• १ माघ २०८१, मङ्गलबार

दुप्चेश्वरको यात्रा

नुवाकोटको दुप्चेश्वर मेला जाने हाम्रो योजना बन्यो । सानैमा एक पटक दुप्चेश्वर दर्शन गर्न गएको तर धेरै याद छैन । मङ्सिर १६ गते शनिबार बिहानै सबेरै नुहाएर स्कार्पियो गाडी रिजर्भ गरेर हाम्रो परिवार, काका, काकी र छिमेकी सरिता फुपू र सविना दिदीसमेत यात्रामा लागियो । मनमा धेरै उत्सुकता थियो । नयाँ ठाउँ कहाँ के के देखिने हो । बेत्रावती, त्रिशूली,

बाबु धेरै टाढा नजाऊ है

सूत्रधारः चन्द्रले बुवा सूर्य र आमा धनमायालाई आफ्नै गाडीमा गाउँ पुर्‍याएर फर्किए । छोरा प्रकाश जन्मिएको बेला स्याहारसुहार गर्न भनेर बुवाआमालाई काठमाडौँ ल्याएका थिए । समय बितेसँगै उता गाउँमा बुवाआमा रोइ रहे, यता सहरमा चन्द्रले बुवाआमालाई बिर्सिए । एक दिन कोठानजिकैको पार्कमा आमा सुशीला र बुवा चन्द्र, छोरा प्रकाशलाई साइकल सिकाउन थाले । सुशीलाः अब बाबुले सजिलै साइकल चलाउन सक्छ । अस्ति अस्ति मैले सिकाएँ, आज हजुर सिकाइस्यो । चन्द्रः ल, ल मज्जाले चलाउ मैले समाइरहेको छु । डराउनु पर्दैन । ...गज्जब, गज्जब, गज्जब ! मेरो छोराले चलायो । मज्जाले चलाउन आइसकेछ !

तरकारी उत्पादन गर्दै विद्यार्थी

काठमाडौँका विद्यालयमा बालेन शाहले सिपमूलक शिक्षाको विकास गरेसँगै देशभरिका विभिन्न विद्यालयमा पनि शिक्षासँगै सिपको विकास गर्ने लहर बढेको छ । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको समाचारबाट पनि थाहा हुन्छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी विद्यालयले आपूर्ति गरिरहेको छ । दिवा खाजाका लागि विद्यालयले ताजा तरकारी किन्नु परेको छैन ।

सङ्घर्षबिच भूपिको जीवनी

प्यारा भाइबहिनीहरू ! नेपाली साहित्यमा गद्य कविता क्षेत्रका एक नक्षत्र भूपि शेरचनबारे सानो जनकारी गराउँछु है त । भूपि शेरचनको पूरा नाम भूपेन्द्रमान शेरचन हो । उनको जन्म विसं १९९२ पुस १२ गते मुस्ताङ जिल्लाको थाकटुकुचेमा भएको थियो । उनी सुब्बा हितमान शेरचन र पद्मकुमारी शेरचनका कनिष्ठ पुत्र हुन् । भूपिका बाबु धनीमानीमा गनिन्थे । पोखराबाट सामान मुस्ताङ लैजाने र त्यहाँ उत्पादित स्थानीय वस्तु पोखरामा ल्याएर बेच्थे । परिवारमा खान र लाउन दुःख थिएन । दिन समय बित्दै गए । उनी पाँच वर्षको हुँदा आमाको देहावसान भयो । उनीबारे अनर्गल प्रचार सुरु भए । हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गयो । आमा टोकाहा र पिराहा जस्ता उपनाम पाए । यता मातृवियोग झेल्नु प¥यो, उता परिवार र समाजबाट अपहेलित र तिरष्कृत जस्तै बन्नु प¥यो । क

चर्चा भिपिएनको

छोटो भिडियो पोस्ट गर्न सकिने टिकटक नेपालमा बन्द गर्ने निर्णयपछि अहिलेसम्म पनि त्यसको चर्चा चलिरहेकै छ । भाइबहिनीले पनि समाचार अथवा घरमै आमाबुवाबाट पनि यो खबर पक्कै थाहा पाउनु भएकै होला । टिकटक बन्द भएपछि त्यसको जति धेरै चर्चा भयो त्यससँगै भिपिएनको पनि चर्चा सुरु भयो । त्यसो त प्रविधिको दुनियाँमा भिपिएन कुनै नौलो कुरा होइन तर नेपालमा भने यो यतिबेला चर्चित बन्न पुगेको छ । भिपिएनको चर्चा बढेपछि यसबारे जान्ने बुझ्ने चासो पनि बढेको छ । बारम्बार सुनिराखेपछि भाइबहिनीलाई पनि पक्कै यसबारे जान्न मन लागेको हुनु पर्छ ।

पाठका लेखक भेटेपछि

कक्षाकोठामा विभिन्न विधाको पाठ पढाउँदा शिक्षकले लेखकका बारेमा पनि पढाउनुहुन्छ । लेखकका बारेमा पढ्दै गर्दा लेखकचाहिँ कस्ता हुन्छन् होला भन्ने जिज्ञासा हुन्छ हाम्रो मनमा र भेट्ने चाहना हुन्छ अन्तरमनमा । हाम्रो मनको त्यो चाहना मनमा नै रहन्छ, कहाँ प्रत्यक्ष भेट्ने अवसर मिल्छ र लेखकसँग तर गत वर्ष विद्यालयले त्यो अवसर जुराइदियो । हामीले आफूले पढ्नुपर्ने पाठका लेखकसँग प्रत्यक्ष भेट्ने र अन्तर्क्रिया गर्ने अवसर पायौँ । नेपाली विषयका गुरु केशरी अम्गाईले कक्षा ९ को

लामो र ठुलो नदी ‘नाइल’

विश्वको सबैभन्दा लामा दुई नदी छन्– आन्ध्र महासागरसम्म बहने अमेजन (अनेजोनाज) र भू–मध्ये सागरसम्म बहने नाइल (बहरे–एल–नील) यसमध्ये कुन सबैभन्दा बढी लामो छ ? सन् १९६९ मा नापिएको अमेजन नदीको लम्बाइ छ हजार चार सय ४७ किमी छ । पछिल्लो गणनामा पहिलेको भन्दा ३०३ किमी बढेर छ हजार सात सय ५० किमी पाइयो । बेल्जियमका एम. डेबरायको नाप अनुसार नाइल नदीको लम्बाइ छ हजार ६७० किमीलाई मान्ने हो भने नाइल अमेजन नदीभन्दा

पुग्नैपर्ने धैबुङ कालिका

कालिकामाई मन्दिर रसुवाको दक्षिणी भेगको कालिका गाउँपालिका–२ स्थित कालिका बजारनजिकै रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य हो । यसलाइ धैबुङ कालिका पनि भन्दछन् । यहाँ बोका, कुखुरा, हाँस बलि दिने चलन पनि छ । मागेका कुरा पूरा हुने जनविश्वास रहिआएको छ । मन्दिरमा बडादसैँ तथा मुख्य चाडहरू र शनिबार धेरै भक्तजन पूजाआजा गर्न आउँछन् । गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने

सानी खेलाडी सुरम्या

सुरम्या शाक्य अहिले ११ वर्षकी छिन् । सेन्ट मेरिज स्कुलमा कक्षा ६ मा पढ्छिन् । उनी टेबलटेनिस खेलाडी हुन् । सानो उमेरमै सुरम्याले टेबलटेनिसमा धेरै पदक जितिसकेकी छन् । हरेक बालबालिकामा केही न केही प्रतिभा हुन्छ । अभिभावकले समयमै आफ्ना केटाकेटीको प्रतिभा किटान गर्न सक्नु पर्छ । उनीहरूको झुकाव केमा बढी छ । खेलकुदमा छ भने कुन खेल उसका लागि उपयुक्त हुन्छ, त्यो थाहा पाउनु पर्छ । यही कुरालाई मनन गर्दै बुवा सुमन शाक्यले आफ्नी छोरी सुरम्यालाई प्रशिक्षणको व्यवस्था गरेरै टेबलटे

बालनाटक महोत्सव

लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सव भनेको हरेक वर्ष आयोजना गरिने महोत्सव हो । यसमा विभिन्न देशका कलाकार आएर आफूले तयार पारेका नाटक प्रस्तुत गर्ने हुने रहेछ । तीन दिनसम्म लगातार नाटक प्रस्तुत भयो । स्वस्तीश्री गुरुकुल आई. वल्र्ड स्कुलको आयोजनामा भएको महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, फ्रान्स, स्लोभाकिया, पोल्यान्ड, श्रीलङ्का, इजरायल र थाइल्यान्डका रङ्गकर्मीको सहभागिता रहेको नाटकको निर्देशक तथा परिकल्पना भने रङ्गकर्मी टङ्क चौलागाईंले गर्नुभएको थियो ।

सबैले सम्झिने प्रधानाध्यापक, चालिस वर्ष एउटै विद्यालय

चालिस वर्षको लामो समय एउटै विद्यालयमा खर्चेर विद्यालयलाई एउटा आकर्षक र नमुना विद्यालय बनाएका प्रधानाध्यापक हुन विष्णुप्रसाद पनेरु । चन्द्रागिरि नगरपालिका–१३, पुरानो नैकापमा रहेको कङ्काली माध्यमिक विद्यालयको लामो इतिहास छैनभन्दा पनि हुन्छ ।विगत ४० वर्ष अगाडि चार जना विद्यार्थीसहित स्थापना भएको यस विद्यालयमा अहिले करिब नौ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । २०४० साल कात्तिक ७ गते यस विद्यालयको स्थापना भएको हो । जहाँ स्थापनाकालदेखि नै विद्यालयको प्रधानाध्यापकका रूपमा विष्णुप्रसाद पनेरु हुनुहुन्छ । विद्यालय अति नै राम्रो समुदायले रुचाउने बनेको छ । यस विद्यालयमा नमुना कार्यक्रम पनि सञ्चालन हुँदै आइरहेको छ । यस विद्यालयमा विद्यार्थीका लागि पढ्दै कमाउँदै गर्ने कार्यक्रम पनि सञ्चालनमा छ ।

