logo
२०७८ असार १३ आईतवार

दैनिक अध्यावधिक

image
1353

सङ्क्रमित

image
3007

निको भएका

image
34

मृत्यु भएका

मिति:असार १३, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



नाै हजार भन्दा बढी संक्रमितकाे मृत्यु, थप एक हजार ३५३ संक्रमित थपिए

स्वास्थ्य |


नाै हजार भन्दा बढी संक्रमितकाे मृत्यु, थप एक हजार ३५३ संक्रमित थपिए


गाेरखापत्र अनलाइन

काठमाडाैं, असार १३ गते । पछिल्लो २४ घण्टामा थप एक हजार ३५३ जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा संक्रमित भेटिएका हुन् । यस्तै, तीनहजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४२४ जना रहेका छन् । काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना गरी ४२४ जना काेराेना भाइरसका नयाँ क्रमित भेटिएका पुष्टी भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या तीनहजार सात रहेको छ । नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा पाँच लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लाे २४ घण्टामा ३४ जना विरामी मृत्यु भएको छ । याेसँगै अहिलसम्म नाै हजार नाै जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप