकै ठूलो छ ।
बुलिङ भनेको के हो ?
प्रिय भाइबहिनीहरू, ‘बुलिङ’ अर्थात् बदमासी भनेको के हो, के तपाईंहरूलाई थाहा छ ? स–साना भाइबहिनीदेखि किशोरकिशोरीले गर्ने त्यस्तो प्रकारको व्यवहार जसमा उनीहरूले आफ्नो साथीभाइ, दिदीबहिनी र कहिलेकाहीँ त आफ्नै गुरु तथा गुरुआमाहरू तथा जो कोहीलाई मनमा बिझ्याउनेगरी गर्ने व्यवहारलाई बुलिङ (Bullying) अर्थात् बदमासी भन्ने गरिन्छ । जो कसैलाई मर्का पर्नेगरी कुनै त्यस्तो व्यवहार गर्ने र उक्त व्यवहारको प्रतिक्रिया हेरेर आफूले आन्नद लिने जे जति कार्य पर्दछन् ती सबै समस्यामूलक व्यवहारलाई नै ‘बुलिङ’ भनिन्छ । तपाईंहरूको मनको साथी मुनाको यस अङ्कमा यसै विषयमा केही कुरा गरौँ है त :
मौरीबाट सिक्ने की?
भाइबहिनीहरू तिमीहरू सबैले खाएकै छौ होला महको स्वाद कति गुलियो, स्वादिलो अनि मीठो हुन्छ । यति मीठो मह बनाउने मौरी कति सानो हुन्छ । उनीहरूले समूहमा मिलेर बराबरी काम गर्छन् । नजिकै फुलेको फूलको रस चुसेर जम्मा गर्दै गर्दै धेरै मह आफ्नो घार अर्थात् उनीहरू बस्ने घरमा सङ्कलन गर्छन् । उनीहरू आफू पनि खाँदैनन् । यसका लागि उनीहरू फूलको रस लिन टाढा टाढा पनि पुग्छन् ।
लोकप्रियस्थल ‘सदर चिडियाखाना’
भाईबहिनीहरु तपाईहरुलाई घुम्न कत्तिको मनपर्छ रु घुम्न जाने ठाउँमध्य तपाईहरुको पहिलो रोजाईमा पक्कै चिडियाखाना नै पर्छ होला । हामी मानिसहरुको बस्ने घर भनेजस्तै चिडियाखानालाई जनावरहरुको घर भन्न सकिन्छ । सदर चिडियाखाना (सेन्ट्रर जू) नेपालको सबै भन्दा पुरानो चिडियाखाना हो । यो बालबालिकाले अत्यन्तै मन पराउने गन्तव्य हो । जुन ललितपुर जिल्लाको जाउलाखेलमा अवस्थित छ । जाउलाखेल, लगनखेल जाने सार्वजनिक सवारीसाधनमा चढेर सजिलै चिडियाखाना पुग्न सकिन्छ ।
परिवार नै आत्मीयताको पहिलो पाठशाला
हर कोही मान्छे जति सुुखी, निरोगी बन्ने चाहना राख्छ त्यसरी नै सबैको प्रिय पनि बन्न चाहन्छ उ । आत्मीय सम्बन्धले नै उ सबैको प्रिय पात्र बन्ने हो । अनि सबैसँगको निकटता र त्यही आत्मीय सम्बन्धले परिवार एवं आफन्तजनलगायत सबैसँगको व्यवहारमा मिठास पनि ल्याउँछ । त्यस किसिमको बानी–व्यवहार भएमा कुुनै पनि व्यक्तिमा स्वतस्फूूर्त रूपमा खुुसी जागरित हुुन्छ र त्यस प्रकारको बानी–व्यवहारले हर कोही व्यक्तिलाई सधैँ प्रफुल्ल बनाउँछ । यस्तो खुुसीपूूर्ण जीवनयापनले नै व्यक्तिको जीवनमा खुुसियाली छाउँछ अनि उ प्रायजसो प्रसन्न हुुन्छ । यसो भएमा मानिस ठूल्ठूूला काम सम्पन्न गर्न पनि उसलाई सहज हुुने र यसबाट नै मानिस स्वयंलाई आफ्नो जीवनकालमा सधँै खुुसी र निरोगी बन्न पनि सघाउ पुुग्छ । यसका लागि सुुरुदेखि नै स्वयंको असल व्यवहार र कर्म सधैँ अपेक्षित रहन्छ । त्यसैले भाइबहिनीहरू, यस्तो व्यक्तित्वको विकास गर्न पहिलो पाठशाला आफ्नै परिवार भएकोले यहीँबाट नै आफ्नो व्यवहार र असल कर्मलाई आत्मसात् गर्दै जानुुपर्छ है त ।
