logo
२०७८ जेष्ठ १ शनिवार



जसपा ठाकुर महतो समूहको छलफल जारी, १९ सांसद सहभागी

पढ्नै पर्ने |
राष्ट्रिय |


जसपा ठाकुर महतो समूहको छलफल जारी, १९ सांसद सहभागी


आशा साह
काठमाडौं, वैशाख ३० गते । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका १९ जना सांसदबीच भक्तपुरमा छलफल जारी छ ।
बहुमतको सरकार गठनको लागि दिइएको समय सकिन केही घण्टा बाँकी हुँदा आफ्नो सांसदलाई अयन्त्रबाट कुनै दवाव नरोस् भन्ने हेतुले अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले आफ्नो १९ जना सांसदलाई छलफलका लागि भक्तपुरको एक रिसोर्टमा लग्नुभएको जसपाका  नेता संजय यादवले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
जसपाका अर्का नेता केशव झाका अनुसार ठाकुर र महतोले तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)को पार्टी कार्यालय बबरमहलमा १९ जना सांसदलाई भेला गराएर भक्तपुर लग्नुुभएको हो ।
यता जसपाका अर्का अध्यक्ष उपेन्दै यादव र बाबुराम भट्टराई पक्ष नेपाली कांग्रेसका सभापाति शेरबहादुर देउवाको नेतृत्वमा बहुमतको सरकार निर्माणको पक्षमा उभिएका बेला ठाकुर र महतोले आफूनिकट सांसदलाई रिसोर्ट लागेर छलफल गरि रहनु भएको हो
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति ९ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरुलाँई आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले दिनुभएको समयभित्र बहुमत जुटाएर राष्ट्रपति समक्ष निवेदन दिने कांग्रेसको तयारी छ । यसका लागि एमालेको माधवकुमार नेपाल पक्षमा निर्वाचित सांसदको राजीनामा अनिर्वाय छ ।
नेपाल पक्षले राजीजामा नदिए जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम पक्षले साथ दिए पनि कांग्रेस सभापति देउवा बन्न सक्ने अवस्थामा देखिँदैन ।
नयाँ सत्ता समीकरणका लागि एक सय ३६ सांसद आवश्यक पर्छ । कांग्रेससँग ६१, माओवादी केन्द्रसँग ४८ र जसपाकासँग ३२ सांस्द छन् । तर, जसपाका १९ जना सांसदले साथ नदिँदा बहुमत नपुगने निश्चित छ ।
हाल प्रतिनिधिसभामा कायम सांसद सङ्ख्या दुई सय ७१ मध्ये नेकपा एमालेसँग अहिलेसम्म १२१ सांसद छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?