गाेरखापत्र अनलाइन
काठमाडौं, असार १३ गते । नेपाल चिकित्सक संघले पछिल्लो समय एन्टिवायोटिकजन्य औषधिको दुरुपयोग बढेको भन्दै बेलैमा नियन्त्रणका उपाए अपनाउन सरकारलाई आग्रह गरेको छ ।
शनिवार एक बिज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघले यस विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।
“पछिल्लो समय एन्टिमाईक्रोबिएल्स र एन्टिबायोटिक औषधिहरुको धेरै मात्रामा दुरुपयोग हुन थालेका कारण बिरामीको स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न भैरहेको प्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ ” महासचिब बद्री सिग्देलद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ।
भाईरस र ब्याक्टेरीया बाट उत्पन्न राेग नियन्त्रणका लागि एन्टिबायोटिक औषधिको पयोग गरीन्छ । यस्ता जति पनि माईक्रो अर्गाजिनम (सिधै आँखाले देख्न नसकिने) लाई मार्नका लागि प्रयोग हुने औषधिहरुलाई नै एन्टिमाईक्रोबियल्स भनिने नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताउनुभयो । एन्टिमाईक्रोबियल्स भित्रै एन्टिबायोटिकहरु पनि पर्ने उहाँ बताउनुहुन्छ ।
बजारमा शरीरका विभिन्न अंगहरुलाई सिधै असर गर्ने, शरीरको रोग प्रतिरोधि क्षमता कम गर्ने किसिमका एन्टिबायोटिक औषधिहरुको अनाधिकृत रुपमा बिक्री वितरण भैरहेकाले यस्ता बिक्रेतालाई कारबाहीको दायरामा ल्याई मानव स्वास्थ्यको रक्षा गर्न आफूहरुले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । ्
कुनै जिवाणु शरीरमै नहुदा नहुदै बिभिन्न एन्टिबायोटिक औषधिहरुको सेवन गर्दा शरीरको कुनै भागमा असर देखिन सक्ने हुनाले यस्ता प्रकारका औषधिहरुको पहिचान गरेर मात्र बिक्रि गर्नुपर्ने फर्मासिष्ट बाबुराम हुमागाईं बताउनुहन्छ ।
जुनसुकै एन्टिवायोटिकहरु प्रयोग गर्दा जिवाणुहरु झनै शक्तिशाली हुन सक्ने भएकाले अबैधानिक रुपमा सञ्चालन भएका औषधि व्यापारहरुमा पूर्णतया बन्देज लगाउन जरुरी रहेको उहाँको भनाई छ ।
बैज्ञानिक रुपमा प्रमाणीकरण हुन नसकेका उपचार पद्धतिको नाममा गैर कानुनी रुपमा आधुनिक चिकित्सकको हवला दिदैँ भित्रिएका विविध प्रकारका उपचार पद्धतिको अस्वभाविक प्रचार प्रसार गरी सर्बसाधारण नागरीकलाई भ्रम सिर्जना गर्ने कार्य तत्काल निषेध हुनुपर्नेमा संघको माग समेत रहेको छ ।
नियमनकारी परिषद्मा कानुनी रुपमा दर्ता नभएका व्यक्तिहरुले चिकित्सक हुँ भनेर उपचार गरीरहेका व्यक्तिहरुमाथि छानविन गरेर उनिहरुलाई पूर्णरुपमा रोक लगाउन संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गरेको छ