गुरू सम्मानको पर्व गुरूपूर्णिमा
असार शुक्ल पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ । यस दिन गुरुपूजा तथा व्यास जयन्ती मनाइने गरिन्छ । भानु जयन्तीसमेत एकै दिन परेकाले यस वर्षको गुरुपूर्णिमा थप विशेष हुन पुगेको छ । यस पर्वमा गुरुहरूको विशेष सम्मान गरिन्छ, गर्नुपर्छ भन्ने मान्यता छ, जुन कुरामा भाइबहिनीहरू पनि परिचित नै हुनुपर्छ तर गुरु भनेका को हुन्, के गर्छन् र किन उनीहरूको सम्मान गरिन्छ वा गर्न लगाइएको छ भन्ने कुरा भने सबैलाई थाहा नहुन सक्छ । त्यसैले भाइबहिनीहरू यहाँ यसैबारे जानकारी दिने प्रयास गरिएको छ ।
भानुभक्तको महिमा
भानुभक्त आचार्य हाम्रा राष्ट्रिय विभूति एवं आदिकवि हुन् । उनैले हाम्रो नेपाली भाषा, साहित्यमा नेपालीपनले भिजेका सरल र सरस कविता दिए । उनले लेखेको महाकाव्य रामायण पनि उस्तै सरल र सरस छ । उनले लेखेको रामायणलाई भानुभक्तीय रामायण भनिन्छ । संस्कृतमा लेखिएको वाल्मीकि रामायणलाई नेपाली शैलीमा अनुवाद गरेर भानुभक्तीय रामायण आएको हो । उनले यसलाई प्रभावशाली ढङ्गले मौलिक रूपमा प्रस्तुत गरे । आदिकवि भानुभक्तसँग हामी सबै नेपालीको आत्मीयता गाँसिएको छ ।
महत्त्व गुरुपूर्णिमाको
‘गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वर ! गुरुसाक्षात परबह्मातस्मै श्री गुरवे नम !!’ यो सृष्टिका रचनाकार (ब्रह्मा) पनि गुरु, सञ्चालनकर्ता (विष्णु) पनि गुरु, संहारकर्ता (महेश्वर) पनि गुरु नै हुन् । गुरु नै त्यो परमतत्त्व हुन् जसबाट यो जगत् सञ्चालित छ । त्यस्ता सद्गुरुदेवलाई मेरो सादर प्रणाम छ । यसरी मानवलाई यो सृष्टिको अस्तित्व, सञ्चालन प्रक्रिया र जीवनको सार्थकताबारे ज्ञान प्रदान गर्ने गुरु नै परब्रह्मका रूपमा मानिएको छ ।
असारको रमाइलो (बालकविता)
असारको बेलामा हाम्रो खेत खलामा आली बाउसे गरेर धान रोप्ने हिलोमा ।
परीक्षाको नम्बर