रमाइलो चित्लाङ

साथीहरू विद्यालयबाट टाढा कतै टुर लैजाँदा कति रमाइलो हुने रहेछ । साथीहरू घुमेको र रमाइलो गरेको त मैले पनि धेरै पढेको थिएँ । यस माघ अङ्कको मुनामा भने म मेरो स्कुलले चित्लाङ भ्रमणमा लैजाँदा मैले देखेको र रमाइलो लागेको कुरा भन्ने छु है । शिक्षक र हामी साथीहरू दुई दिनका लागि चित्लाङ रेसोर्टमा बस्यौँ । हामीले त्यहाँ बस्दा चित्लाङको प्राकृतिक सौन्दर्यलाई पनि नजिकैबाट हेर्ने मौका पायौँ । पहिलो पटक यति रमाइलो ठाउँमा घुम्न पाउँदा हामी साथीहरू त धेरै नै खुसीले रमाएका थियौं । रिसोर्टमा हामीलाई मन पर्ने त्यही स्थानीय गाउँमा उत्पादन भएको खानेकुरा खुवाउनुभएको थियो ।

मैले पढेको पुस्तक

महको म, खुसी, मनसुन, चिना हराएको मान्छे, प्रिय सुफी, फूलको आँखामा फूलै संसार, हामी हाँसे संसार हाँस्छ, समयमाथिको जित, साया, कथाकी पात्र, आँखा र आँखाहरू, भैरव अर्यालका हास्यव्यङ्ग्य, जीवन काँडा कि फूल, जीवन मूल्य, समर लभ, मेरो अधुरो प्रेम जस्ता उपन्यास, जीवनी र कथासङ्ग्रहलगायतका पुस्तक पढेपछि म बुह्रान उपन्याससम्म आइपुगेकी छु । भर्खरै मात्रै यो उपन्यास पढेर सकेँ । विद्यालयको पुस्तकालयमा ‘हामी हाँसे संसार हाँस्छ’ भन्ने पुस्तक पढ्ने क्रममा विद्यालयको पुस्तकालयमा बुह्रान उपन्यास बारम्बार आँखाअघि देखिरहेकी थिएँ । पछि बर्दिया आएपछि म नेपाल राष्ट्रिय मावि

घाममै बसेर परीक्षा दिँदै विद्यार्थी

भाइबहिनीहरू यतिबेला उत्तरी हुम्ला आसपासमा निकै चिसो बढेको छ । विद्यालय जान त सम्भव नै भएन । यतिबेला यहाँका विद्यार्थी घाममै बसेर वार्षिक परीक्षा दिँदैछन् । विद्यालयले घाममा बसेर परीक्षा दिने व्यवस्था गरिदिएपछि विद्यार्थी खुसी पनि छन् । सिमकोट गाउँपालिका–८ को साँता गाउँको बलभद्र आधारभूत विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा जानकी बुढाले पुस १६ गतेबाट सञ्चालन भएको वार्षिक परीक्षा घाममा बसेर दिन पाएपछि लेख्न सहज भएको बताइन् । चिसोले परीक्षा बिग्रेला कि भन्ने चिन्ता बुढालाई थियो । उनले पहिलो दिनको परीक्षा कोठामा दिन सुरु गरेको तर चिसोले

आत्मविश्वासी पूजा

पछिल्लो समयका बालबालिका अभिभावकसँग यति परनिर्भर हुन पुगेका छन् कि जीवन चलाउन अति आवश्यक पर्ने सानातिना जीवनोपयोगी सिप पनि जान्दैनन् । कक्षा १० मा पढ्ने आफ्ना बच्चालाई खाना खुवाइदिनुपर्ने कुरा पनि अभिभावक लाजै नमानी भनिरहेका हुन्छन् । तर ओखलढुङ्गा लिखु गाउँपालिका स्थायी घर भई हाल कालीमाटीमा बसोबास गर्ने पूजा श्रेष्ठको कथा भने बेग्लै छ । खेल्ने र रमाउने बाल्य अवस्थामै पारिवारिक जिम्मेवारीको भारी बोकेकी पूजाको उज्ज्वल भविष्यप्रतिको आत्मविश्वास गजबको छ । अहिलेसम्म दुःखको पहाड छिचोल्दै अगाडि बढिरहनुभएकी पूजाले आफ्नो अगाडिको भविष्य उज्ज्वल देख्नुहुन्छ ।