• ११ असार २०८१, मङ्गलबार

रत्न शमशेरसँगका केही सम्झना

blog

विसं २०३६ सालपछि दैनिक जसो म पनि पिपलबोटमा उपस्थित हुनथालेँ । पिपलबोटको पश्चिमतर्पm बुट पालिस गर्ने र बुट पालिस गराउनेहरू अनि त्यसै अगाडिको पेटीमा भेला भएका साहित्यकार, राजनीतिज्ञ र पत्रकार आदिको जमात हेर्नलायक हुन्थ्यो । साँझमा प्रायः भारतीय समाचारपत्र, साहित्यिक पत्रपत्रिका, सिनेपत्रिका आदि किन्न आउने ग्राहकको घुइँचो नै लाग्थ्यो । नेपालबाट प्रकाशित हुने पत्रपत्रिकाका साथै हिन्दीभाषाका समाचारपत्र र साहित्यिक पत्रिका कादम्बिनी, धर्मयुग, दिनमान, नवनीत, सरिता र सिनेपत्रिकासमेत त्यहाँ पाइन्थे । बेलुकीपखको पिपलबोटको माहोल हेर्नलायक हुन्थ्यो । काठमाडौँको एउटा प्रतीक नै हो पिपलबोट र अहिले पनि । 

न्युरोडको त्यही भीडमा एक दिन रत्नशमशेर थापा आउँदै गरेको कसैले देख्यो र भन्यो, ऊ रत्नशमशेर पनि आउँदै छन् । पातलो शरीर, अग्लो, ठुला ठुला आँखा, लाम्चो अनुहार, सर्ट र पाइन्ट लगााएका थिए रत्नशमशेरले । मैले जीवनमा पहिलो पटक चर्चित गीतकार रत्नशमशेरलाई देखेँ । उहाँ हामीभन्दा उमेर र लेखनले पनि धेरै वरिष्ठ । हामी त भर्खरभर्खर साहित्यमा पाइला टेकेका सिकारु थियौँ । हम्मेसी उहाँसँग गएर कुरा गर्ने हाम्रो आँटै हुन्थेन । उहाँले अरूसँग कुरा गरेको टाढैबाट सुन्थ्यौँ । उहाँको स्वर पनि अरूको भन्दा चड्का थियो । हँसाइ पनि तेस्तै । उहाँ सधैँ आउनुहुन्थेन । हामी भने सधैँ जसो जान्थ्यौँ । धेरै दिनहरू उहासँग परिचयबिना नै बिते । त्यसपछि साहित्यिक सभा र समारोहहरूमा उहाँसँग भेटघाट हुन थाल्यो । तर हामीबिच दोहोरो संवाद कहिले र कहाँ भयो त्यो मलाई अहिले सम्झना भएन । 

विसं २०५४ भाद्र २ गते साझा प्रकाशनको सञ्चालकहरूका निम्ति चुनाव भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको हलमा भएको थियो । म साझाको सेयरहोल्डर नभए पनि त्यहाँ जानुको कारण चाहिँ मेरो साहित्यिक मित्र रमेशजङ्ग सिजापति पनि बोर्ड सदस्यको उम्मेदवार थिए । त्यो दिन रत्नशमशेर थापा पनि आउनुभयो । सदस्य नभएकाले मलाई भोट खसाल्नु थिएन । उहाँ भोट हालिसकेपछि घरतिर जान लागेको देखेर मैले भनेँ, “दाजु म पनि जान्छु ।” “हुन्छ जाऊँ” उहाँले भन्नुभयो । हामी दुवै जना पुतलीसडक हुँदै डिल्लीबजार जाने मोडमा पुग्यौँ । अनि मैले रत्न दाजुलाई ‘चिया पिउने कि ?’ भनेर सोधेँ । उहाँले ‘हुन्छ’ भन्नुभयो र दुवै जना त्यहीँकै एउटा चिया पसलमा गयौँ ।  चिया पिउँदै हामी साहित्यिक गफ गर्न लाग्यौँ । उहाँले कविता र गीतबारे धेरै कुरा गर्नुभयो । हरेक विषयमा कुरा  गर्दा तिथिमिति मात्र होइन समय कुनबेला थियो त्यो पनि भन्नुहुन्थ्यो । उहाँको सम्झना शक्ति देखेर म छक्क परेँ । त्यो दिन त्यहाँ झन्डै डेढ घण्टासम्म हाम्रो कुराकानी भयो । एउटा चर्चित गीतकारसँग त्यसरी कुरा गर्न पाएकोमा म अत्यन्त खुसी भएँ । त्यस दिन हामीले दुई दुई कप चिया पियौँ । सानै उमेरमा सुनेको उहाँको गीत ए कान्छा ठट्टैमा यो बैँस जानलाग्यो, जाँदैन वाचा खेर पर्ख लिन आउँला... यो गीत मलाई अहिले पनि उत्तिकै मन पर्छ । उहाँसँग बिदाभएर घरतिर आउँदा पनि यही गीत झल्झली सम्झिएँ । 

नारायणगोपाल, तारादेवी, मानिकरत्न, प्रेमध्वज प्रधानलगायत अरू जति पनि गायक गायिकाले गाएको रत्नशमशेरका सबै गीत कर्णप्रिय मात्र होइन भावपूर्ण, सरल अनि जीवन र जगत्लाई समेटेर लेखिएका छन् । यी कुरा म आपूm पनि साहित्य लेखनमा लागेपछि बुझ्दै आएँ । उहाँको ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो,’ ‘घुम्तीमा नआऊ है,’ ‘नआऊ जून कोठामा राति मसँग लाडिन्,’ ‘यो खोलाको सङ्लो पानी’ आदि कैयौँ कालजयी गीत सुन्दा मनमा एक प्रकारको आनन्द आउँथ्यो, कौतूहल पनि हुन्थ्यो । नेपाली आकाशमा हरबखत गुञ्जने उहाँका गीतहरूमध्ये ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो...,’ बोलको गीत रेडियो नेपालको गीत फर्माइस कार्यव्रmममा लगातार तीन वर्षसम्म दस हजार पटक बजेर ह्याट्रिक गरेको कुरा उहाँलाई श्यामदास वैष्णवले सुनाउनुभएको कुरा मसँग पनि पटक पटक भन्नु हुन्थ्यो । तीन मिनेटको उक्त गीतलाई सात मिनेटसम्म पनि फर्माइस गर्नेहरूको नाम पढ्नुपथ्र्यो रे । नेपाली गीति इतिहासमा योे त्यस्तो रेकर्ड हो जसलाई आजसम्म न कसैले बनाउन सकेको छ न त कसैले तोड्न नै । मैले २०५४ सालमा सागर लहर किनार नामक मेरो पहिलो गजल सङ्ग्रह प्रकाशित गरेँ । तर म विमोचन गर्ने मनस्थितिमा थिइनँ । युवा कवि गोवर्धन पूजाले आकाश परिवारका तर्पmबाट विमोचन गरौँ भनेपछि मलाई पनि हौसाला मिल्यो । मैले रत्नशमशेर दाजुलाई प्रमुख अतिथि बनाउने विचार गरेँ । साहित्यकारहरू आपूmभन्दा वरिष्ठ वा ठुलालाई दाजु भन्ने गर्छन् । मैले पनि रत्नशमशेरलाई दाजु शब्दले सम्बोधन गर्न थालिसकेको थिएँ । उहाँले मेरो प्रस्तावलाई सहर्ष स्वीकार गर्नुभयो । बागबजारको कुनै एउटा कोठामा आकाश परिवारको ब्यानरमा मेरो गजल सङ्ग्रहको विमोचन सम्पन्न भयो । त्यस विमोचन कार्यव्रmमपछि रत्न दाजुसँग मेरो सम्बन्ध अझ प्रगाढ हुँदै गयो । 

यसैबिच वीरगन्ज सुगर मिलमा छ महिना जति जागिर खाएको, त्यहाँ कवि विनय रावलका बुवा पनि जागिरे भएको, आपूmलाई जागिर खान मन नलागेर छोडिदिएपछि फेरि कुनै जागिरमा नगएको, आपूmले अङ्ग्रेजी साहित्यमा एमएको एउटा पत्र बिरामी भएर जाँच दिन नपाएको, बाँकी एक पत्रको परीक्षा पनि दिएको तर अनेक बखडा गरेर मलाई त्यसको रिजल्ट नै नदिएको आदि इत्यादि कुरा गर्दै भन्नुभयो, “हेर दिव्य भाइ, यहाँसम्म कि एक जना ब्रिटिस टिचर त मलाई देख्नेबित्तिकै अन्तैतिर लुसुक्क जान थाल्यो । मेरो अघिल्तिर आउनै छोड्यो ।” उहाँका कुरा जति सुने पनि रोचक लाग्ने थिए । सर्भे कामको निम्ति प्रश्नावली भर्न गएको मान्छे म संयोगले रत्न दाजुसँग भेटभएपछि त्यो दिन उहाँको घरमा पाँच घण्टासम्म बसेँ । त्यसपछि रत्न दाजुको घरमा मेरो जाने व्रmम सुरु भयो । म प्रायः तीन चार घण्टा रत्न दाजुसँग बसेर फर्किन्थेँ । 

विसं २०६० सालतिरको कुरा हो । नवराज कार्की महाप्रबन्धक थिए । साझाले उहाँको दोस्रोे कविता सङ्ग्रह निकाल्ने भएपछि कुनै खर्चबर्च नलाग्ने गरी कम्प्युटरमा टाइप गराउने जिम्मा मैले लिएँ । पँैसट्ठी वटा कविताको एउटा कविता सङ्ग्रह तयार भएपछि उहाँले मलाई भन्नुभयो, “बुझ्यौ दिव्य भाइ, यसको भूमिका मदन रेग्मीलाई लेखाउनु पर्ला । ऊ मेरो समकालीन पनि हो ।” मैले मदन रेग्मीको नाम सुनेको, उहाँका कविता पढेको तर उहाँसँग मेरो कहिले कतै पनि भेट भएको थिएन । उहाँ कुनै साहित्यिक कार्यव्रmममा पनि आउनु हुन्थेन । एक दिन रत्न दाजु र म मदन रेग्मीको डिल्लीबजारस्थित नेपाल चीन अध्ययन केन्द्रमा गयौँ कविताको प्रिन्टकपी लिएर । मदन रेग्मीसँग रत्न दाजुले जतिसक्यो चाँडो भूमिका लेखिदिन भन्नुभयो । मैले पहिलो पटक मदन रेग्मीलाई देखेँ । एक एक कप कफी पिएर हामी त्यहाँबाट छिटै फर्कियौँ । 

त्यसको दस दिनपछि मदन रेग्मीले भूमिका लेखेर रत्न दाइकै नै घरमा पठाइदिनु भएछ । त्यो भूमिकासमेत राखेर मैले नै साझामा लगेर कविता सङ्ग्रह दिएँ । तर केही दिनपछि रत्न दाजुले मलाई फोन गरेर भन्नुभयो, “दिव्य भाइ भूमिका अलिक लामो भयो रे, चार पेजको मात्र चाहियो पो भन्छन् ।” अनि मैले भनेँ, “दाजु, भूमिका काँटछाँट हामी गर्न सक्दैनौँ, त्यो मदन रेग्मी आपैmँले नै गर्नु पर्छ, एक पटक उहाँसँग नै दाजुले कुरा गर्नु राम्रो होला ।” रत्न दाजुले मदन रेग्मीसँग कुरा गर्नु भएछ । उहाँले सायद आपूmले लेखेको भूमिकालाई काँटछाँट गर्न चाहनु भएन र त्यो अधिकार रत्न दाजुलाई नै दिनुभयो । त्यसपछि उहाँको भूमिका रत्न दाजु र मैले दुई तीन पटक पढ्यौँ । कहाँको कुन परिच्छेद झिकेर घटाउने भन्ने हामीलाई समस्या नै प¥यो । जुन अनुच्छेद पनि उत्तिकै राम्रा थिए । छ पेजभन्दा बढीको भूमिकालाई चार पेजमा ल्याउन निकै कठिन भयो । अनि रत्न दाजु आपैmँले मन नलागी नलागी केही अनुच्छेद हटाउनुभयो । भूमिका छोट्याउनु पर्दा दाजुको मन खिन्न भएको थियो । मैले फेरि मदन रेग्मीको चार पेजको भूमिका लगेर साझाका होम भट्टराईलाई दिएँ ।

रत्न दाजुले मलाई कविता साझामा बुझाउनुभन्दा पहिले नै भन्नु भएको थियो, “दिव्य भाइ, अस्ति उत्तम नेपालीसँग भेट हुँदा उसले मेरो कविताको कभर बनाइदिन्छु भनेको छ ।” अनि मैले भनेँ, “दाजु, साझाले पुस्तकको आवरण आपैmँ बनाउँछ । मुखिया (कलाकार टेकवीर मुखिया) ले बनाउँछन् ।” मैले त्यति भनेपछि उहाँले “हैन, म यसबारेमा नवराजसँग कुरा गर्छु, जसले बनाए नि के फरक पर्छ र ? उनीहरूलाई नै सजिलो हो नि” भन्नुभयो । रत्न दाजुको कुरा काट्न सक्ने हिम्मत ममा थिएन ।  

आवरणबारे रत्न दाजुले भन्नुभयो, “उत्तमले कम्प्युटरमा कभर डिजाइन गरेको छ रे । मलाई एक पटक देखाउँछु भनेको छ । कम्प्युटरबारे त मलाई थाहा छैन । तिमी त त्यसैमा काम गर्ने मान्छे” भन्नुभयो । अनि मैले रत्न दाजुलाई आवरण डिजाइनको फाइल कपी गरेर ल्याउनलाई एउटा सीडी पनि दिएँ । रत्न दाजु उत्तम नेपालीको घर गएर कम्पुटरमा नै आवरण अडिजाइन हेर्नु भएछ र सिडीमा कपी पनि गरेर ल्याएको मलाई खबर गर्नुभयो । म उहाँको घरमा गएपछि रत्न दाजुले भन्नु भयो, “भैया, आवरण उस्तै उस्तै तर अलिक फरक देखिने दुई वटा डिजाइन गरेको रहेछ । उत्तमले राम्रो बनाएको छ आवरण ।” उहाँ मसँग कुरा गर्दा नाम लिएरै भन्नुपर्दा दिव्य भाइ भन्नुहुन्थ्यो भने अरूबेला भैया भन्नु हुन्थ्यो । अनि मैले भनेँ, “दाजुलाई राम्रो लागेपछि भइहाल्यो नि ।”

म त्यो सिडी लिएर साझामा गएँ । होम भट्टराईलाई सिडी दिएँ अनि भनेँ, “यो उत्तम नेपालीले बनाउनुभएको आवरण हो । यसमा दुई वटा फाइल छन्, आवरण मैले पनि हेरेको छैन । रत्न दाजुले भन्नुभएको छ यसको पहिलो नम्बरको आवरणलाई कभरमा राख्ने । एक पटक कम्प्युटरमा कपी गरेर हेर्नुपर्ला, कहिलेकाहीँ फाइल नखुल्न पनि सक्छ ।” मैले भनेँ । कम्प्युटरमा दुई वटै आवरण हेर्दा उस्तै उस्तै तर अलिक फरक किसिमको देखिन्थ्यो । हल्का र गाढा निलो अनि कतै कतै सेतो तीन वटा रङ संयोजनामा बनाएको आवरण हेर्दा साधारण तर राम्रो थियो । त्यसपछि होम भट्टराईले, ‘ठिकै छ यो सिडी पनि छोडेर जानुस्, यो डिजाइन् एक पटक मुखियाजीलाई पनि देखाउनु पर्छ’ भने । उनले त्यति भनेपछि मैले भनेँ, “अब यसमा खासै केही गर्नुपर्ने जस्तो त छैन, राम्रै रहेछ ।” मैले यति भनेपछि पनि उनले “हैन, एक पटक त देखाउनुपर्छ भनेँ ।” अनि म केही नभनी त्यहाँबाट हिँडेँ ।    

विसं २०६१ जेठ महिनाको तेस्रो हप्तातिर साझाले कविता सङ्ग्रह छापेको खबर रत्न दाजुले मलाई गर्नुभयो । त्यसको भोलिपल्ट मैले होम भट्टराईलाई भेटेर ‘रत्न दाजुले कविता सङ्गह लिन पठाएको, अहिले दुईप्रति मात्र लान्छु भनेँ ।” त्यसपछि उहाँले रत्न दाजुको नयाँ कविता सङ्ग्रह दुईप्रति नै दिनुभयो । कविता सङ्ग्रहको आवरण देखेर म तीन छक परेँ । उत्तम नेपालीले बनाएको आवरणमा त ठाउँ ठाउँमा कालो रङ पोतेको रहेछ । पुस्तक पछाडिको रत्न दाजुको फोटो पनि कालोकालो छापिएछ । अनि मैले होम भट्टराईलाई भनेँ, “हामीले कभरको आवरण दिँदा त यस्तो थिएन, राम्रो थियो । यो आवरण त राम्रो छैन । अब मैले रत्न दाजुलाई के भन्ने ?” मेरो कुरा सुनेर उहाँले यति भन्नुभयो, “खै, मुखियालाई देखाएको हो, उहाँले थपथाप गर्नुभयो होला ।” 

त्यसपछि म त्यो किताब लिएर रत्न दाजुको घरमा गएँ । रत्न दाजु किताबको आवरण देख्नेबित्तिकै खिन्न हुनुभयो । अनि मलाई भन्नुभयो, “यो के गरेको यस्तो ? यो कालोकालो धर्सा कहाँबाट आयो ?” अनि पछाडि कभरपृष्ठको फोटो देखेर झन दिक्क मान्दै भन्नुभयो, “ल हेर यिनीहरूको बदमासी, यस्तो पनि छाप्ने ? साझाले छापेको किताब यस्तै हुन्छ ? योभन्दा त मेरो पहिले छापेको कविता सङ्ग्रह कति राम्रो राम्रो छ ।” भन्दै कविताको पुस्तक फ्यात्त सोफामा राख्नुभयो । त्यसपछि रत्न दाजुले तत्काल नवराज कार्कीलाई फोन गरेर सबै कुरा भन्नुभयो । नवराजले चित्त नबुझे अर्को कभरपेज छापिदिने आश्वासन दिए । 

तर त्यो कभरपेज अर्को छापिएन । साझाले कविता सङ्ग्रह छापिदिए पनि दाजुको मन खुसी भएन । मुखिया जस्तो प्रख्यात कलाकारले उत्तम नेपालीले बनाएको आवरण कलामा कालो पोतेर किन कुरूप बनाइदिनु भयो मैले अहिलेसम्म पनि बुझ्न सकेको छैन । उत्तम नेपालीले आवरण कलामा आफ्नो नाम पनि राख्नुभएको थिएन । हामीले आवरणमा उत्तमकै नाम राख्नुपर्छ भनेका पनि थिएनौँ । कविता टाइप गरेको र आवरणको पैसा चाहियो भनेर कुनै बिल पनि पेस गरेका थिएनौँ । आवरणमा मुखियाले आफ्नै साङ्केतिक नाम लेख्नु भएछ । साझाले नै २०३६ सालमा रत्नशमशेरको पहिलो कविता सङ्ग्रह चकलाभरिको घाम प्रकाशित गरेपछि फेरि चौबिस वर्षपछि उहाँको दोस्रो कविता सङ्ग्रह ताराका काँचा रङ प्रकाशित गरिदिए पनि रत्न दाजुको मन खुसी भएन । 

सन्दर्भ रत्न दाजुकै

सन् १९६० मा नेपाली छात्र परिषद्, पटनाको वार्षिक मुखपत्र ‘उकालो’ मा आरएस मधुरको नामबाट रत्नशमशेर थापाको पहिलो कविता मन पर्छ त्यो रात शीर्षकको कविता छापिएपछि आजको दिनसम्म नेपाली साहित्यका विभिन्न विधामा लेखनलाई निरन्तरता दिँदै आउनुभयो । विसं २०१४ सालमा नै दुनियाँ बैगुनी हुँदामा बित्यो जिन्दगी रुँदामा बोलको गीत गाएर प्रतियोगितामा स्वर्णपदक प्राप्त गर्नुभए पनि पछि आफ्नो स्वरकै कारण गीत गायनभन्दा रत्नशमशेर गीत लेखनमा नै समर्पित हुनुभयो । उहाँ प्रारम्भमा आपूm राम्रो तबला वादक भएको कुरा पनि सुनाउनु हुन्थ्यो । विसं २००८ सालदेखिको साहित्य लेखन र २०१३ सालदेखि गीत रिकर्ड हुनथालेपछि रत्नशमशेर थापाले अहिलेसम्म बाह्र सयभन्दा बढी गीत लेख्नुभएको र उहाँका दुई सयभन्दा बढी गीत रिकर्ड  भइसकेका छन् । साहित्यतर्पm कलम चलाउन प्रारम्भ गर्दाका दिनहरूमा उहाँले केही कथा, निबन्ध र एकाङ्की पनि लेख्नुभएको पाइन्छ ।  

