रमाइला नानो स्याटेलाइट
अन्तरिक्षमा चासो राख्ने भाइबहिनीहरू, कुनै कुरा अन्तरिक्षमा पठाउँदा कस्तो हुन्छ भन्ने सोच्नुभएको छ ? आज हामी एकदमै रमाइलो विषय ‘नानो स्याटेलाइट’ (भूउपग्रह) का बारेमा जानकारी लिन गइरहेका छौँ । तपाईंहरूले केही वर्षअघि ‘नेपाल पनि भूउपग्रहको युगमा प्रवेश गर्यो, नेपालले पनि अन्तरिक्षमा आफ्नै स्याटेलाइट पठायो’ भन्ने समाचार सुन्नु वा पढ्नुभएको होला । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ साल वैशाख ४ गते प्रक्षेपण गरिएको थियो । यो नानो भूउपग्रह
गरिबी घटाउँदै विप्रेषण
भाइबहिनीहरू, आज हामी यात्रा गर्ने पैसाको कुरा गर्छौं । यात्रा भनेको एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्नु हो । हामीले बाबुआमा, काकाकाकी, दाजुदिदी कसैले बैङ्कमा गएर अथवा नजिकै एउटा कुनै वित्तीय संस्थामा गएर रकम झिकेर ल्याएको देखेको हुनु पर्छ । हामीहरूका आफन्त वा चिने जानेका वा छिमेकी कोही विदेश जानुभएको हुन सक्छ । उहाँले पठाउनुभएको तलब बैङ्कमा जम्मा हुन्छ । अनि यताबाट आफन्तले चाहिए जति झिक्न पाउनुहुन्छ । अचेल हरेक चार घरमध्ये तीन घ
सामाजिक विषयमा यसरी अब्बल बन्ने
प्यारा विद्यार्थी भाइबहिनीहरू ! तपाईंहरूको पढाइलेखाइ कस्तो चल्दै छ नि ? पक्कै पनि राम्रै होला, होइन त ? आज हामीले ‘सामाजिक अध्ययन’ विषयमा कसरी राम्रो गर्न सकिन्छ भनेर चर्चा गर्ने छौँ । सामाजिक अध्ययन विषय विद्यालय तहमा पठनपाठन हुने एउटा अनिवार्य विषय हो । यस विषयको नाम कक्षा ४ देखि ८ सम्म ‘सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा’, कक्षा ९ र १० मा ‘सामाजिक अध्ययन’ र कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ हो । यो विषय समाजसँग सम्बन्धित विष
तरकारीमा नुन हाल्दा किन निस्कन्छ पानी ?
दैनिक जीवनमा प्रयोग गर्ने कतिपय कुरा र अनुभव गरेका घटनालाई हामीले त्यति चासो लिने गरेका छैनौँ । ठुला मानिसका लागि यस्ता विषय सामान्य लाग्न सक्छन् तर बालबालिकाका लागि ती विषय अनौठा लाग्छन् । बालबालिकाको दिमागमा यस्ता हरेक परिवर्तनका घटना मात्र किन ? कसरी ? भन्ने प्रश्न उब्जन्छ । यस्तै प्रश्न र त्यसको सही समाधान खोजी गर्दै जानु विद्यार्थीको लक्षण हो । यस लेखमा त्यस्तै सामान्य घटनाको वैज्ञानिक कारणबारे बुझाउन खोजिएको छ ।
अनाथको आश्रय घर
भाइबहिनीहरू ! बाबुआमाको मृत्यु भएका वा कोही संरक्षक नभएका बालबालिकालाई टुहुरा भनिन्छ । रेखदेख र पालनपोषण गर्ने कोही नभएका बालबालिकालाई अनाथ भनिन्छ । यस्तै टुहुरा र अनाथ बालबालिकाको संरक्षण गर्ने उद्देश्यले नेपाल बाल सङ्गठनको स्थापना २०२१ सालभदौ ४ गते गरिएको हो । तत्कालीन मुमा बडामहारानी रत्न शाहले आफ्नो जन्मदिन पारी भदौ ४ बाल सङ्गठन स्थापना गर्नुभएको थियो । लामो समय बाल सङ्गठनको अध्यक्षमा उहाँ नै रहनुभयो । २०४६ सालमा प्रजातन्त्रको पुनः प्राप्तिपछि बाल सङ्गठनको अध्यक्षमा रीतासिंह वैद्य नियुक्त हुनुभयो । २०७७ सालबाट बाल सङ्गठनको अध्यक्षमा विद्या उपाध्याय न्यौपा
