logo
२०७८ जेष्ठ ११ मंगलवार



नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

मुख्य समाचार |


नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी


गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १० गते । नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सोमबार सरकारविरुद्धको विपक्षी गठबन्धनसँग एमाले नेता माधवकुमार नेपाल पक्षका २३ जना सांसदले सर्वोच्च अदालतमा बुझाइएको रिटपत्रमा हस्ताक्षर गरेकका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्ष गरि जम्मा १४६ जना सांसदहरुको हस्ताक्षरसहित रिट आज दिउँसो २ बजे सर्वोच्चमा बुझाइएको थियो । विपक्षी गठबन्धनले मुख्यतः तीन माग दाबीसहित यो रिट बुझाएका थिए ।

बालुवाटारमा जारी बैठकले नेता नेपाल पक्षका यी नेताहरुमाथी कारबाही वा अन्य केही निर्णय गर्न सक्ने जनाइएको छ । बैठक दिउँसो ४ बजेदेखि सुरु भएको नेकपा एमाले केन्द्री कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?