logo
२०७७ असार २५ बिहीवार

विज्ञहरूसँगको परामर्श बैठक बालुवाटारमा शुरु

मुख्य समाचार |
पढ्नै पर्ने |


2020-06-03-15673


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नु भएको विज्ञहरुको परामर्श बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

सो बैठकमा योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्ताहरू गरी दुई दर्जनभन्दा बढी व्यक्तित्वहरूको सहभागिता रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीलगायतका विज्ञहरूको उपस्थिति रहेको छ ।

बैठकमा काेराेना सङ्क्रमणका कारण जारी लक डाउनकाे माेडलमा परिवर्तन गर्नेलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?