logo
२०७८ असार १३ आईतवार

दैनिक अध्यावधिक

image
1353

सङ्क्रमित

image
3007

निको भएका

image
34

मृत्यु भएका

मिति:असार १३, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



भारतमा ३२ करोडभन्दा बढीले खोप लगाए

अन्तर्राष्ट्रिय |


भारतमा ३२ करोडभन्दा बढीले खोप लगाए
तस्विर-एएनआई


गोरखापत्र अनलाइन
काठमाडौं, असार १३ गते । भारतमा कोरोनाभाइरसका ५० हजार ४० जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड दुई लाख ३३ हजार १८३ पुगेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार गएको चौबीस घण्टामा ५७ हजार ९४४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ९२ लाख ५१ ह्जार २९ जना कोरोनामुक्त भएका छन् । हाल पाँच लाख ८६ हजार ४०३ जना सक्रिय सङ्क्रमित छन् । कोरोनामुक्त हुने दर ९६.७५ प्रतिशत पुगेको छ । हालसम्म तीन लाख ९५ हजार ७५१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको छ ।
गएको चौबीस घण्टामा ६४ लाख २५ हजार जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ३२ करोड १७ लाख जनाले कोभिड १९ विरुद्धको खोप लगाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप