logo
२०७८ असार १३ आईतवार

दैनिक अध्यावधिक

image
1353

सङ्क्रमित

image
3007

निको भएका

image
34

मृत्यु भएका

मिति:असार १३, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



कर्णाली करिडोरमा पहिरो जाँदा अवरुद्ध

प्रदेश |


कर्णाली करिडोरमा पहिरो जाँदा अवरुद्ध
सांकेतिक तस्बिर


मान्म, असार १३ गते । कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अवरुद्ध भएको हो ।

सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताउनुभयो । “कर्णाली राजमार्ग अवरुद्ध भएको त एक हप्ता बढी भयो”, उहाँले भन्नुभयो, “वर्षात्का कारणले धेरै ठाउँमा पहिरो गएको थियो, कर्णाली राजमार्गको भौरेकुनामा सुख्खा पहिरो जाँदा राजमार्गमा ठूलो क्षति गरेको छ ।”

लगातारको वर्षाका कारणले कर्णाली करिडोर एक साताभन्दा बढीदेखि नै अवरुद्ध रहेको छ । कर्णाली करिडोर कालिकोटको खुलालु–हुम्ला सडकमा वर्षात्का कारणले पहिरो जादाँ अवरुद्ध भएको हो । कर्णाली करिडोरअन्र्तगत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुराको करिडोरको सडक खण्डमा पहिरो गएको छ ।

पहिराले करिडोर क्षेत्रका विभिन्न ठाउँमा राखिएका बिलिब्रिज भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिडोर क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएका कारणले सडक अबरुद्ध भएको र पहिरो पन्छाउनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । “पहिरो पन्छाउने साधन नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “पहिरो पन्छाउनका लागि पहल थालिएको छ, चाडै सञ्चालन गर्ने तयारी गरेका छौं ।”

कर्णाली करिडोरमा कालिकोटको लालीघाटदेखि हुम्लाको सलिसल्लासम्म यात्रुबाहक सवारी साधन र मालबाहक सवारी साधन चल्ने गरेका भए पनि अहिले पहिराका कारणले अवरुद्ध भएको यातायात व्यवसायी धनबहादुर बटालाले जानकारी दिनुभयो ।

“करिडोरका विभिन्न ठाउँमा पहिरो जादाँ यातायातका साधन चल्न सकेका छैनन्”, उहाँले भन्नुभयो, “अझै पहिरो पन्छाउन केही हप्ता लाग्ने देखिन्छ ।” करिडोरमा सवारी साधन नचल्दा खाद्यान्न तथा अत्याश्यक बस्तुको ढुवानी रोकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?