सुजाता र चतुरे
सुजाता एक वर्षपछि घर फर्किन् । चतुरेलाई चौतारोमा बसेर बाटो हेरिरहेको देखिन् । सुजाताले उसलाई चार/पाँच वर्षअघि स्कुलबाट फर्र्किंदा बाटोमा एक्लै भेटेर घरमा ल्याएकी थिइन् । चतुरे नामले बोलाउन थालिन् । अनि ऊ चतुरे भयो । त्यतिबेला ऊ दुई महिना जतिको हुँदो हो । निकै दुब्लो र ख्याउटे थियो । टोलका कति मानिस सुजा
चितवन राष्ट्रिय निकुञ्ज
चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो । वन्यजन्तुको सुरक्षाका लागि तोकिएको स्थललाई निकुञ्ज भनिन्छ । यो निकुञ्ज २०३० सालमा घोषणा भएको हो । यसको क्षेत्रफल ९५२.६३ वर्ग किलोमिटर रहेको छ । यो निकुञ्ज सन् १९८४ देखि विश्वसम्पदा सूचीमा सूचीकृत छ । बागमती प्रदेशको चितवन, मकवानपुर, पर्सा र नवलपरासीका भूभाग यस निकुञ्जले ओगटेको छ । यो निकुञ्ज राप्ती, नारायणी, रियु जस्ता ठुला नदीले घेरिएको छ । बर्सेनि हजारौँ पर्यटकले यस राष्ट्रिय निकुञ्जको भ्रमण गर्ने गरेका छन् । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको छ । यहाँ विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडा पाइन्छ ।
विश्व आदिवासी दिवस
दिवस भनेको दिउँसोको समय वा दिन हो । मानव समुदायमा अनेकन घटना हुन्छन् । विशेष घटनाको सम्झना गर्न तोकिएको विशेष दिनलाई दिवस भन्ने गर्छौं । त्यस्ता दिवसलाई विभिन्न देशका समुदायले सम्झिने गर्दछन् । देशभित्र मात्र मनाइनेलाई राष्ट्रिय दिवस भनिन्छ भने संसारभरि मनाइनेलाई विश्व वा अन्तर्राष्ट्रिय दिवस भनिन्छ । राष्ट्रिय शिक्षा दिवस, राष्ट्रिय योग दिवस, राष्ट्रिय बालबालिका दिवस आदि नेपालभित्र मात्र मनाइन्छ भने अन्तर्राष्ट्रिय साक्षरता दिवस, अन्तर्राष्ट्रिय नारी दिवस, विश्व पृथ्वी दिवस आदि विश्वभ
सुन्दर सिमकोट
कर्णाली प्रदेशको हुम्लामा सिमकोट गाउँपालिका छ । यस गाउँपालिकाको स्थापना २०७३ साल फागुनमा भएको हो । यस गाउँपालिकाको पूर्व र दक्षिणमा खार्पुनाथ गाउँपालिका तथा पश्चिम र उत्तरमा नाम्खा गाउँपालिका रहेको छ । गाउँपालिकालाई गणतन्त्र स्थापना हुनुअगाडि गाउँ विकास समिति भनिन्थ्यो । सिमकोट, वरगाउँ, ठेहे, डाँडाफया र स्याँडा गाउँ विकास समितिलाई जोडेर सिमकोट गाउँपालिका बनाइएको हो । यस गाउँपालिकामा आठ वटा वडा छन् ।
पढाइ छाडेर यार्चागुम्बा टिप्न व्यस्त
कर्णालीका विद्यार्थी हरेक वर्ष मुगुको उत्तरी भेगमा यार्चागुम्बा सङ्कलन गर्न जान्छन् । मुगुको विकट क्षेत्रमा रहेको मुगमकार्मारोङ गाउँपालिकाका पाटनमा यार्चागुम्बा पाइन्छ । हिमाली भेगका अग्ला पहाडमा रहेका सम्म परेका मैदानलाई पाटन भनिन्छ । त्यहाँ जान निकै जोखिम मोल्नु पर्छ ।
अद्भुत जीव डल्फिन
भाइबहिनीहरूले पक्कै पनि डल्फिनको नाम सुन्नु भएकै छ होला । डल्फिन पानीमा पाइने अद्भुत जीव हो । स्वभाव र बुद्धिमत्ताका लागि डल्फिन परिचित छ । उच्च बौद्धिक क्षमताका कारण मानिससँग यसको विशेष सम्बन्ध छ । प्राचीन ग्रिसमा डल्फिनलाई शुभसङ्केतका रूपमा लिइन्थ्यो र समुद्री देवता पोसाइडनसँग जोडेर हेरिन्थ्यो । नेपाल–भारतमा पनि डल्फिनलाई धार्मिक–सांस्कृतिक कोणबाट हेरिन्छ । डल्फिन मानिसपछिको दोस्रो चेतनशील प्राणी हो । पानीमा बस्ने डल्फिन माछा जस्तै देखिए पनि स्तनधारी प्राणी हो । डल्फिनले आफ्नो बच्चालाई दुध खुवाउँछ । डल्फिनको रगत न्यानो हुन्छ । डल्फिन समुद्री स्तनधारी ‘ओर्डर सिटासिया’ समूहमा पर्दछ, जु
शीर्षक के हो
अफिसबाट थाकेर आएका भीमबहादुरले सुनितालाई भने, “पैसा जोगाउनै सकिएन । तलबले धान्न गाह्रो पो भयो त । भोलि एक दिन कत्ति पनि पैसा खर्च गर्दिन है । मसँग नमाग्नू ।” श्रीमान्ले भनेको कुरा सुनेपछि सुनिता छक्क परिन् । आँपको मौसम छ । छोराछोरी आँप भनेपछि हुरुक्कै हुन्छन् । आँप किन्न त रकम चाहियो । भीमबहादुरको कुरा सुनेर सुनिता झ
खेलकुदको विश्व मेला
ओलम्पिकलाई विश्व खेलकुदको सबभन्दा ठूलो मेला मानिन्छ । ओलम्पिक खेलमा विश्वका सबै देशले भाग लिन्छन् । विश्वमा खेलिने प्रायः सबै लोकप्रिय खेल ओलम्पिकमा खेलिन्छन् । ओलम्पिकमा विश्वका सबै देशका उत्कृष्ट खेलाडीको एकै ठाउँमा जमघट हुन्छ । त्यसैले ओलम्पिक खेल्ने सपना हरेक खेलाडीले साँचेको हुन्छ तर पदक जित्ने सौभाग्य कमैलाई मात्र मिल्छ । ओलम्पिक प्राचीनकालमै सुरु भएको हो । ग्रिसमा ओलम्पिक खेलिन्थ्यो । ओलम्पिया पर्वतमा प्रतियोगिता हुन्थ्यो । यसैले यो प्रतियोगिताको नामकरण पनि ओलम्पिक भयो । प्राचीन ओलम्पिकको सुरुवात इसापूर्व ७७६ मा भएको मानिन्छ ।
बालबालिकामा मेरुदण्ड बाङ्गो हुने समस्या
प्रत्येक वर्षको जून महिनालाई ‘स्कोलियोसिस’ जनचेतना महिनाका रूपमा मनाउने गरिएको छ । मेरुदण्ड बाङ्गो हुने समस्यालाई ‘स्कोलियोसिस’ भनिन्छ । मानिसको शरीरलाई मेरुदण्डले अड्याउँछ । शरीरको पछाडि गर्धनदेखि कम्मरमुनिसम्म पुगेको ठाडो हाड नै मेरुदण्ड हो । स्कोलियोसिस अर्थात् मेरुदण्ड बाङ्गो हुने समस्या धेरै कारणले हुने गर्दछ । यस्तो समस्या धेरै जसो साना बालबालिकामा देखिन्छ । यो जन्मिँदादेखि नै भएको हुन सक्छ । धेरै जसो १० वर्ष उमेर ना
सिनेमाको इतिहास
नेपालमा धेरै भाषा बोलिन्छ । भाषा संरक्षणका दृष्टिकोणले पनि विभिन्न भाषामा सिनेमा निर्माण गर्ने गरिन्छ । नेपालमा नेपाली, नेवारी, तामाङ, गुरुङ, मगर, मैथिली, भोजपुरीलगायत थुप्रै मातृभाषामा सिनेमा बनेका छन् । सन् १८९५ डिसेम्बर २८ तारिखमा विश्वमा पहिलो सिनेमा सार्वजनिक गरिएको थियो । फ्रान्सका अगस्ट लुमियर र लुई लुमियर दाजुभाइले आफैँले निर्माण गरेको प्रोजेक्टरको सहायताले सिनेमा देखाएका थिए तर ती सिनेमामा अहिले जस्तो कुनै कथा, पटकथा र संवाद थिएनन्, मात्र दृश्य थियो । सन् १९२७ मा सिनेमामा पहिलो पटक आवाजको प्रयोग गरियो । सन् १९२७ मा अमेरिकामा