logo
२०७८ असार १३ आईतवार

दैनिक अध्यावधिक

image
1353

सङ्क्रमित

image
3007

निको भएका

image
34

मृत्यु भएका

मिति:असार १३, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/

  उपत्यकाका प्रजिअहरूकाे बैठक  



निषेधाज्ञाको मोडालिटीबारे निर्णय हुन सकेन, भोलि पुनः बैठक बस्ने

राष्ट्रिय |


निषेधाज्ञाको मोडालिटीबारे निर्णय हुन सकेन, भोलि पुनः बैठक बस्ने


गोरखापत्र अनलाइन
काठमाडौं, असार १३ गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठक सम्पन्न भएको छ । निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भए पनि थप क्षेत्र खुला गर्ने वा नगर्ने भन्ने विषयमा निश्कर्षमा पुग्न नसकेकाले सोमबार बस्ने गरी बैठक सकिएको हो ।

अहिलेकै अवस्थामा निषेधाज्ञा जारी राख्ने वा सार्वजनिक गाडी पनि चल्न दिने भन्ने विषयमा बैठकमा छलफल भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । सोमबार विहान बस्ने बैठकले यस विषयमा निर्णय लिने उहाँले जानकारी दिनुभयो ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार राति १२ बजेपछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

 
 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप