logo
२०७८ जेष्ठ ११ मंगलवार



उपत्यकामा दुई हजार ७८५ मा सङ्क्रमित थपिए

स्वास्थ्य |


उपत्यकामा दुई हजार ७८५ मा सङ्क्रमित थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १० गते । काठमाडौं उपत्यकामा कोरोनाका दुई हजार ७८५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ७८५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये काठमाडौंमा सबैभन्दा बढी एक हजार ८०६ जना छन् । काठमाडौं जिल्लामा आइतबारको अपेक्षा दैनिक थपिने सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको छ । आइतबार एक हजार ५६१ सङ्क्रमितको पुष्टि भएको थियो ।
भक्तपुरमा चौबीस घण्टामा २९८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । ललितपुरमा सोही अवधिमा ६८१ जना सङ्क्रमित थपिएका छन् । भक्तपुर र ललितपुरमा आइतबारको अपेक्षा सङ्क्रमितको सङ्ख्यामा कमी आएको हो ।
काठमाडौं जिल्लामा हाल कोरोनाका १६ हजार ७४७ जना सक्रिय बिरामी छन् । हालसम्म काठमाडौंमा एक लाख ६० हजार ९१३ जना कोरोनामुक्त भएका छन् । एक हजार ४७१ जनाको मृत्यु भएको छ ।
भक्तपुरमा हाल चार हजार ८८० मा भाइरसको सङ्क्रमण सक्रिय छ । १३ हजार ४८९ जना कोरोनमुक्त भएका छन् । हालसम्म भक्तपुरमा कोरोना सङ्क्रमणबाट २८७ जनाको मृत्यु भएको छ ।
ललितपुरमा हाल सात हजार १५६ जना सक्रिय सङ्क्रमित छन् । २३ हजार ८१३ कोरोनामुक्त हुँदा सङ्क्रमणले ३८९ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?