विमर्श कक्षा ५ मा पढ्छन् । पढ्नमा खासै अब्बल नभए पनि उनले सबै कुरा जानेका छन् । घरमा आमाबुवालाई सघाउन उनलाई निक्कै मन पर्दछ । कसैसँग झगडा गर्ने उनको बानी पनि छैन । विमर्श कक्षामा सबैको प्रिय छन् । सधैँ उज्यालो अनुहार लगाएर विद्यालयबाट आउने विमर्शको अनुहार भने आज केही मलिन र पिर परेको जस्तो देखिन्थ्यो । सधैँ साथीसँग गफ गर्दै विद्यालयबाट आउने ऊ, आज भने एक्लै फर्किएको थियो । अँध्यारो अनुहार लगाउँदै छोरो एक्लै आएको देखेर उसका बाबु सन्तोष आश्चर्यमा पर्छन् । बिहान रमाउँदै गएको छोराको अनुहार बिग्रिएका कारण जान्न उनलाई मन लाग्छ । “आज मेरो छोराको उज्यालो अनुहार किन यसरी अँध्यारो भएको होला ?” बाबुको कुरालाई उसले सुने नसुनेझै गरेर जवाफ फर्काउँदैन
अहिलेको बजेट
भाइबहिनीहरू, तिमीहरूलाई थाहा छ ? सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक २०७९/८० को आयव्ययको विवरण (बजेट) अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभयो । नेपालमा कात्तिकबाट बजेट निर्माणको तयारी सुरु हुन्छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्छ । यस वर्ष पनि सरकारले आफ्नो वार्षिक बजेट प्रस्तुत गरेको छ ।
‘सजाय भनेर डराएको त पुरस्कार रहेछ’
भाइबहिनीहरु, उहाँ हुनुहुन्छ मूर्धन्य साहित्यकार एवं पूर्वमन्त्री मोदनाथ प्रश्रित । १० वर्षको उमेरमा नै ‘दशावतार स्तुति’बाट लेखन आरम्भ गर्नुभएका प्रश्रितले २०१५ सालमा अर्घाखाँचीस्थित हरिहर संस्कृत पाठशालाको किरण पत्रिकामा ’छात्र जीवन’ शीर्षकको कविता प्रकाशन गरी औपचारिक रुपमा साहित्यिक यात्रा थाल्नुभएको थियो । त्यहाँदेखि निरन्तर नेपाली भाषा तथा साहित्यका विविध विधामा सशक्त रुपले कलम चलाई विशिष्ट साहित्यकारका रुपमा स्थापित हुनुभएको छ । लघुतम फुटकर कवितादेखि खण्डकाव्य हुदै बृहत् महाकाव्यसम्मको यात्रामा कथा, उपन्यास, निबन्ध, गीत, नाटक, राजनीतिक, दर्शन तथा समालोचना एवं संस्मरणलगायत पाँच दर्जनभन्दा बढी कृति प्रश्रितका प्रकाशित छन् । शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रीसमेत बन्नुभएका प्रश्रित २४ वर्षकै उमेरमा ’मानव महाकाव्य’को सिर्जना गरेबापत मदन पुरस्कारबाटसमेत सम्मानित हुनुभयो । साथै, भवानी भिक्षु पुरस्कारलगायत दर्जनौँ सङ्घ, संस्थाबाट सम्मान प्राप्त उहाँको बाल्यकाल कहाँ र कसरी बित्यो ? पढौँ उहाँकै शब्द लयमाः
जितको मुस्कान
मुस्कान खातुन अहिले एसिडसम्वन्धी विभिन्न जनचेतनामूलक कार्यक्रममा व्यस्त छिन् । यतिबेला उनी विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमाझ प्रेरणाको स्रोत बनिरहेकी छिन् । जीवनको अप्ठेरो अवस्थाको बीचमा पनि हिम्मत र साहस जुटाएर अघि बढेकै कारण मुस्कान अन्तर्राष्ट्रियस्तरमा साहसी महिलाका रूपमा चिनिन सफल भइन् ।