logo
२०७७ असार २५ बिहीवार

तटीय क्षेत्रका भन्दा उच्च क्षेत्रका बासिन्दा प्रभाव कम

पढ्नै पर्ने |


2020-06-04-15721


इश्वरचन्द्र झा
काठमाडौँ, जेठ २२ गते । उच्च पहाडमा अक्सिजनको पातलो तहमा बस्ने सर्वसाधारणमा कोरोनाभाइरस सङ्क्रमणको जोखिम कम पाइएको छ । समुद्री सतह नजिक बस्ने सर्वसाधारणमा भने सङ्क्रमणको जोखिम बढी रहने एक अनुसन्धानले देखाएको छ ।

अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले उक्त शोधबाट आएको निष्कर्षले तटीय क्षेत्रका बासिन्दामा देखिने लक्षण, रोग फैलने कारणसम्बन्धमा थप अनुसन्धानका लागि बाटो तय गर्ने अनुसन्धानकर्ताले बताएका छन् ।

अध्ययनको केही आलोचनासमेत गरिएको छ । अध्ययनमा सङ्क्रमण फैलिने तत्वहरूबारे औँल्याइएको छ । वंशाणुगत गुण, प्रदूषणको अवस्था र जीवनशैलीले पनि सङ्क्रमण फैलने सम्भावना दर्शाएको अध्ययनमा दाबी गरिएको छ ।

उक्त शोध ‘रेस्पिरेटरी फिजियोलोजी एण्ड न्युरोबायोलोजी’ जर्नलमा गत अप्रिल महिनामा प्रकाशन गरिएको थियो । हाल गरिएको उक्त शोधबाट आएको तथ्याङ्कले उचाइमा सार्स–कोभ–२ को असर लक्ष्यण देखापर्ने क्षमतामा निकै कम रहेको सुझाव दिएको छ । शोधमा मानिसमा अन्तर्निहित कस्तो खालको शारीरिक प्रणालीले सङ्क्रमणलाई प्रभाव पार्छ भन्ने कुरा भने देखाएको छैन ।
उचाइमा अक्सिजनका अणुहरू समुद्री सतहको भन्दा बढी अलग्गिएका हुन्छन् । किनकी उचाइमा अक्सिजनका कणलाई आपसमा जोडन चाहिने दबाव कम हुन्छ । यसको अर्थ हामीले लिने स्वासमा अक्सिजन ग्यासको मात्रा कम हुन्छ ।

मानिसका रगतमा अक्सिजनको मात्रा कति घुलित भएको छ भन्ने विषयमा समुन्द्र सतहभन्दा दश हजार फिटमाथि अर्थात् सगरमाथाको उचाइको एक तिहाइभन्दा कम उचाइमा बसोबास गर्ने मानव शरीरको रगतमा समथर भूभागमा बस्नेको तुलनमा अक्सिजनको मात्रा ६९ प्रतिशत मात्रै हुने रगतमा अक्सिजनको मात्रा कम हुनुलाई हाइपोक्सिया भनिन्छ । यसरी अध्ययनले उचाइमा बसोबास गर्नेमा फोक्सोको आयतन ठूलो हुने फोक्सोको तन्तुहरूमा सहज रुपमा अक्सिजनको प्रवाह हुने तर्क गरेका छन् । जसले गर्दा कोरोनाभाइरसको सङ्क्रमित भए पनि उचाइका मानिसको शारीरिक क्षमता राम्ररी सुधार भएर छिट्टै निको हुने सम्भावना बढी हुन्छ ।

उचाइमा जनघनत्व बढी भएको चीनको तिब्बती क्षेत्र, बोलिभिया, इक्वेडरमा अध्ययन गरिएको थियो । चीनको सिचुवानको ६७ कोरोनाभाइरसका बिरामीमा परीक्षण गरिदा ५४ प्रतिशतमा कुनै लक्षण देखिएन । दश प्रतिशतभन्दा कममा कुनै समय ज्वरो देखियो । अनुसन्धानकर्ताले दश प्रतिशतमा कोरोनाभाइरसले अवस्था जटिल भई उपचारको आवश्यकता देखियो । तर सबै जना उपचारपछि निको भएका छन् ।

यसरी सार्स–कोभ–२ को भाइरस र सामान्य रुपमा तिब्बतमा फैलिने सङ्क्रमण बाहिरी विश्वको ट्रेन्डभन्दा फरक देखिएको छ । सुरुवाती अप्रिलमा बोलिभियाको तल्लो सतहको अपेक्षा उचाइमा करिब एक तिहाइले सङ्क्रमण दर कम पाइएको छ । र इक्वेडरमा तटीय क्षेत्रको तुलनामा एक चौथाईले उचाइमा सङ्क्रमण दर कम पाइयो ।

उच्च क्षेत्रको वातावरण समुद्री तहको भन्दा उल्लेखनीय रुपमा बढी चिसो कम आर्द्रता भएको हुन्छ त्यसले पनि कुनै व्यक्तिलाई भाइरसको सङ्क्रमण हुने सम्भावना कम भएको हुन सक्छ ।

उच्च क्षेत्रमा बस्ने मानिसहरूमा त्यहाँ घाम धेरै समय लाग्ने हुँदा परावैजनी विकिरणको बढी संसर्गमा हुन्छ । जसले कुनै पनि भाइरसको निश्चित जीवनअवधिलाई पचास प्रतिशतले छोट्याउँछ ।
शोधबाट आएको निस्कर्षपछि पनि कोरोनाभाइरसको जोखिम न्यूनीकरण गर्न हाल अपनाइएको उपायहरूमा कुनै फरक पार्न नहुने कोलेराडोका फिजिसियन डा. क्रिष्टिन एबर्ट सान्टोस बताउनुहुन्छ । उहाँ उक्त शोधमा सहभागी हुनुभएको छैन । “भाइरसको सङ्क्रमण रोक्न हामी अझै सचेत हुनुपर्छ र सङ्क्रमितको उपस्थितिबाट टाढिनुपर्छ ।”– डा. सान्टोस सुझाउनुहुन्छ । डा. सान्टोसले निस्कर्षबाट आएको परिणाममा नै आधारित भएर कुनै व्यक्तिमा सङ्क्रमणको जोखिम कम रहने र कसैमा बढी हुने निस्कर्षमा पुग्न नसकिने दाबी गर्नुहुन्छ ।

उक्त शोधका सहलेखक डा. गुस्टाभो जुबिएटा कल्लेजाले एरिथ्रोप्रोटिन नामक हर्मोन मानव रगतमा लगाएपछि रातो रक्तकोषको उत्पादनलाई बढाउँछ । जसले शरीरको सबै भागमा अक्सिजन पुर्याउने काम गर्छ । कल्लेजाले यस प्रकारको उपचारले कोभिड–१९ को बिरामी जटिल अवस्थामा गएपनि श्वास लिन सहज पार्ने तर्क गर्नुहुन्छ ।

यद्यपि उचाइमा सङ्क्रमण फैलने जोखिम र तटीय क्षेत्रमा सङ्क्रमणको सम्भावनालाई जोड्न थप अनुसन्धानको आवश्यकता रहेको शोधकर्ताले औँल्याएका छन् ।

(मियामी हेराल्डका लागि कैट कमेरोले तयार गर्नुभएको रिपाेर्टकाे अनुवादित अंश)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?