logo
२०७८ जेष्ठ १ शनिवार



एमाले नेताहरुको छलफल सिंहदरवारमा,आन्तरिक समस्या समाधानमा केन्द्रित हुँदै

मुख्य समाचार |


एमाले नेताहरुको छलफल सिंहदरवारमा,आन्तरिक समस्या समाधानमा केन्द्रित हुँदै
तस्बिर सभार : ससूर्य थापाकाे फेसबुक पेज


लक्की चाैधरी 
काठमाडौं, वैशाख ३१ गते । सत्तारुढ दल नेकपा (एमाले) का नेताहरुको छलफल सिंहदरवारमा शुरु हुँदैछ । पार्टीको आन्तरिक विवादका विषयमा छलफल गरी समाधानको प्रयास स्वरुप बैठक बसेकाे स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विहीबार बुढानिलकण्ठमा भएको एक्ला एकलै बार्तामा भएका छलफलको विषय र समाधान गर्नुपर्ने विवादका विषयमा छलफल हुने नेता नेम्वाङले जानकारी दिनुभयो । वरिष्ठ नेता नेपाल पक्षका नेताहरुले २०७५ जेठ २ गतेको अवस्थामा एमालेलाई फर्काउनुपर्ने र गत फागुन २८ गतेको निर्णय खारेज हुनुपर्ने माग राख्दै आउनुभएको छ । अध्यक्ष र नेता नेपालबीच पनि सोही विषयमा केन्द्रित भएर विहिबार छलफल भएको थियो ।

अध्यक्ष ओली समस्या समाधानका लागि कार्यदल गठन गरी अगाडि बढ्न सहमत हुनु भएपछि नेता नेपाल पक्षका नेताहरुले पार्टीको आन्तरिक एकता अगाडि बढेको विश्वास पलाएको प्रतिक्रिया दिनुभएको छ । सामुहिकरुपमा राजिनामा दिने तयारी गर्नुभएका नेपाल पक्षका नेताहरुले अध्यक्ष ओलीले माग सम्बोधन गर्ने बताउनुभएपछि सामुहिक राजीनामा रोकिएको नेता नेपालले प्रतिक्रिया दिनुभएको थियो ।

हिजो एक्ला एक्लै भएको विषयलाई आज दोस्रो तहका नेताहरुलाई समेत सँगै राखेर छलफल हुन लागेको र समस्या समाधानका लागि गृहकार्य गर्न कार्यदल गठन हुनसक्ने अनुमान गरिएको छ । कार्यदलमा अध्यक्ष ओली र नेता नेपाल पक्षका नेताहरुको सहभागीता रहने बताइएको छ ।

विहिबार भएको छलफलमा कार्यदलमा अध्यक्ष ओलीको पक्षबाट नेताहरु विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेलको नाम चर्चामा आएको छ । त्यस्तै, नेता नेपालको तर्फबाट भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुषालको नाम आएको छ । त्यस्तै माओवादीबाट एमालेमा आएका करिब दुईजना नेताको समेत कार्यदलमा सहभागीता रहने एमाले स्रोतले बताएको छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?