मलाई थाहा छैन किन मान्छेहरू रत्नशमशेर थापासँग त्यति नजिक हुन चाहँदैनन् ? हम्मेसी उहाँसँग दोहोरो वार्तालाप गर्न चाहँदैनन् । उहाँमा के त्यस्तो विकर्षण छ जसले मानिसलाई सशङ्कित तुल्याउँछ ? मेरो अनुभवमा यी सबै केही होइनन् । यी सब मानिसका भ्रम मात्रै हुन् । उहाँको व्यक्तित्व, विद्वता, स्पष्टवादिता, इमानदारिता र कसैसँग पनि नझुक्ने स्वाभिमानकै कारण मानिसहरू उहाँदेखि टाढै हुन खोजेको मात्र हुन् । उहाँको हठी र खरो स्वभावकै कारण चाचुचा मानसिकता बोकेकाहरू आफसे आफ टाढिएका मात्र हुन् । वास्तवमा उहाँ कदापि त्यस्तो हुँदै होइन । उहाँ सरल र कोमल मन भएका अन्याय नसहने र अरूलाई पनि अन्याय नगर्ने आदर्श व्यक्ति हुनुहुन्थ्यो । उहाँका बारेमा पैmलाइएका सबै हौवाहरू हावा हुन् । उहाँले नारायणगोपालसँगको सम्बन्धमा हामीसँग कहिले पनि नकारात्मक भाव व्यक्त गर्नु भएन । प्रसङ्गवश कुरा उठ्दा उहाँ यति मात्र भन्नुहुन्थ्यो, “त्यै भनेको, म आपैmँ पनि छक्क पर्छु, हामीबिच त्यस्तो मनमुटाव र भनाभन पनि कहिले भएको हैन । ठिकै छ ऊ आफ्नो बाटो हिँड्यो, म आफ्नै बाटो हिँडिरहेछु ।” जहाँसम्म मलाई लाग्छ ती जसले रत्नशमशेर र नारायणगोपालबिचको दुरी बढाउन मलजल गरे तिनीहरू रत्नशमशेर र नारायणगोपाल दुवैको कुभलो चिताउनेहरू थिए ।     

गीतकार रत्नशमशेर थापाले प्राप्त गरेका पुरस्कार, मान सम्मान र प्रसंशापत्रहरू उहाँको बैठकको भित्तामा अटाई नअटाई छन् । कतै टेबुलमाथि त कतै झ्यालमाथि झुन्डाएर राखेको ती मान सम्मानका फ्रेमहरू र कतिपय फाइलमै राखिएका सम्मानका प्रमाणपत्रहरू देख्दा लाग्छ उहाँले जति धेरै पुरस्कार, मान सम्मान र प्रसंशापत्र सायद कसैले पाएको होला नहोला । पछिल्लो समय उहाँलाई मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कारबाट सम्मान गरेको थियो । 

जगदम्बाश्री प्रदान गर्नु केही दिनपूर्व कमलमणि दीक्षित रत्नशमशेरको घरमै गएर यसबारे रत्नशमशेरलाई जानकारी गराउनुभएको थियो । सात दशकसम्म साहित्य लेखनलाई निरन्तरता दिने साहित्यकार, विशेष गरी नेपाली आधुनिक गीतमा रोमान्टिक धाराको सुरुवात गर्ने पहिलो गीतकार हुन् रत्नशमशेर थापा । सात दशकसम्म गीत लेखनमा समर्पित, क्वाएरको निम्ति गीत लेख्ने नेपालका एक मात्र बहुचर्चित र प्रशंसित गीतकार, बाह्र सयभन्दा बढी गीतका रचनाकार रत्नशमशेर थापालाई शताब्दी गीतकार भनेर सम्बोधन गर्दा कुनै अतिशयोक्ति नहोला कि ? 

टीकाथली, ललितपुर