गोरखापत्र अनलाइन
कठमाडौं, जेठ १ गते । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छारलाई पत्नी शोक परेको छ । उहाँकी धर्मपत्नी निर्मला गच्छदारको आज विहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
उहाँको निधनप्रती नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, पूर्वमन्त्री मिनेन्द्र रिजाल लगायले समवेदना व्यक्त गर्नुभएको छ ।